Dictionary

All Word

94101 हिरिक्क्याहट ना. हिरिक्क हुने भाव, अवस्था वा क्रियाप्रक्रिया ।
94102 हिर्काइ ना. हिर्काउने भाव, क्रिया वा प्रक्रिया ।
94103 हिर्काइनु क.क्रि. हिर्काउने काम गरिनु; हानिनु।
94104 हिर्काउनु स.क्रि. मर्मान्तक पीडा हुने गरी पिट्नु; हान्नु।
94105 हिर्किनु स.क्रि. वेगले कतै जानु ( निन्दार्थमा ) |
94106 हिर्दोक वि. अँगाल्न पनि नहुने अफाल्न पनि नसकिने; नलिनु नछोड्नु खालको; गर्नु न मर्नु भएको।
94107 हिलमिल ना. राम्रो मेलमिलाप; हृदयदेखिको मेल; हिमचिम।
94108 हिलिनु १ अ.क्रि. हिलो हुनु; माटो; बालुवा आदिमा पानी मिसिई लेदो हुनु।
94109 हिलिनु २ अ.क्रि. १. बेफ्वाँकमा गिजिएर हाँस्नु।
94110 हिलिनु २ अ.क्रि. २. घोडा कराउनु; हिनहिनाउनु।
94111 हिलिलिलि क्रि.वि. १. घोडा कराउने गरी; हिनहिनाउने चालले।
94112 हिलिलिलि क्रि.वि. २. गिजिएर हाँसिरहने गरी; हिलिने चालले।
94113 हिलीमिली ना. हृदयदेखिको मेलमिलाप; हेलमेल; हिमचिम हिलमिल ।
94114 हिले वि. १. हिलोमा हुने वा पाइने; हिलाको; हिलोसम्बन्धी । ना.
94115 हिले वि. २. रोपाइँ गर्दा परस्परमा हिलो छ्‌यापाछ्‌याप गरेर खेलिने खेल ।
94116 हिले जात्रा ना. गाईजात्राको भोलिपल्ट रोपाइँको अभिनय गरेर देखाइने जात्रा; रोपाइँ जात्रा ।
94117 हिले पालुङ्गो ना. पालुङ्गोभन्दा लामा पहेंल्छ्या पात र फुस्रो डाँठ हुने पालुङ्गो; गोब्रे पालुङ्गो।
94118 हिले फागु ना. अबिरको सट्टा हिलो घस्नेछ्याप्ने गरेर खेलिने खेल वा त्यस्तो फागुजात्रा।
94119 हिले माछो ना. हिलामा वा मैलो पानीमा बस्ने माछो।
94120 हिलो ना. पानीमा मुछिएको माटो; माटाको लेदो ; पङ्क।
94121 हिल्याइ ना. हिल्याउने भाव, क्रिया वा प्रक्रिया ।
94122 हिल्याइनु क.क्रि. हिल्याउने काम गरिनु; हिलो पारिनु।
94123 हिल्याउनु स.क्रि. रोपाइँ गर्दा खेतको माटोमा पानी लगाई जोती वा खनी हिलो पार्नु; बाउसे गर्नु; टाकुचे गर्नु।
94124 हिल्ल क्रि.वि. १. गिजिएर हाँस्ने गरी।
94125 हिल्ल क्रि.वि. २. खित्का छाडेर हाँस्ने किसिमले।
94126 हिल्ला ना. कुनै वस्तु, व्यक्ति वा आफूले गर्नुपर्ने कामकुरो आफू पन्सने गरी अरूलाई सुम्पिने काम; जिम्मा।
94127 हिसाब ना. १. वस्तुहरूको सङ्ख्या वा परिमाण तोक्ने काम; गणना; गन्ती।
94128 हिसाब ना. २. आम्दानीखर्चको लेखाजोखा; हरहिसाब |
94129 हिसाब ना. ३. गणितशास्त्र; गणितविद्या।
94130 हिसाब ना. ४. भाउ; दर
94131 हिसाब ना. ५. नियम; अनुशासन; रीति।
94132 हिसाब ना. ६. ढङ्ग; चाल; तरिका।
94133 हिसाब ना. ७. पर्वाह; वास्ता।
94134 हिसाबकिताब ना. १. आम्दानी खर्चको लेखाजोखा ; लेनदेन- व्यवहारको निर्धारण; हरहिसाब।
94135 हिसाबकिताब ना. २. हिसाब लेख्ने किताब ।
94136 हिसाबकिताब ना. ३. लेनदेनसम्बन्धी व्यवहार।
94137 हिसाबकिताब ना. ४. सुहाउँदो व्यवस्था; बन्दोबस्त।
94138 हिसाब जाँच ना. आम्दानीखर्चको लेखाजोखा हेर्ने काम।
94139 हिसाब सान्ती ना. हिसाब वा अनुपातअनुसारको भाग बाँडिलिने काम।
94140 हिसाबी वि. १. हिसाब गर्ने; गन्ती गर्ने।
94141 हिसाबी वि. २. हिसाब जान्ने; गणितज्ञ ।
94142 हिसाबी वि. ३. अरूको तिर्नुपर्ने पैसाबारे वास्ता नराखी लिनुपर्ने पैसाको पछि लाग्ने।
94143 हिसी ना. १. सौन्दर्य; लावण्य।
94144 हिसी ना. २. छाँटकाँट मिलेर राम्रो बनेको रूप।
94145 हिस्स क्रि.वि. १. चाहना गरेको वस्तु नपाउँदा निराश हुने गरी; हिस्सिने चालले; जिल्ल; खिसिक्क; ङिच्च। (उदा.- हिस्स बुढी खिस्स दाँत। - उखान )।
94146 हिस्स क्रि.वि. २. मुसुक्क; खिस्स।
94147 हिस्सा ना. १. बाँडफाँड गर्दा हुने कसैको अधिकार भएको वस्तु वा वस्तुको एकाइ; भाग; अंश।
94148 हिस्सा ना. २. मूल समूहको कुनै एकाइ; खण्ड; टुक्रो।
94149 हिस्सा ना. ३. चकला।
94150 हिस्सादार वि. भागबन्डाको हकदार; हिस्सेदार ।