Dictionary

All Word

94001 स्थिर वि. ५. हडबड नगर्ने स्वभावको, शान्।
94002 स्थिर आय ना. निश्चित रूपले समयसमयमा भइरहने आमदानी, सधैँ एकै रूपमा भइरहने आयस्ता स्थायी आय |
94003 स्थिरचित्त वि. १. मनको चञ्चलता पूरै वश गरेको, चित्त स्थिर भएको।
94004 स्थिरचित्त वि. २. हडबड नगर्ने, नआत्तिने।
94005 स्थिरता /त्व ना. चञ्चल नभई नचली वा नहल्लिई एकै ठाउँमा अड्ने गुण; अडिगपन।
94006 स्थिरदृष्टि ना. १. एकै लक्ष्यमा अडिरहने दृष्टि।
94007 स्थिरदृष्टि ना. २. दृढ दृष्टि, दह्रो दृष्टि।
94008 स्थिरधी / बुद्धि वि. बुद्धि स्थिर भएको, दृढनिश्चयी विचार, विश्वास आदिमा स्थिर भएको, दृढनिश्चय लिन सक्ने।
94009 स्थिरभाव ना. अडिग भाव, निश्चल भाव।
94010 स्थिरमुद्रा ना. क्रयशक्तिका दृष्टिले अन्तर्राष्ट्रिय बजारमा विशेष स्थिरता पाएको, कुनै देशको मुद्रा।
94011 स्थिरीकरण ना. स्थिर गराउने काम स्थायी बनाउने काम स्थिरताप्रदान।
94012 स्थिरीकृत वि. स्थिर तुल्याइएको।
94013 स्थूल वि. १. आकारका दृष्टिले विशाल, ठुलो।
94014 स्थूल वि. २. अत्यन्त अग्लो, लामो।
94015 स्थूल वि. ३ मोटो।
94016 स्थूल वि. ४. रूपडाल नमिलेको भद्दा।
94017 स्थूल वि. ५. वेदान्तदर्शनमा शरीरको अवस्था र जन्मजन्मान्तरका तहको व्याख्या गरिने स्थूल सूक्ष्म, कारण, महाकारण र शुद्ध चैतन्य पाँचवटा तहमध्ये पहिलो तहको जड अन्नमय कोश; गोचर पदार्।
94018 स्थूलकन्द ना. पिँडालु।
94019 स्थूलता ना. १. ठुलो हुन आवश्यक गुण, ठुलोपन।
94020 स्थूलता ना. २. अग्लोपन।
94021 स्थूलता ना. ३. मोटाइ।
94022 स्थूलता ना. ४. नसुहाउँदोपन, भद्दापन।
94023 स्थूलता ना. ५. भौतिक शरीरको गुण, नश्वरशीलता।
94024 स्थूलदृष्टि ना. १ बाहिरी दृष्टि; कामचलाउ दृष्टि।
94025 स्थूलदृष्टि ना. २. बोधो दृष्टिकोण।
94026 स्थूलबुद्धि वि. १. बोधो बुद्धि भएको।
94027 स्थूलबुद्धि वि. ना. २. बोधो बुद्धि।
94028 स्थूल शरीर ना. पञ्चमहाभूतका संयोगबाट तयार भएको शरीर, पार्थिव शरीर जड देह।
94029 स्थूलीकरण ना. १. कुनै आकृति, मूर्ति, मुद्रा आदिलाई त्यसै रूपमा ठुलो बनाउने काम ठुलो पार्ने काम।
94030 स्थूलीकरण ना. २. जड तुल्याउने काम।
94031 स्थूलीकृत वि. १ ठुलो तुल्याइएको।
94032 स्थूलीकृत वि. २. जड बनाइएको, भद्दा बनाइएको।
94033 स्नात वि. नुहाएको, पवित्रता प्राप्त गरेको शुद्ध भएको।
94034 स्नातक ना. १. ब्रह्मचर्यव्रत समाप्त भई गृहस्थाश्रममा प्रवेश गर्न तयार भएको पुरुष, गुरुकुलपरम्पराको शिक्षामा पारङ्गत भई व्यावहारिक जीवनमा प्रवेश गर्ने बेलाको मान्छे।
94035 स्नातक ना. २. कुनै विश्वविद्यालयबाट बी. ए. वा शास्त्रीसरहको उपाधि प्राप्त गरेको व्यक्ति।
94036 स्नातक ना. ३. धार्मिक उद्देश्यले कुनै यज्ञ, उत्सव आदिमा दीक्षा लिएर भिक्षु बनेको ब्राह्मण।
94037 स्नातक उम्मेदवार ना. पञ्चायतकालमा पञ्चायती संविधानअनुसार स्नातकका नाताले निर्वाचित हुने राष्ट्रिय पञ्चायतका चार सदस्यपदमध्ये कुनै एकका लागि भएको उम्मेदवार।
94038 स्नातक तह ना. विश्वविद्यालयले प्रदान गर्ने स्नातक उपाधिको स्तर, ग्रेजुएट तह।
94039 स्नातक प्रतिनिधि ना. १. विश्वविद्यालयबाट स्नातक तहको उपाधि प्राप्त गरेका व्यक्तिहरूको सामूहिक प्रतिनिधित्व गरिने काम।
94040 स्नातक प्रतिनिधित्व ना. स्नातक प्रतिनिधिको पद, अभिभारा, अधिकार, कर्तव्य आदि।
94041 स्नातक सङ्गठन ना. १. पञ्चायतकालमा पञ्चायती संविधानमा व्यवस्था भएअनुसार आफ्नो पक्षबाट राष्ट्रका निम्ति योगदान होओस् भन्ने उद्देश्यले स्नातकहरूको शक्तिलाई सक्रिय गराउन गरिएको स्नातकहरूको सङ्गठन।
94042 स्नातक सङ्गठन ना. २. स्नातकहरूद्वारा निर्मित कुनै पनि सङ्घ।
94043 स्नातक स्तर ना. प्रमाणपत्र तहको परीक्षा पास गरेपछि पढिने एक तह वा सो तहको उच्च शिक्षा।
94044 स्नातकोत्तर ना. डिप्लोमा वा ग्य्राजुएट परीक्षाभन्दा माथिको शैक्षिक तह एम. ए. सरहको शैक्षिक उपाधि; आचार्य।
94045 स्नातकोपाधि ना. स्नातकले पाउने प्रमाणपत्र, बी. ए. वा शास्त्रीको डिग्री, स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र।
94046 स्नान ना. पानीले शरीरको मैला पखाल्ने वा धुने काम, जिउ वा धडसमेतको धुवाइ नुहाइ नुहाइधुवाइ।
94047 स्नानकर्म/ क्रिया ना. १. नुहाउने काम नुहाइ।
94048 स्नानकर्म/ क्रिया ना. २. धार्मिक उद्देश्यले जिउलाई शुद्ध तुल्याउन गरिने नुहाइधुवाइ।
94049 स्नानगृह ना. स्नान गर्ने घर वा कोठा।
94050 स्नानागार ना. नुहाउने कोठा, स्नानगृह, बाथरुम।