Dictionary

All Word

93601 हाडछाला वि. १. हाड र छाला मात्र बाँकी रहेजस्तो; ज्यादै दुब्लो। ना.
93602 हाडछाला वि. २. हाड र छाला।
93603 हाडनाता ना. वंश-परम्परागत काल, जन्म वा विवाह आदिका सम्बन्धले एकै योनिको सम्बन्ध; नजिकको साइनु।
93604 हाडनाता करणी ना. हाडनाता पर्नेसँग गरिने मैथुनकार्य; हाडनाताका स्त्रीपुरुषका बिच भएगरेको अनैतिक सहवास |
93605 हाडफोरा ना. एक प्रकारको चरो।
93606 हाडफोरा वि. हाडनातामा करणी गर्ने।
93607 हाडमासु ना. १. हाड र मासु।
93608 हाडमासु ना. २. असलकमसल वस्तुको मिल्दो अनुपात; यथायोग्य |
93609 हाडे वि. १. हाड भएको।
93610 हाडे वि. २. हाड जस्तै कडा बोक्रा भएको; खपटे ( ओखर, बदाम आदि)।
93611 हाडे उन्यु ना. छ्वालीका जस्ता कडा र गाढा कलेजी रङका छत्राकार डाँठ, दम्कन्नेका छाँटका नसादार पात हुने र बाल्दा पड्कने झाँगिएको जङ्गली झार |
93612 हाडेओखर ना. कडा बोक्रा भएको भाइटीकामा प्राय: सर्जामका रूपमा लिइने ओखर; खपटे बोक्रा भएको र भित्रको गुदी खाइने एक मसला।
93613 हाडेगुडी ना. हाडेगुडी हाडेगुडी यहाँ के छ ?' भन्दै माउले सोध्ने र अर्कोले उत्तर दिँदै जाने, केटाकेटीले ताँती लागेर खेल्ने एक खेल।
93614 हाडे जिउ ना. हाड देखिने जिउ; खबटे जिउ |
93615 हाडेबयर ना. केही लाम्चा र बाटुला पात; हरिया ससाना फूल र थोरै गुदी हुने राता गोल फल फल्ने काँडादार बोट वा त्यसैको फल।
93616 हाडेलसुन ना. लसुनका जस्ता पोटी र पात हुने रातापहेँला छिर्का परेका फूल फुल्ने बोट वा त्यसैको फल।
93617 हाडैहाड ना. धेरै हाड; हाडहाडको मात्र भाग वा अंश
93618 हात ना. १. शरीरको कुमदेखि औँलाका टुप्पासम्मको अवयव; कुहुनादेखि वा हर्थुङ्गादेखि औँलासम्मको अङ्ग; बाहुली; बाहाँ; बाहु; हस्त।
93619 हात ना. २. कुइनादेखि माझी औँलाको टुप्पासम्मको लामो नापो; आधा गजको परिमाण।
93620 हात ना. ३. अख्तियार; अधिकार; पहुँच।
93621 हात ना. ४. तास, कौडा आदि खेलको पटक; चोटि। वि.
93622 हात ना. ५. दुई बित्ताको; आधा गज नापो भएको।
93623 हातकट्टु वि. हात काटिएको वा नभएको; डुँडो।
93624 हातको मयल ना. १. केही समय हातमा रहेर जाने तुच्छ कुरा (दामपैसाका निम्ति प्रयुक्त)।
93625 हातको सफाइ ना. १. अरूका आँखा छलेर गरेको चोरी वा ठगी।
93626 हातको सफाइ ना. २. त्यसरी आँखा छल्ने हातको चलाखी।
93627 हातजोडी ना. १. हातका पन्जाका आकारको जरो, हाडे लसुनका जस्ता पात हुने र घोगाका आकारका फूलमा मरिचजत्रो कलेजी दाना लाग्ने, प्रायः हिमालमा पाइने बुटी वा त्यसैको जरो; पाँचऔँले।
93628 हातपात ना. १. अनुमति वा इच्छाविना वासनापूर्तिका लागि पुरुषले स्त्रीमाथि हात हाल्ने काम; बलात्कार।
93629 हातपात ना. २. कुट्ने र पिट्ने काम; कुटपिट |
93630 हात मिसामिस ना. परस्परमा हात छोड्ने काम; हातहालाहाल |
93631 हातमुख ना. १. काम गर्ने हात र खाने, बोल्ने मुख; हात र मुख।
93632 हातमुख ना. २. जीवननिर्वाहको साधन (जस्तो- हातमुख जोराइ)।
93633 हातलागी ना. १. कुनै वस्तु आफ्नो अधिकारमा आउने काम; आम्दानी; प्राप्ति।
93634 हातलागी ना. २. गणितको क्रियामा दशथानी सङ्ख्याको अन्तिम अङ्क लेखेर बाँकी रहेको सङ्ख्या; गुणन, भागाहार आदिमा आ लब्धिको एकाइ, सङ्ख्या लेखेर बचेको दहाइ आदि सङ्ख्या।
93635 हातसार/ सारी/सारो ना. हातहातै सारेर पूरा गरिने काम; धेरै जनामा एकपछि अर्को लाग्दै पूर्ण हुने पालैसितको कामगराइ ।
93636 हातहतियार ना. १. खुँडा, भाला, बन्दुक आदि हतियारको समूह; शस्त्रास्त्र।
93637 हातहतियार ना. २. कर्मीको काम गर्ने साधन; ज्याबल; औजार।
93638 हात हालाहाल ना. परस्परमा हात हाल्ने काम; पिटापिट |
93639 हाता ना. १. निजी वा सङ्घसंस्था आदिको भवनको चौघेरा; घेरा; गिर्दा।
93640 हाता ना. २. जिल्ला ; प्रान्त; प्रदेश |
93641 हाताहाती क्रि.वि. लगत्तै; हातहातै; तुरुन्तातुरन्ती ( लेनदेन, खरिदबिक्री आदि)। हातलागी भएको वा हातमा परेको।
93642 हाते वि. १. हातमा लिएर उपभोग गरिने; हातको लायक।
93643 हाते वि. २. हातसम्बन्धी; हातको।
93644 हाते वि. ३. कलिलैमा पाडाबाछा मरेर हातैले पघारी दुध दुहिने; हतुवा ( गाई-भैँसी आदि)। ना.
93645 हाते वि. ४. तासको खेलमा थप तास नथुतीकन बाँडेकै तासबाट बाजी जित्ने काम; हाते माथ।
93646 हाते कम्पोज ना. मुद्रण गर्नका निम्ति केसबाट अक्षर टिपी हातले गरिने कम्पोज ।
93647 हाते जरो ना. लेकाली भेकमा पाइने एक बुटी।
93648 हाते तान ना. हातले कपडा बुन्ने तान (ह्यान्डलुम)।
93649 हातेपाते ना. १. हातपात। क्रि.वि.
93650 हातेपाते ना. २. हाताहाती।