Dictionary

All Word

93301 हल्ट वि. १. काम रोकिने स्थिति भएको।
93302 हल्ट वि. २. अवरोध उत्पन्न भएको। (उदा. तिमी नआएर हाम्रो कामै हल्ट भयो ) | वि.बो.
93303 हल्ट वि. २. विशेषतः सैनिक वा प्रहरीले पालोपहरा बस्ता कुनै मानिस देखेर निजलाई रोक्नका निम्ति भन्ने शब्द |
93304 हल्पी वि. पहिले हलब देशमा तयार भएको वा असल जातको (ऐना )।
93305 हल्पी ऐना ना. असल जातको एक प्रकारको ठुलो ऐना।
93306 हल्ल क्रि.वि. १. धेरै मानिस एकैसाथ खित्का छाडेर हाँस्ने गरी; धक फुकाएर।
93307 हल्ल क्रि.वि. २. छाद्ने वा बान्ता गर्ने गरी।
93308 हल्लखल्ल ना. चारैतिर फिँजिएको हल्ला; खलबल; हल्लाखल्ला।
93309 हल्लनटट्टी / हल्लनटट्टु / हल्लनटाट वि. १. काम न काजसँग यताउति चहारिरहने; हल्लनदास।
93310 हल्लनटट्टी / हल्लनटट्टु / हल्लनटाट वि. २. भएभरको सम्पत्ति सिद्ध्याएको; टाट उल्टेको; हरिकङ्गाल।
93311 हल्लनटट्टी / हल्लनटट्टु / हल्लनटाट वि. ३. मरन्च्याँसे; खुइटे; ज्यादै दुब्लो | ना.
93312 हल्लनटट्टी / हल्लनटट्टु / हल्लनटाट वि. ४. केही नभएको व्यक्ति; ज्यादै गरिब मानिस।
93313 हल्लनदास वि. काम न काजसित त्यसै हल्लिरहने; हल्लेरै दिन काट्ने; लखौटे।
93314 हल्लनु अ.क्रि. १. हावाको वेगले वा आफ्नै शक्तिले यताउति चल्नु; चलमलाउनु; झुल्नु; हल्लिनु।
93315 हल्लनु अ.क्रि. २. लगलग, लुगलुग, डगडग, थरथर आदि चालसित काम्नु; कम्पन हुनु।
93316 हल्लनु अ.क्रि. ३. आफ्नो ठाउँबाट डग्नु; चल्नु।
93317 हल्लनु अ.क्रि. ४. काम न काजसित यताउति हिँड्नु; लरखरिनु।
93318 हल्लनु अ.क्रि. ५. डराउनु; हप्किनु।
93319 हल्लन्ताम् वि. कामकाज नभएको; हल्लेरै दिन बिताउने; हल्लनदास।
93320 हल्ला ना. १. अलिअलि गर्दै फैलिएको वा नजानिँदो किसिमले बिस्तारै फिँजिएको राम्रो वा नराम्रो अपुष्ट खबर; अपत्यारिलो समाचार; घुइरो।
93321 हल्ला ना. २. टाढाबाट सुनिने व्यक्तिगत वा सामूहिक आवाज; चर्को स्वर।
93322 हल्ला ना. ३. धेरै जना कराएको आवाज; कोलाहल; खलबल; भाँडभैलो।
93323 हल्लाइ ना. १. हल्लने भाव, क्रिया वा प्रक्रिया | [ हल्लाउ + आइ] २ हल्लाउने भाव, क्रिया वा प्रक्रिया |
93324 हल्लाइनु क.क्रि. हल्लाउन लाइनु; यताउति चलाइनु।
93325 हल्लाउनु स.क्रि. १. यताउति चलाउनु; डोलाउनु।
93326 हल्लाउनु स.क्रि. २. कम्पन गराउनु; कँपाउनु। ३ जगाउनु। ४ झुलाउनु; मच्चाउनु।
93327 हल्लाउनु स.क्रि. ५. तर्साउनु; धम्काउनु।
93328 हल्लाउनु स.क्रि. ६. बिनसित्ति वरपर दौडाउनु।
93329 हल्लाखल्ला ना. १. चारैतिर फिँजिएको हल्ला; ठुलो हल्ला; हल्लखल्ल।
93330 हल्लाखल्ला ना. २. कोलाहल; खलबल |
93331 हल्लागुल्ला ना. हल्लीखल्ली; कोलाहल।
93332 हल्लिनु क.क्रि. यताउति चलिनु वा हिँडिनु।
93333 हल्लीखल्ली ना. ठुलो हल्ला; हल्लाखल्ला।
93334 हल्ली ना. नाट्यविद्याका अठार उपरूपकमध्ये एक भेद; नृत्यप्रधान एकाङ्की।
93335 हल्लुँड ना. हलाको हरिसमा जुवा झुन्ड्याइने छालाको डोरी; नारा |
93336 हल्लुँडे वि. १. हल्लुँडोजस्तो; बुद्धि नभएको; हलम्बू।
93337 हल्लुँडे वि. २. एक जातिको नरम खालको रुख।
93338 हल्लुँडो ना. १. भैँसी, गाई आदि पशुलाई गाली गर्दा प्रयोग गरिने शब्द | वि.
93339 हल्लुँडो ना. २. काम नलाग्ने; बेकम्मा; तनाहा।
93340 हल्ले ना. १. दुई दल भई गिरीले हानेर भकुन्डाको सीमा कटाई खेलिने एक खेल।
93341 हल्ले ना. २. त्यस खेलमा दुवै पक्षतर्फ लगाइने चिनु वा त्यसै चिनुबाट भकुन्डो छिराउने काम।
93342 हल्ले वि. हल्ला मचाउने; हल्लाबाज।
93343 हवन ना. देवकार्यमा 'स्वाहा' शब्द उच्चारण गरेर अग्निमा घिउ; चरु आदिको आहुति दिने विधान; होम; यज्ञ।
93344 हवनीय वि. १. हवन गर्न योग्य; अग्निमा आहुति दिन लायक (चरु, घिउ आदि)।
93345 हवनीय वि. २. हवन गर्न हुने वा सकिने; हव्य |
93346 हवलदार ना. हबलदार।
93347 हवलदारी ना. हबलदारी।
93348 हवस् अव्य. मान्य जनबाट कुनै काम अह्राउँदा मन्जुरी जनाएर भनिने शब्द। (उदा. हवस्, यहाँले धन्दा मान्नुपर्दैन। म छिटै आइहाल्छु)।
93349 हवा ना. हावा।
93350 हवाई वि. १. हावासँग सम्बन्धित; वायुको।