Dictionary

All Word

93901 हिकिनु क.क्रि. हेपिनु।
93902 हिकी हिकी ना. मर्ने वेलामा आउने हिक्का वा दम ।
93903 हिक्क क्रि.वि. हिक्का लाग्ने गरी; हिक्काको आवाज आउने गरी।
93904 हिक्क हिक्क क्रि.वि. लगातार हिक्क भएर।
93905 हिक्का ना. १. घाँटीबाट वेगका साथ वायु निस्कने काम; बाडुली।
93906 हिक्का ना. २. लगातार धेरै पटक बाडुली निस्किरहने रोग।
93907 हिक्का ना. ३. मर्ने आखिरी दम; हिकीहिकी।
93908 हिक्नु १ स.क्रि. थिचोमिचो गर्नु; हेप्नु; दमन गर्नु।
93909 हिक्नु २ अ.क्रि. १. हिक्का लाग्नु; हिक्कहिक्क गर्नु।
93910 हिक्नु २ अ.क्रि. २. हात्ती कराउनु।
93911 हिग्वे ना. तितोतितो वा टर्रो स्वादको, भित्रपट्टि रातो र कमलो हुने सुपारी ।
93912 हिङ ना. १. लाम्चा पात र साना खैरा फल हुने एक जातको बोट।
93913 हिङ ना. २. त्यसको कडा गन्ध हुने चोप वा दाल, तरकारी पकाउँदा तेलघिउमा फुराइने गन्धयुक्त मसला।
93914 हिङ जिरो वि. रोगले गलाएर ज्यादै दुब्लो भएको; मरन्च्यासे; सिट्ठी।
93915 हिङ हलाइ ना. अरूलाई साटो फेर्ने उद्देश्यले कसैलाई उक्साएर कष्ट पुऱ्याउने काम।
93916 हिङाइ ना. हिङाउने भाव, क्रिया वा प्रक्रिया ।
93917 हिङाइनु क.क्रि. हिङाउन लाइनु।
93918 हिङाउनु स.क्रि. १. अरूलाई हानि वा कष्ट हुने गरी कुनै कामकुरो गर्न बाध्य गर्नु।
93919 हिङाउनु स.क्रि. २. गुदद्वारमा हिङ हाले झैँ गरी बेचैन पार्नु; पीडा दिनु।
93920 हिङ्गास्टक ना. हिङ, जिरा, मरिच, बिरेनुन, सुठो, पिप्ला आदि द्रव्य मिसाएर तयार पारिएको अजीर्णनाशक एक आयुर्वेदीय औषधि; पाचक ।
93921 हिङ्गु ना. हिङको बोट वा त्यसैको चोप ।
93922 हिङ्गुपत्री ना. जिम्बुबुटी ।
93923 हिङ्गुल ना. १. पारो मिश्रित एक खनिज पदार्थ; सिम्रिक |
93924 हिङ्गुल ना. २. सिन्दूर।
93925 हिङ्गुल ना. हिगुलाज पत्थर; हिङ्गुरो।
93926 हिङ्गुलाज ना. १. सिन्धप्रदेशको पहाडमा रहेको दुर्गाको एक मूर्ति।
93927 हिङ्गुलाज ना. २. यिनै देवीको प्रसादस्वरूप माला उनेर लगाइने सेतो एक प्रकारको बियाँ; ठिङ्गुरो; हिङ्गुल।
93928 हिचकिच ना. अनकनाइ; धरमराहट; दोधार; असमञ्जस।
93929 हिचकिचाइ ना. हिचकिचाउने भाव, क्रिया वा प्रक्रिया; अनकनाइ।
93930 हिचकिचाइनु अ.क्रि. धरमराउने काम गरिनु; अनकनाइनु।
93931 हिचकिचाउनु अ.क्रि. १. डर, सङ्कोच आदिले गर्दा केही भन्न वा गर्न धरमराउनु; सङ्कोच मान्नु अनकनाउनु; अकमकाउनु।
93932 हिचकिचाउनु अ.क्रि. २. काम थाल्ने वा नथाल्ने दोधारमा पर्नु; हच्कनु।
93933 हिचकिचाहट ना. हिचकिचाउने भाव, स्थिति वा क्रियाप्रक्रिया; हिचकिचाइ; अनकनाहट।
93934 हिजडा ना. स्त्री वा पुरुष नछुट्टिएको प्राणी; नपुंसक; सिँगारु।
93935 हिजरी ना. १. हजरत मुहम्मदले मक्का छोडेर मदीना जानु।
93936 हिजरी ना. २. हजरत महम्मदले मक्का छाडेर गएको तिथिदेखि चलेको संवत्।
93937 हिजै क्रि.वि. हिजोको दिनमै।
93938 हिजो क्रि.वि. १. आजको दिनभन्दा पहिलो दिनमा; गएको दिनमा; एक दिन पहिले। ना.
93939 हिजो क्रि.वि. २. गएको दिन।
93940 हिजोअस्ति क्रि.वि. भर्खरै बितेका दिनहरूमा।
93941 हिजोआज क्रि.वि. अचेल; वर्तमान समयमा।
93942 हिज्जे ना. हरेक शब्दमा रहने अक्षरहरूको व्यवस्थित क्रम वा रखाइ; वर्णविन्यास; बर्तनी; खिप्ती।
93943 हिटर ना. बिजुलीबाट भात, चिया आदि पकाउन वा जाडामा ताप्न प्रयोग गरिने बलेको तारयुक्त चुलो; बिजुलीको चुलो।
93944 हिटी ना. पानीको धारा खसाल्ने पाइप वा नली; धारो (जस्तो- नारायणहिटी, मरुहिटी आदि)।
93945 हिटीमङ्ग ना. एक फुटजति लामो हुने अजिंगरमुखी आकारको, उपत्यकाका धार्मिक चाडपर्वमा फुकेर बजाइने ढुङ्ग्रोजस्तो एक बाजा।
93946 हिट्टेली ना. भारोपली भाषापरिवारको, युरोपभित्र बोलिने एक शाखा।
93947 हिण्डोल ना. मध्यम, तीव्र, ऋषभ र पञ्चम वर्जित हुने र अन्य स्वर शुद्ध रहने; शास्त्रअनुसार दिनको प्रथम प्रहरको अन्तमा र विशेष गरी वसन्त ऋतुमा गाइने औडव जातिको एक राग।
93948 हित ना. १. कसैको असल हुने काम; उपकार; भलाइ ।
93949 हित ना. २. कल्याण; मङ्गल।
93950 हित ना. ३. फाइदा; लाभ; प्राप्ति।