Dictionary

All Word

94201 हुँडार ना. ब्वाँसो।
94202 हुँदि क्रि.वि. १. भयो भने; भएमा; हुँदा।
94203 हुँदि क्रि.वि. २. गरेमा। ना. यो.
94204 हुँदि क्रि.वि. ३. शब्दको पछाडि जोडिएर सर्त वा सङ्केत बुझाउने शब्द (जस्तो- गएहुँदि; पाएहुँदि; त्यताहुँदि आदि )।
94205 हुँदि क्रि.वि. ४. तिर; तर्फ।
94206 हुँदि क्रि.वि. ५. यताउति; वरपर।
94207 हुँदो ना. १. कल्याण; हित; भलो।
94208 हुँदो ना. २. उपकार; भलाइ।
94209 हुँदो ना. ३. भलाइ, कल्याण वा उपकारका लागि। (उदा.- रामले जागिर दिलाउन त्यसको हुँदो भनसुन गरेकै हो, तर सफल भएन)। ना. यो.
94210 हुँदो ना. ४. आसपासमा भन्ने अर्थ बुझाउन स्थानवाचक वा कालवाचक शब्दका पछिल्तिर जोडिने शब्द; तिर; तर्फ; हुँदि। (उदा.- मङ्सिरहुँदो धान पाक्छ; साँझहुँदो त्यो आउँछु; राम पशुपतिहुँदो बस्छ आदि)। वि.
94211 हुँदो ना. ५. हुँदै; भइरहेको। (उदा.- यो काम हुँदो छ)।
94212 हुँदोखाँदो वि. राम्रोसँग खानपिन गर्न पुग्ने सम्पत्ति भएको; व्यवहार चलाउन पुग्ने आर्थिक स्थिति भएको; सम्पन्न।
94213 हु ना. स्याल, कुकुर आदि जन्तु कराउँदा निस्कने शब्द ।
94214 हुहु क्रि.वि. स्याल, कुकुर आदि जन्तु कराउँदा शब्द निस्कने गरी।
94215 हुर्र क्रि.वि. १. चरा उड्दा आवाज आए झैँ गरी; चरा उड्ने किसिमले।
94216 हुर्र क्रि.वि. २. हलुको चालसित छिटै आउने गरी।
94217 हुर्र क्रि.वि. ३. हुऱ्याउने वा हुच्याउने चालमा।
94218 हुर्र क्रि.वि. ४. बतास चल्ने गरी।
94219 हुर्र क्रि.वि. ५. आगो बल्ने गरी; हर्र।
94220 हुर्रा ना. १. गन्जिफाका खेलमा आफूसँग भएजति पत्ती एकै बाज थापी खेलिने दाउ। क्रि.वि.
94221 हुर्रा ना. २. फ्याँकिने वा हुऱ्याउने गरी।
94222 हुर्रिनु अ.क्रि. १. वेगसित दौडन; छिटोछिटो हिँड्नु।
94223 हुर्रिनु अ.क्रि. २. बेसरी दौडँदा लछारिनु वा पछारिनु।
94224 हुर्रिनु अ.क्रि. ३. चरा आदि उड्नु।
94225 हुर्रिनु अ.क्रि. ४. आगो दन्किनु।
94226 हुर्रे १ ना. ज्यामीलाई चमेनाका साथ खान दिइने जाँड वा रक्सी ।
94227 हुर्रे २ वि.बो. खेल आदिको प्रतियोगिताका विजयी पक्षले हर्ष प्रकट गर्न कराएर भनिने शब्द ।
94228 हुऱ्याइ ना. १. हुत्तिने भाव, क्रिया वा प्रक्रिया।
94229 हुऱ्याइ ना. २. हुत्त्याउने भाव वा क्रियाप्रक्रिया ।
94230 हुऱ्याइनु क.क्रि. वेगसित मिल्काइनु।
94231 हुऱ्याउनु स.क्रि. १. वेगसित मिल्काउनु वा फ्याँक्नु; हुऱ्याउनु।
94232 हुऱ्याउनु स.क्रि. २. मन नपरेको वस्तु हटाउनु।
94233 हुऱ्याउनु स.क्रि. ३. कुनै व्यक्तिलाई उसको स्थान वा पदबाट हटाउनु।
94234 हुइयाँ / हुइया ना. १. स्याल कराउँदा सुनिने शब्द; स्यालको आबाज।
94235 हुइयाँ / हुइया ना. २. नचाहिँदो खबर; हल्ला; अफबाह।
94236 हुकुम ना. १. आदेश।
94237 हुकुम ना. २. आफूभन्दा ठुला व्यक्तिको आज्ञा।
94238 हुकुम ना. ३. प्रभुत्व; अख्तियार।
94239 हुकुम ना. ४. खेल्ने तासका चार रङमध्ये एक; सुरथ।
94240 हुकुम प्रमाङ्गी ना. हुकुम भएका कुराहरू लेखिएको कागत; हुकुमको निकासा सङ्क्षे- हु. प्र) ।
94241 हुकुमत ना. १. अधिकार; प्रभुत्व; आधिपत्य।
94242 हुकुमत ना. २. शासन; राज्य; सलतनत।
94243 हुकुमी वि. १. राजाज्ञासम्बन्धी।
94244 हुकुमी वि. २. हुकुमको; हुकुमसम्बन्धी।
94245 हुकुमी वि. ३. हुकुममा चल्ने।
94246 हुकुमी वि. २. हुकुमको
94247 हुकुमी शासन ना. १. हुकुमबाट चल्ने शासन।
94248 हुकुमी शासन ना. २. नेपालमा राणापरिवारले चलाएको १०४ (१९०३-२००७) वर्से शासन।
94249 हुक्क क्रि.वि. १. हिक्का वा बाडुली लाग्ने गरी।
94250 हुक्क क्रि.वि. २. वमन हुने गरी; हुलुक्क।