Dictionary

All Word

94151 स्फुरित वि. १. स्फुरण भएको, फुरेको।
94152 स्फुरित वि. २. फुरफुर गरेको।
94153 स्फुरित वि. ३. मनमा आएको विचारमा सुकेको।
94154 स्फुलिङ्ग ना. १. आगाको सानो कोइलो फिलिङ्गो झल्को।
94155 स्फुलिङ्ग ना. २. कलह, रोग, प्रकोप आदिको सानो बिउ।
94156 स्फूर्ति ना. १. शरीरमा आउने हौसला र हलुङ्गोपन, काम गर्ने जाँगर, फुर्ती।
94157 स्फूर्ति ना. २. फरफराउने काम, फरफराइ।
94158 स्फूर्ति ना. ३. अभिमान, घमन्ड सेखी।
94159 स्फोट ना. १. बाहिरी आवरण फारेर कुनै वस्तु बाहिर निस्कने काम फुटाइ।
94160 स्फोट ना. २. प्रत्यक्ष हुने काम प्रकटीकरण।
94161 स्फोट ना. ३. शरीरमा निस्कने फोको वा खटिरो।
94162 स्फोट ना. ४. शब्द सुनेर मनमा उत्पन्न हुने विचार, शब्दरूप ब्रह्म।
94163 स्फोट ना. ५. नित्य शब्द ( मीमांसा )।
94164 स्फोटन ना. १. फुट्ने वा फोर्ने काम विदारण।
94165 स्फोटन ना. २. व्यक्तगराइ प्रकट।
94166 स्मगलर ना. बिक्रीवितरणमा रोक लागेका मूर्ति, चरेस, गाँजाजस्ता निषिद्ध वस्तुको चोरी निकासी पैठारी गर्ने र कर आदि छलेर अवैध तरिकाले व्यापार गर्ने व्यक्ति।
94167 स्मगलिङ ना. अवैध वस्तुको गैरकानुनी ढङ्गबाट निकासी, पैठारी, बिक्रीवितरण आदि गर्ने काम।
94168 स्मरण ना. १. मनमा रहेको कुनै पनि विषयको फेरि ध्यान वा विचारमा आउने काम सम्झना याद।
94169 स्मरण ना. २. आराध्य देवतालाई बारम्बार सम्झने काम, नवधा भक्तिमध्ये एक।
94170 स्मरण ना. ३. साहित्यमा कुनै एउटा वस्तुलाई देखेर अर्को वस्तुको स्मरण हुँदा पर्ने एक अर्थालङ्कार।
94171 स्मरणपत्र ना. १. पहिले भएको घटना, प्रसङ्ग आदिलाई पुनः ताजा गराउनका लागि सम्झौटोका रूपमा लेखेर दिइने पत्र, स्मृतिपत्र |
94172 स्मरणपत्र ना. २. पछि नभुलियोस् भनी सजिलाका लागि लेखिने पत्र सम्झौटो |
94173 स्मरणशक्ति ना. सम्झने शक्ति कुनै कुरालाई नभुली अड्याइरहने शक्ति।
94174 स्मरणार्थ वि. सम्झनाको प्रयोजन भएको सम्झनाका लागि।
94175 स्मरणीय वि. सम्झना गर्न लायक, भुल्न नहुने सम्झनुपर्ने।
94176 स्मारक ना. कसैलाई वा कुनै विषयलाई सम्झाउन वा नबिर्सनका निम्ति बनाइने खास वस्तु (स्तम्भ, सालिक, भवन, ग्रन्थ, संस्था आदि)।
94177 स्मारक क्षेत्र ना. विगतका कुरा, ऐतिहासिक महत्त्वका घटना आदि स्मरण गराउन कुनै स्तम्भ वा केही सङ्केतक वस्तु स्थापना गरिएको ठाउँ।
94178 स्मारक ग्रन्थ ना. कुनै विद्वान्, नेता, महापुरुष आदिको महत्त्वलाई सम्झनामा आलै राख्ने दृष्टिले तयार गरिएको ग्रन्।
94179 स्मारिका ना. १. कुनै महत्त्वपूर्ण कुरा, व्यक्ति वा स्थान आदिको स्मरणार्थ तयार गरिएको चिह्नस्वरूप वस्तु।
94180 स्मारिका ना. २. त्यसैसित सम्बन्धित विशेषतः विवरणात्मक तथा सचित्र पुस्तिका (सोभेनियर)।
94181 स्मारिका ना. ३. स्मरणपत्र।
94182 स्मार्त वि. १. स्मृतिसम्बन्धी स्मृतिको।
94183 स्मार्त वि. ना. २. स्मृतिको अनुसरण गर्ने व्यक्ति स्मृतिको अनुयायी।
94184 स्मार्त वि. ३ स्मृतिविहित ग्रन्।
94185 स्मार्त वि. ४. स्मृतिको ज्ञाता धर्मशास्त्रज्ञ।
94186 स्मित ना. १. दाँत नदेखिने र आवाज ननिस्कने हिसाबले हाँसिने हाँसो, हलुका मिठो हाँसो, मुस्कुराहट।
94187 स्मित ना. वि. २. मुस्कुराएको; हाँसेको।
94188 स्मित ना. ३. विकसित, फुलेको।
94189 स्मितवदना वि. हँसिलो अनुहार भएकी (स्त्री)।
94190 स्मिति वि. मन्द हास, मुस्कुराहट, मुस्कान।
94191 स्मृत वि. स्मरण गरिएको; सम्झना भएको; याद गरिएको।
94192 स्मृति ना. १. स्मरण, सम्झना, हेक्का।
94193 स्मृति ना. २. साहित्यमा, बिर्सिएको वा पुरानो कुरा सम्झना गराउँदा हुने एक सञ्चारी भाव।
94194 स्मृति ना. ३. ऋषिमुनिहरूद्वारा रचित धर्म, दर्शन, आचार, व्यवहार, शासन, नीति आदिसित सम्बन्धित धर्मशास्त्र।
94195 स्मृति ना. ४. उक्त अठार प्रकारका मुख्य ग्रन्थका आधारमा अठारको सङ्ख्यासूचक शब्द।
94196 स्मृतिकार ना. स्मृति वा धर्मशास्त्रका रचयिता (विशेषतः अठार प्रसिद्ध स्मृतिकार हुन्- मनु याज्ञवल्क्य, अत्रि, विष्णु, हारीत, बृहस्पति, उशनस्, अङ्गिरा, यम, कात्यायन, पराशर, व्यास, दक्ष, आपस्तम्ब, गौतम, वशिष्ठ, नारद र भृगु )।
94197 स्मृतिग्रन्थ ना. १. स्मरणका निमित्त लेखिएको ग्रन्थ कुनै महत्त्वपूर्ण घटना वा विशिष्ट व्यक्तिको योगदानका सम्पूर्ण पक्षलाई लिएर लेखिएको ग्रन्।
94198 स्मृतिग्रन्थ ना. २. मनुस्मृतिसम्बन्धी ग्रन्।
94199 स्मृतिचित्र ना. स्मृतिरूपी चित्र।
94200 स्मृतिपट ना. अमर सहिदहरू मारिएका ठाउँमा सम्झनाका निम्ति तिनका वीरताको गुण र विवरण लेखिएको शिलास्तम्भ, अभिलेख।