Dictionary

All Word

93701 सौरी ना. २. सूर्यपत्नी छाया।
93702 सौर्य ना. सूर्यका छोरा, सूर्यपुत्र शनैश्चर, शनि।
93703 सौर्य ना. २. सूर्यको शक्ति, तेज, पद वा अधिकार |
93704 सौर्य ना. वि. ३. सूर्यको, सौर।
93705 सौर्य शक्ति ना. सूर्यको तापबाट तयार हुने इन्धनशक्ति, सूर्यसम्बन्धी शक्ति, सौरशक्ति।
93706 सौवर्ण वि. सुनबाट बनेको सुनको, सुवर्णसम्बन्धी।
93707 सौवर्ण वि. २. सुनजस्तो पहेंलो।
93708 सौवर्ण वि. ना ३. सुवर्ण, सुन।
93709 सौवीर ना. ठुलो र लाम्चो दाना लाग्ने बयरको एक जात; काशीबयर।
93710 सौवीर ना. २. सिन्धु नदीका किनारमा रहेको, सिन्धुसभ्यताका प्रसङ्गसँग सम्बन्धित एक प्राचीन देश।
93711 सौष्ठव ना. सुन्दरता, राम्रोपन।
93712 सौष्ठव ना. २. दक्षता, सिप, जुनसुकै कामका लागि आवश्यक पर्ने ज्ञान।
93713 सौहार्द ना. सद्भावना तथा सरलताले भरिएको व्यवहार; सहृदयता, मनको कोमलपन।
93714 सौहार्द ना. २. स्नेह; मैत्री मितेरी |
93715 सौहार्दपूर्ण वि. सद्भावले भरिएको, सज्जनतायुक्।
93716 सौहार्दपूर्ण वि. २. आत्मीय भाव भएको।
93717 सौहार्द्य / सौहृद वि. सुहृद् वा मित्रसम्बन्धी।
93718 सौहार्द्य / सौहृद वि. ना. २. मित्रता; स्नेह, सौहार्द।
93719 स्कन्द ना. महादेवको वीर्य अग्निमा पर्नाले अग्निका गर्भबाट जन्मेका मानिने कुमार कार्तिकेय।
93720 स्कन्दपुराण ना. व्यासद्वारा रचित अठार महापुराणमध्ये एक।
93721 स्कन्दमाता ना. स्कन्दकी आमा पार्वती।
93722 स्कन्ध ना. काँध; कुम।
93723 स्कन्ध ना. २. रुखका हाँगा फाटेको ठाउँ; हाँगाको काप।
93724 स्कन्ध ना. ३. शाखा, हाँगाबिँगा।
93725 स्कन्ध ना. ४. ग्रन्थ आदिको अवान्तर छुट्ट्याइएको एक महाअध्याय, खण्ड, विभाग, सङ्काय।
93726 स्कन्ध ना. ५. नृत्तत्त्वशास्त्रमा प्रयोग हुने नाम।
93727 स्कन्धकूट ना. काँधको सबभन्दा अग्लो ठाउँ; कुम।
93728 स्कलर ना. शास्त्रको कुनै अङ्गको प्रकाण्ड विद्वान्।
93729 स्कलर ना. २. स्कुलकलेजको अध्यापक।
93730 स्कलर ना. ३. स्कुलकलेजको छात्र।
93731 स्कलर ना. ४. विद्वद्वृत्तिअन्तर्गत अनुसन्धान गरिरहेको शोधार्थी।
93732 स्कलरसिप ना. विशेष जेहेनदार विद्यार्थी, अन्वेषक, आविष्कर्ता आदिलाई अध्ययनअवधिमा प्रदान गरिने वृत्ति, छात्रवृत्ति।
93733 स्काइल्याब ना. अमेरिकाको अन्तरिक्ष अनुसन्धानशाखाले आकाशमण्डलको अध्ययनका निम्ति अन्तरिक्षमा निर्माण गरेको प्रयोगशाला।
93734 स्काउट ना. सामाजिक चरित्र, स्वास्थ्य, जनकल्याण आदिको विकासका निम्ति सैनिक प्रणालीका आधारमा तालिम पाएको व्यक्ति; बालचर।
93735 स्कुटर ना. पेट्रोलले चल्ने, प्रायः महिलाहरूले चढ्ने मोटरसाइकलको एक प्रकार।
93736 स्कुल ना. माध्यमिक तहसम्मको औपचारिक पठनपाठनको व्यवस्था हुने संस्था, विद्यालय।
93737 स्कुल ना. २. कुनै ज्ञानविज्ञानको विशेष शाखा वा त्यसका अनुयायीको वर्ग, शाखा |
93738 स्कुली वि. स्कुलमा हुने स्कुलसम्बन्धी, स्कुलको।
93739 स्क्वास ना. फलफूल आदिको प्रशोधनबाट तयार गरिएको पेय पदार्।
93740 स्खलन ना. कहीँ कतैबाट हुने केही कुराको झराइ |
93741 स्खलन ना. २. तरल पदार्थको चुहाइ।
93742 स्खलन ना. ३. कुनै पनि काममा हुने भुल; भुलचुक।
93743 स्खलन ना. ४. आफ्नो मर्यादा, आचरण, मार्ग आदिबाट भएको पतन।
93744 स्खलित वि. स्खलन भएको, झरेको, खसेको; पतित; च्यु।
93745 स्टर्लिङ ना. ब्रिटिस मुद्रा।
93746 स्टर्लिङ पाउन्ड ना. ब्रिटिस मुद्राप्रणालीअनुसार सिलिङभन्दा ठुलो एकाइ, बिस सिलिङ बराबरको बेलाइती मुद्रा, २४० पेनी अर्थात् पेन्स बराबरको बेलाइती मुद्रा।
93747 स्टाफ ना. कुनै सङ्घसंस्था, कार्यालय आदिमा निश्चित र नियमित रूपले काम गर्ने कर्मचारीहरूको समूह।
93748 स्टिचिङ ना. कागत आदिको खुटाइ किडिक।
93749 स्टिचिङ ना. २. खुट्ने यन्त्रबाट गरिएको जोडाइ।
93750 स्टिचिङ ना. ३. घाउको उपचारका निम्ति सिइएको टाँका।