Dictionary

All Word

93651 सौदागरी ना. किन्ने र बेच्ने काम किनबेच, व्यापार।
93652 सौदागरी ना. २. किनबेचको निर्णय वा सम्झौता।
93653 सौदापात ना. किनबेच गरिने वस्तु।
93654 सौदापात ना. २ सौदाको किनबेच।
93655 सौदाबाजी ना. द्रव्यका आधारमा वस्तुहरूको किनबेच, सौदागरी।
93656 सौदामिनी ना. बिजुली, विद्युत् आकाशमा चम्कने बिजुली।
93657 सौदे वि.बो. दुध दुहुँदा गाईभैंसीलाई खुट्टो सार्न बोलिने शब्द।
93658 सौन्दर्य ना. राम्रो बनाउने तत्त्व।
93659 सौन्दर्य ना. २. सुन्दर हुनाको भाव; सुन्दरता।
93660 सौन्दर्य चेतना ना. सुन्दरताका दृष्टिले वस्तुलाई ग्रहण गर्ने चेतना, साहित्यका क्षेत्रमा प्रगाढ भूमिका खेल्ने चेतना, सुन्दरताबोध।
93661 सौन्दर्य बोध ना. सुन्दर र असुन्दरका बिचमा रहेको अन्तर्बोध, लालित्य, कोमलता, शिष्टता, माधुर्य आदितर्फको झुकाउ।
93662 सौन्दर्य सिद्धि ना. विशुद्ध सुन्दरताको प्राप्ति; प्रकृतिजगत्‌मा रहेको सौन्दर्ययुक्त तत्त्वको साधना र उपलब्धि।
93663 सौन्दर्य सिन्धु ना. सुन्दरताको खानी, सौन्दर्यसागर।
93664 सौभाग्य ना. सुख र समृद्धि प्राप्त गर्न सकिने भाग्य उत्तम प्रारब्ध।
93665 सौभाग्य ना. २. मङ्गलमय अवस्था; कल्याण।
93666 सौभाग्य ना. ३ नारीहरूमा हुने सधवापनको चिनु, सौभाग्यवतीको लक्षण।
93667 सौभाग्य ना. ४. सधवा नारीले प्रयोग गर्ने प्रसाधन, सधवाका सिंगारपटारका सामग्री।
93668 सौभाग्य ज्योति ना. सधवा नारीमा हुने कान्ति, ऐभाँतको दीप्ति।
93669 सौभाग्यवती वि. सधवा अवस्थामा लामो जीवन भोग्ने, ऐभाँती, सौभाग्यशालिनी।
93670 सौभाग्यवान् सौभाग्यशाली, सुखसमृद्धिपूर्वक जीवन यापन गर्न (पुरुष)।
93671 सौभाग्य सूत्र ना. सौभाग्यसूचक धागो, सधवापन जनाउने सूत्र (पोते, तिलहरी, मङ्गलसूत्र आदि)।
93672 सौमनस वि. सुमन वा फूलसम्बन्धी।
93673 सौमनस्य ना. फूल फक्रिए झैं मन प्रफुल्लित हुने काम, मानसिक प्रसन्नता।
93674 सौम्य वि. सोम वा चन्द्रमासम्बन्धी चन्द्रमाको।
93675 सौम्य वि. २ शीतल प्रकृतिको स्वच्छ, सरल तथा शान्त स्वभावको।
93676 सौम्य वि. ३ हेर्दा एकदमै राम्रो लाग्ने, मनोहर, सुन्दर।
93677 सौम्य वि. ना. ४. सोमयज्ञ।
93678 सौम्य वि. ५. चन्द्रमाका पुत्र बुध।
93679 सौम्य वि. ६. ब्राह्मण।
93680 सौम्यता ना. सौम्य हुनाको भाव, गुण वा अवस्था।
93681 सौम्यता ना. २. सुशीलता, सुन्दरता।
93682 सौम्यता ना. ३. शीतलता।
93683 सौम्यदर्शन वि. देख्नेलाई राम्रो लाग्ने, आँखालाई एकदम राम्रो लाग्ने, प्रियदर्शन।
93684 सौर वि. सूर्यसँग सम्बन्ध भएको, सौरमण्डलभित्रको।
93685 सौर वि. २. सूर्यबाट उत्पन्न, सूर्यसम्बन्धी।
93686 सौर वि. ३. सूर्यको उपासना गर्ने, सूर्यको उपासक।
93687 सौर वि. ना. ४. सूर्यको छोरो, शनैश्चर।
93688 सौम्य जगत् ना. सौरमण्डल।
93689 सौम्य दिवस ना. अघिल्लो सूर्योदयदेखि लिएर पछिल्लो सूर्योदयसम्मको अवधि।
93690 सौरभ ना. सुगन्धयुक्त बास्ना राम्रो बास्ना, सुवास।
93691 सौरभित वि. बास्नादार बास्ना आएको बास्नायुक्।
93692 सौरमण्डल ना. सूर्यका वरिपरि प्रदक्षिणा गर्ने ग्रहनक्षत्र आदिको समुदाय, सौरपरिवार।
93693 सौरमण्डल ना. २. सूर्यको परिधि, सूर्यवरिपरिको रापिलो घेरो।
93694 सौरमण्डल ना. ३. सौरजगत्।
93695 सौरमास ना. सूर्यले एउटा राशिको भोग गरुन्जेललाई एक महिना मान्ने पञ्चाङ्गप्रणालीको महिना अघिल्लो सङ्क्रान्तिदेखि पछिल्लो सङ्क्रान्तिसम्मको समयलाई मानिने महिना, सौरमहिना सौरमान।
93696 सौर वर्ष ना. सौरमासका आधारमा मानिने वर्ष; सूर्यगतिअनुसार मानिने वर्ष।
93697 सौर वर्ष ना. २. वैशाख सङ्क्रान्तिदेखि चैत्र मसान्तसम्ममा पूरा हुने एक साल।
93698 सौरा ना. माछाको एक जात; सहर माछो।
93699 सौरि ना. सूर्यपुत्र; शनैश्चर।
93700 सौरी ना. सूर्यकी पत्नी, संज्ञा, उषा।