Dictionary

All Word

93951 हित ना. ४. इष्टमित्र; बन्धु।
93952 हित ना. ५. हितैषी व्यक्ति।
93953 हितकर/ कारक/कारी वि. १. हित गर्ने; भलो गर्ने।
93954 हितकर/ कारक/कारी वि. २. लाभ पुऱ्याउने; लाभप्रद।
93955 हितकर/ कारक/कारी वि. ३. हित सोच्ने; भलो चिताउने।
93956 हितचिन्तक वि. हित चिताउने; हितैषी।
93957 हितचिन्तन ना. असल वा भलो हुने कामकुराको विचार; शुभकामना।
93958 हिताहित ना. १. हित र अहित; फाइदा र बेफाइदा | वि.
93959 हिताहित ना. २. असल र खराब।
93960 हितेच्छु वि. भलो चाहने; शुभेच्छु; हितैषी।
93961 हितैषी वि. कल्याण चाहने; हितेच्छु।
93962 हितोपदेश ना. १. हित वा कल्याण हुने कुराको उपदेश; राम्रो अर्ती।
93963 हितोपदेश ना. २. नारायण पण्डितद्वारा रचित संस्कृत भाषाको एक प्रसिद्ध नीतिग्रन्थ।
93964 हित्तचित्त ना. दुई व्यक्तिका बिच भएको मिलिमतो; दुई जनाको मिलेको मन; मिलेका दुई दिल ।
93965 हिदायत ना. १. सही बाटो देखाउने काम; मार्गदर्शन।
93966 हिदायत ना. २. कुनै काम गर्न वा नगर्नका लागि दिइएको आदेशउपदेश।
93967 हिनहिनाइ ना. हिनहिनाउने भाव, क्रिया वा अवस्था।
93968 हिनहिनाइनु अ.क्रि. हिनहिनाउने काम हुनु; घोडा कराइनु।
93969 हिनहिनाउनु अ.क्रि. हिनहिन आवाज निस्कनु; घोडा कराउनु हिलिनु।
93970 हिनहिनाहट ना. हिनहिनाउने भाव, अवस्था वा क्रियाप्रक्रिया |
93971 हिनामिना ना. १. मालसामानको बरबादी; खती; नोक्सानी; क्षति।
93972 हिनामिना ना. २. तलमाथि; गडबडी।
93973 हिन्ताल ना. पातैपातले छोपिएको, छोटो डाँठ हुने ताडको रुख।
93974 हिन्द ना. हिन्दुस्तान; भारत देश।
93975 हिन्द चीन ना. कम्पुचिया; भियतनाम र लाओसको समूह।
93976 हिन्द महासागरीय क्षेत्र ना. दक्षिणी एसिया; मध्यपूर्व; अफ्रिका तथा दक्षिणपूर्व एसियाको पश्चिमी भाग।
93977 हिन्दी वि. १. हिन्दुस्तानको; भारतसम्बन्धी; भारतीय | ना.
93978 हिन्दी वि. २. हिन्दुस्तानका निवासी; भारतीय व्यक्ति।
93979 हिन्दी वि. ३. हिन्दुस्तानको प्रमुख भाषा; स्वतन्त्र भारतको राष्ट्रभाषा |
93980 हिन्दु ना. वेद, धर्मशास्त्र, नीतिशास्त्र र पुराण आदिलाई आफ्नो धर्मग्रन्थ मान्ने जाति वा धर्म।
93981 हिन्दुत्व ना. १. हिन्दु हुनाको भाव, गुण वा अवस्था।
93982 हिन्दुत्व ना. २. हिन्दुहरूको आचारविचार तथा व्यवहार।
93983 हिन्दु धर्म ना. हिन्दुहरूको धर्म।
93984 हिन्दुपति ना. मकवानपुर, चौदण्डी, विजयपुर आदि ठाउँका सेन राजाहरूले धारण गरेको एक प्रशस्ति।
93985 हिन्दुस्तान ना. हिन्दुहरू रहेको देश; हिन्दुस्थान; भारत।
93986 हिन्दुस्तानी वि. हिन्दुस्थानी; भारतीय।
93987 हिन्दुस्थान ना. हिन्दुहरूको निवासभूमि; भारतवर्ष; भारत देश।
93988 हिन्दुस्थान समाचार/ समिति वि. भारतको एक समाचार समिति।
93989 हिन्दुस्थानी वि. हिन्दुस्थानको ; भारतीय।
93990 हिन्दू ना. हे. हिन्दु।
93991 हिन्दोल ना. १. झुलना; पिङ।
93992 हिन्दोल ना. २. डोली।
93993 हिन्नति ना. अर्काको नजरमा आफूलाई गिराउने काम।
93994 हिप्पी ना. भौतिक जगत्बाट विस्मृतितिर फर्की शान्तिको खोजीमा विभिन्न देशमा घुम्ने वा बस्ने गोरा घुमन्ता जाति।
93995 हिफाजत ना. कुनै वस्तुलाई जोगाएर वा बचाएर राखी बिग्रन नदिने काम; सुरक्षा; बचाउ; जतन।
93996 हिफाजती वि. १. हिफाजत गर्ने; बचाउ तथा सुरक्षा दिने।
93997 हिफाजती वि. २. बचाउ गर्न योग्य; हिफाजत गर्नुपर्ने।
93998 हिम ना. १. कडा ठन्डीले जमेको पानी; हिउँ।
93999 हिम ना. २. चिसो; जाडो; ठन्डा।
94000 हिम ना. ३. हिउँद; हेमन्त ऋतु।