Dictionary

All Word

93551 हाउडे वि. १. आफ्नो कामकर्तव्यमा भने चासो नराख्ने अरूसँग लिनेपाउने कुरामा चाहिँ ठुलो मुख बनाउने।
93552 हाउडे वि. २. ठुलो मुख भएको; धेरै खाने। स्त्री. हाउडी।
93553 हाउबुजी ना. हाउ किरो; हाउगुजी |
93554 हाउभाउ ना. हावभाव |
93555 हाउलिनु अ.क्रि. धुम्मिनुः बादल लाग्नु; कुहिराले ढाक्नु |
93556 हाउलो ना. १. कुहिरो; बादल।
93557 हाउलो ना. २. हुस्सु।
93558 हाकपारी ना. धाक वा फुर्ती देखाउने काम; हाइफाईं; हाकहुक |
93559 हाकहुक ना. कुनै काम अरूबाट सिद्ध गराउनका निम्ति लगाइने धाक वा फुर्ती; हाइँफाइँ; हो-हो।
93560 हाकाहाकी क्रि.वि. कुनै कामकुरा भन्न वा गर्न असजिलो भए तापनि निःसङ्कोच तथा साहसपूर्वक प्रकट गर्न तम्सिएर; प्रत्यक्ष रूपमा; खुल्लमखुल्ला।
93561 हाकिम ना. आफ्ना मातहतका कर्मचारीको कामको रेखदेख गर्नाका साथै अड्डा वा कार्यालयको उचित व्यवस्था मिलाउने मुख्य व्यक्ति; कार्यालयको प्रमुख पदाधिकारी।
93562 हाकिमी ना. हाकिमको अवस्था, काम वा पद।
93563 हाकी ना. दुवै हात फैलाएर साना केटाकेटीलाई मायाले बोलाउने शब्द |
93564 हाक्कहुक्क क्रि.वि. १. हप्काउने र तर्साउने गरी; चर्को डाँकोका भरमा प्रभुत्व जमाउन खोजेर।
93565 हाक्कहुक्क क्रि.वि. २. जसोतसो गरी मेलो सार्ने वा काम सक्ने चालसित।
93566 हाङ्रायो ना. धनेश चरो।
93567 हाच्छिउँ / हाच्छयूँ ना. नाकभित्र केही पस्दा, नस हाल्दा वा अरू कुनै कारणले नाकबाट सासको झोक्का फुत्कँदा सुनिने शब्द; छिँक्ने काम; आच्छ्यूँ; छिउँ; छिँक।
93568 हाजा ना. सितो नजोडिएको फरफराउँदो भात; बफाएको भात।
93569 हाजिर वि. १. १ अगाडि रहेको; रुजु; उपस्थित।
93570 हाजिर वि. २. प्रस्तुत; तयार | ना.
93571 हाजिर वि. ३. कुनै नियत स्थानमा उपस्थित हुने काम; उपस्थिति।
93572 हाजिरकापी ना. हाजिर वा उपस्थिति जनाइने पुस्तिका; हाजिर गर्ने ही।
93573 हाजिर गोस्वारा ना. सरकारी कर्मचारीको हाजिर लिने र काम गरेनगरेको लेखा राख्ने पुरानो एक अड्डा।
93574 हाजिरजमानी ना. कुनै अपराध वा काम-कुरामा लागेको मानि अड्डाले खोजेको बखत हाजिर गराउँला भनी बिचको मानिसले आफू जमानी भई लेखिदिने कागत |
93575 हाजिरजवाफ वि. प्रश्नको आशयअनुसार तुरुन्त उपयुक्त उत्तर दिएर खेलिने खेल |
93576 हाजिरजवाफ प्रतियोगिता ना. प्रायः विद्यार्थी वा अन्य इच्छुक व्यक्तिहरूका बिच कम्तीमा दुई थरी समूहविभाजन गरी सामान्यज्ञानसम्बन्धी छोटा प्रश्न सोधेर बुद्धिप्रखरताको मापन गर्ने प्रतियोगिता; सामान्यज्ञान प्रतियोगिता।
93577 हाजिरजवाफी वि. हाजिर जवाफ हुनाको भाव, गुण वा अवस्था।
93578 हाजिरवाला ना. १. हाजिर गर्ने कर्मचारी; उपस्थिति लिने वा जाँच्ने व्यक्ति। वि.
93579 हाजिरवाला ना. २. हाजिर भएको; उपस्थित |
93580 हाजिरा ना. हाजिर भएर काम गरेबापत पाइने ज्याला; पारिश्रमिक |
93581 हाजिरी ना. हाजिर हुने वा लिने काम; उपस्थिति।
93582 हाजिरी जवान ना. हाल हाजिर रहेका मानिसको सङ्ख्या।
93583 हाजिरीजवाफ ना. सोध्नेबित्तिकै छिटो दिइने जवाफ; हाजिरजवाफ |
93584 हाजिरी फाराम ना. हाजिर गर्ने वा गरिएको कागत; प्रत्येक महिनाको अन्तमा कर्मचारीलाई तलब खुवाउनका लागि माथिल्लो कार्यालयमा पठाइने उपस्थितिविवरण |
93585 हाजी ना. हज गरेर आएको मुसलमान।
93586 हाट ना. १. तोकिएको बार वा समयमा गाउँहरूमा लाग्ने सानो बजार; अस्थायी दुकान।
93587 हाट ना. २. पसल; दुकान।
93588 हाटखोला ना. हाटबजार।
93589 हाटबजार ना. तोकिएको दिनमा मात्र लाग्ने हाट र सधैँभरि लाग्ने बजार |
93590 हाटबजार विकास आयोजना ना. कृषिमन्त्रालय, खाद्यकृषि-बजारसेवा विभागले भइरहेका हाटबजारको सुव्यवस्था गर्ने र तिनमा सुविधा प्रदान गर्ने उद्देश्यले मधेसको लाहान भन्ने ठाउँबाट आरम्भ गरेको एक कार्यक्रम |
93591 हाटहुट ना. कुनै कामकुरो छिटै सिद्ध्याउनका लागि गरिने चलाखी र फुर्तीसाथको प्रयत्न; हाट्टहुट; हाइँफाइँ।
93592 हाटहुटे वि. हाटहुट गर्ने; चलाखीसाथ छिटो काम गर्ने।
93593 हाटे वि. १. हाटको; हाटसम्बन्धी।
93594 हाटे वि. २. हाट जाने | ना.
93595 हाटे वि. ३. हाट भर्न जाने वा हाट भरेर फिर्ने मानिस।
93596 हाट्टहुट्ट हाटहुटको तीव्रतासाथ |
93597 हाड ना. १. मानिस, पशुपक्षी आदिका शरीरभित्र रहने सात धातुमध्ये सबभन्दा कडा धातु; शरीरभित्र शरीरकै अङ्गका रूपमा रहने सेतो कडा पदार्थ; अस्थि; हड्डी।
93598 हाड ना. २. ओखर, काजु, बदाम आदि फलको कडा खपटो।
93599 हाड ना. ३. आँप; मुला आदि छिपिएर भित्र गुदी वा गुदीको आवरणमा जम्ने कडा जालो।
93600 हाडखोड ना. शरीर सडेर पनि धेरै वर्षसम्म रहने हाड, खुर आदि वस्तु।