Dictionary

All Word

93401 हसित ना. ४. केही दाँत देखाएर हाँसेको (व्यक्ति)।
93402 हसिना ना. ज्यादै सुन्दरी स्त्री; रूपवती नारी; कामुक स्त्री; हसना।
93403 हसुर्नु स.क्रि. १. धेरै मात्रामा भोजन गर्नु; गुतार्नु ( निन्दार्थमा ) |
93404 हसुर्नु स.क्रि. २. मन नपर्ने गरी खानु; घिच्नु ||
93405 हसुराइ ना. हसुर्ने भाव, क्रिया वा प्रक्रिया।
93406 हसुराइनु क.क्रि. हसुर्न लाइनु।
93407 हसुराउनु प्रे.क्रि. हसुर्न लाउनु।
93408 हसुराहसुर ना. हारालुछ गर्दै खाने काम; कोचाकोच गरी खाने काम ।
93409 हसुरिनु क.क्रि. धेरै खाइनु; घिचिनु ।
93410 हस् अव्य. हवस्।
93411 हस्कनु अ.क्रि. १. खुसीले मात्तिनु; ज्यादै हर्षले उम्लनु।
93412 हस्कनु अ.क्रि. २. हिस्स पर्नु; हिस्सिनु; जिल्लिनु ।
93413 हस्कनु अ.क्रि. ३. पछि हट्नु; हच्कनु।
93414 हस्कनु अ.क्रि. ४. हस्को आउनु; दुर्गन्ध चल्नु ।
93415 हस्कनु अ.क्रि. ५. खिसिक्क पर्नु; खस्कनु ।
93416 हस्काइ ना. हस्कने तथा हस्काउने भाव, क्रिया वा प्रक्रिया ।
93417 हस्काइनु क.क्रि. हिस्स पारिनु ।
93418 हस्काउनु १. हिस्स पार्नु; हिस्स्याउनु ।
93419 हस्काउनु २. जिल्ल्याउनु ।
93420 हस्को ना. हरक; गन्ध।
93421 हस्क्याइँ ना. हस्को आउने भाव वा अवस्था; हस्कोपन।
93422 हस्त ना. १. हात; बाहु; भुजा।
93423 हस्त ना. २. हात्तीको सुँड।
93424 हस्त ना. ३. चौबिस अगुल वा दुई बित्ताको नाप।
93425 हस्त ना. ४. सत्ताइस नक्षत्रमध्ये पाँच तारा हुने र हातको आकारको मानिने एक नक्षत्र; हस्ता।
93426 हस्तकला ना. हातद्वारा सम्पन्न गरिने काम; हातको सिप; हस्तकौशल (चित्र, मूर्ति आदि)
93427 हस्तकौशल ना. हातको सिप वा हातको प्रयोगद्वारा प्राप्त हुने दक्षता; हस्तकला |
93428 हस्तक्षेप ना. अर्काको काममा हात हाल्ने व्यवहार; आफ्नो अधिकारबाहिरको कुरामा गरिने दखल; अवरोध |
93429 हस्तगत वि. हातलागी भएको वा हातमा परेको।
93430 हस्तपत्र ना. विद्यार्थीको अध्ययनका लागि शिक्षकबाट लिखित वा मुद्रित रूपमा दिइने लेख वा पाठ (ह्यान्ड आउट)।
93431 हस्तमापन ना. हातले नापो लिने काम; हातको परिमाण।
93432 हस्तमुद्रा ना. नृत्य, पूजा, साधना आदिमा विभिन्न भाव प्रकट गर्ने हातको आकृति; सन्ध्यावन्दनमा गरिने सुमुख, सम्मुख, वितत हस्ताकृति |
93433 हस्तरेखा ना. सामुद्रिक शास्त्रका अनुसार हत्केलामा कोरिएका शुभाशुभसूचक धर्का; हातको रेखा।
93434 हस्तलिपि ना. कसैका हातको लेखोट; हस्ताक्षर।
93435 हस्तलेख ना. हस्तलिपि।
93436 हस्ता ना. सत्ताइस नक्षत्रमध्ये एक।
93437 हस्ता ना. हस्ताक्षर; स्वलिपि।
93438 हस्ताक्षर ना. लेखात्मक दस्तखत; सही; हस्तलिपि।
93439 हस्ताक्षरित वि. हस्ताक्षर गरिएको; दस्तखत भएको।
93440 हस्तान्तर/हस्तान्तरण ना. १. कुनै वस्तु अरूका हातमा दिने काम; हातेसारी।
93441 हस्तान्तर/हस्तान्तरण ना. २. आफ्नो जिम्मामा रहेको वस्तु कसैको जिम्मा लगाउने काम।
93442 हस्तान्तर/हस्तान्तरण ना. ३. बेचबिखन।
93443 हस्तान्तर/हस्तान्तरण ना. ४. सम्पत्तिको हक एक व्यक्तिबाट अर्को व्यक्तिमा सारिने कानुनी कार्य; दाखिलखारिज।
93444 हस्तान्तरणीय वि. अरूलाई दिने वा सुम्पन सकिने (प्रतीतपत्र आदि)।
93445 हस्तान्तरित वि. हस्तान्तरण गरिएको।
93446 हस्तामलक ना. १. आफ्ना हातमा रहेका औँलाजस्तो सबै काल र सबै कुरा देख्न वा जान्न सकिने विषय।
93447 हस्तामलक ना. २. शङ्कराचार्यका एक शिष्यको नाम।
93448 हस्ति ना. हात्ती।
93449 हस्तिदन्त ना. हात्तीको दाँत वा दाह्रा।
93450 हस्तिहाड ना. हात्तीको हाड; हात्तीको दाँत।