Dictionary

All Word

93751 हारहुर क्रि.वि. सबै मिलेर एकै खेपमा वा हतारहतार सक्ने गरी; घारघुर।
93752 हारा ना. शब्दका पछि गाँसिएर विवशता, अभाव आदिको अर्थ बुझाउने शब्द। (जस्तो- हिम्मतहारा, मतिहारा, हुतीहारा इ.)।
93753 हाराबारा वि. १. हायलकायल; हावाकावा। ना.
93754 हाराबारा वि. २. गीत गाएर केटाकेटीको हात समाती घुमाइने एक खेल ।
93755 हारालुछ ना. तँछाडमछाड गरी बलैले कुनै वस्तु लिने काम; हर्ने र लुछ्ने खालको टापटिप ।
93756 हाराहारी क्रि.वि. १. एकै लहरका सामुमा अर्को लहर हुँदै; एउटै पङ्क्तिमा; आमुन्नेसामुन्ने; सोझासोझी। ना.
93757 हाराहारी क्रि.वि. २. समान दुरी; समानान्तर।
93758 हारिनु अ.क्रि. हार्ने होइनु; हार खाइनु।
93759 हारी वि. १. खोस्ने; हरण गर्ने (जस्तो- मनोहारी)।
93760 हारी वि. २. चोर्ने।
93761 हारी वि. ३. माला भिरेको; हार लगाएको।
93762 हारीजिती क्रि.वि. सबै कुराको विचार गर्दा; आखिरमा। (उदा.- हारीजिती उनलाई खेत बेचेर घर बनाएको राम्रै भयो )।
93763 हार्द ना. १. हृदयभित्रको कुरा।
93764 हार्द ना. २. अनुराग; प्रेम; स्नेह ।
93765 हार्दिक वि. हृदयमा रहेको वा हृदयबाट आएको; मनमनले गरिएको; स्वतः स्फूर्त (जस्तो- हार्दिक प्रेम, हार्दिक स्नेह, हार्दिक सहानुभूति इ.)।
93766 हार्दिकता ना. १. हार्दिक हुनाको भाव, गुण वा स्थिति।
93767 हार्दिकता ना. २. मित्रता; प्रेम; स्नेह ।
93768 हार्नु अ.क्रि. १. विपक्षीबाट पराजित हुनु; हार खानु।
93769 हार्नु अ.क्रि. २. लाचार वा निराश हुनु; आस नरहनु।
93770 हार्नु अ.क्रि. 3. खिन्न हुनु। स.क्रि.
93771 हार्नु अ.क्रि. ४. कुनै खेल; बाजी आदिमा रुपियाँपैसा आदि गुमाउनु।
93772 हार्बिन / हार्मोनियम ना. तीन प्रकारका मन्द, मध्य र तारसप्तकमा स्वर निकाल्नका लागि ससाना पर्दाहरू जडिएको काठको फल्याकमा हावा भरेर औँला चाली बजाइने। सन्दुकका आकारको अङ्ग्रेजी बाजा।
93773 हाल ना. १. अहिलेको समय; चालु समय; वर्तमान काल।
93774 हाल ना. २. अवस्था; दशा; परिस्थिति; हालत।
93775 हाल ना. 3. खबर; समाचार।
93776 हालआबादी ना. झाडी, बुट्यान आदि फाँडी हालै आबाद गरिएको वा गर्न लायकको जग्गा; नयाँ आबादी।
93777 हालखबर ना. १. समाचार; सन्देश।
93778 हालखबर ना. २. हालचाल; स्थिति; हालत।
93779 हालचाल ना. १. अवस्था; स्थिति; चालामाला।
93780 हालचाल ना. २. चालचलन; बानीबेहोर; आचरण ।
93781 हालत ना. अवस्था; स्थिति; दशा; हबिगत।
93782 हालवाला वि. १. हाल रहेको; अहिले भएको; वर्तमान समयको।
93783 हालवाला वि. २. भर्खरैको; नौलो; नयाँ।
93784 हालसाबिक वि. १. अहिलेको र पहिलेको; हालको र साबिकको; नयाँ र पुरानो। नयाँ भर्ना भएको र बर्खास्त हुने; बहालवाला र अवकाशप्राप्त।
93785 हालसाल क्रि.वि. हिजोआज; अचेल; वर्तमान समयमा।
93786 हालहुल ना. १. कुनै वस्तु अर्को भाँडामा अटाईनअटाई कोने काम; हाल्ने र हुल्ने काम।
93787 हालहुल ना. २. झगडा फसादबाट भएको दङ्गाफसाद।
93788 हाला १ ना. १. चारैतिरबाट दुःख पाउने काम; हैरानी; हायलकायल।
93789 हाला १ ना. २. दशा; चालामाला।
93790 हाला २ ना. रक्सी; मदिरा; मद्य।
93791 हालाबाला वि. हायलकायल; हाराबारा।
93792 हालाहाल ना. परस्परमा दुवै थरीले हाल्ने काम; लगालग वा धमाधमको हलाइ ।
93793 हालाहलु ना. नेपालमा पाइने विभिन्न जातिमा पहिले सबभन्दा सानो मानिएको जाति।
93794 हालिनु क.क्रि. हाल्ने काम गरिनु; राखिनु; मिलाइनु।
93795 हालीमुहाली ना. १. कथ्य. हालीमाली। आफ्नो इच्छाअनुसार काम गर्न पाउने स्थिति; ढलीमली।
93796 हालीमुहाली ना. २. बनाउन र बगार्न सक्ने क्षमता; सबै किसिमको अधिकार; एकलौटी हक। वि.
93797 हालीमुहाली ना. ३. परिवारमा सब कामकुराको निर्णय गर्ने अधिकार भएको; मूली।
93798 हालै क्रि.वि. थोरै दिन पहिले मात्र; केही दिनअगाडि; हिजोआजै; भखरै।
93799 हाल्नु स.क्रि. १. कुनै कुरो भाँडामा, केही वस्तुमा वा मुख आदिमा राख्नु वा पार्नु; मिलाउनु; थन्क्याउनु।
93800 हाल्नु स.क्रि. २. मिल्ने ठाउँमा पसाल्नु वा घुसार्नु; प्रवेश गराउनु (जस्तो- बाहुलामा हात हाल्नु, ओढ्नेमा खोल हाल्नु इ.)।