Dictionary

All Word

94801 हँकुवा वि. १. रथ; बग्गी आदि चलाउने वा हाँक्ने; हाँकिएको।
94802 हँकुवा वि. ना. २. हाँक्ने व्यक्ति; चालक।
94803 हँखी ना. सोझो गरी काठ काट्न वा चिर्न काठमा चिनु लाइने कालो रङको धागो बेर्ने सानो लट्टाई।
94804 हँगालो ना. १. जमिनको गहिरो भाग उठाउन रुखका हाँगाबिँगा छापिएको ठाउँ।
94805 हँगालो ना. २. त्यसरी छापिएका हाँगाबिँगा।
94806 हँडिक ना. रुपियाँ; पैसा वा यस्तै अन्य वस्तु केही समयका लागि सापटी लिन विश्वासका लागि दिइने वस्तु; धितो; धरोट।
94807 हँडिदो वि. १. सडेर वा बिग्रेर हरियो भावको देखिने; अमिल्चो र उग्लिएको स्वाद भएको ( पानी; मही आदि)।
94808 हँडिदो वि. २. रगत, बोसो आदिको भाग मिसिएको र हल्का रातो (पानी)।
94809 हँपाइ ना. हाँप्ने भाव, क्रिया वा प्रक्रिया।
94810 हंस ना. १. प्रायः तलाउ; पोखरी आदिमा बस्ने एक प्रसिद्ध चरो; हाँस।
94811 हंस ना. २. जीवनशक्ति; प्राण।
94812 हंस ना. ३ होस; चेतना; सुद्धी।
94813 हंस ना. ४. जीवात्मा।
94814 हंस ना. ५. परब्रह्म; ईश्वर।
94815 हंस ना. ६. विष्णुका चौबिस अवतारमध्ये एक।
94816 हंस ना. ७. सूर्य।
94817 हंस ना. ८. सन्न्यासीको एक वर्ग।
94818 हंस ना. ८. सास तान्दा 'ह' र छोड्दा 'स' गरी प्राणीले सास फेर्दा स्वतः उच्चारण गर्ने मन्त्र; अजपा मन्त्र।
94819 हंसगति ना. १. हाँसको जस्तो चाल; हाँसको जस्तो हिँडाइ।
94820 हंसगति ना. २. जीव गएर परमात्मामा लीन हुने काम; सायुज्यमुक्ति।
94821 हंसगामिनी वि. हाँसको जस्तो हिँडाइ भएकी (स्त्री)।
94822 हंसराज ना. १. रजहाँस।
94823 हंसराज ना. २. खस्रा; केही घुँगुरिएका पात र मसिना लामा डाँठ हुने; विविध रङका फूल फुल्ने तथा प्रायः पत्थरिलो जमिनमा पाइने एक पोथ्रो वा त्यसैको फूल।
94824 हंसिनी / हंसी ना. पोथी हाँस।
94825 हँसमुख वि. १. सधैँ हसिलो मुख हुने; बोलीवचनमा प्रसन्न मुद्रा भएको।
94826 हँसमुख वि. २. हँसीमजाक गर्ने; ठट्यौलो; विनोदी।
94827 हँसाइ ना. १. हाँस्ने भाव; क्रिया वा प्रक्रिया।
94828 हँसाइ ना. [ हँसाउ + आइ] २. हँसाउने भाव; क्रिया वा प्रक्रिया।
94829 हँसाइनु क.क्रि. हाँस्न लाइनु।
94830 हँसाउनु प्रे. क्रि. हाँस्न लाउनु; हाँस्ने पार्नु; हाँसो उठाउनु।
94831 हँसालु वि. हँसिलो प्रकृतिको; हाँस्ने स्वभावको।
94832 हँसिया ना. हातले बिंड समातेर घाँसपराल आदि काट्ने; टुप्पासम्म घुमेको फलामे हतियार; आँसी।
94833 हँसिलो वि. १. सधैँ हाँसिरहे झैं देखिने प्रसन्न (अनुहार )।
94834 हँसिलो वि. २. हाँस्ने प्रकृति भएको हँसमुख।
94835 हँसिलो वि. ३. हँसीठट्टा गर्ने; ठट्यौलो; विनोदप्रिय।
94836 हँसुली ना. हँसियाका आकारको प्राय: तराईतर्फका स्त्रीहरूले गलामा लगाउने सुनचाँदीको एक प्रकारको गहना।
94837 हँसुवा ना. हँसिया जस्तै घाँस, पराल काट्न प्रयोग गरिने, बिचमा भाँचिएको फलामे हतियार।
94838 हँसुवा वि. १. हँसीदिल्लगी गर्ने प्रकृतिको ठट्यौलो; मजाकी।
94839 हँसुवा वि. २. हाँसी मात्र रहने; आफू हाँस्ने र अरूलाई पनि हँसाउने।
94840 हँसेउली / हँस्यौली ना. १. हाँसो उठाउने खालको ठट्यौलो कुराकानी।
94841 हँसेउली / हँस्यौली ना. २. नभएको गफ हाँकेर आकाशपाताल जो काम ठट्टा; दिल्लगी।
94842 हँसेउली / हँस्यौली ना. ३. सानो हास्य अभिनय; प्रहसन।
94843 हँसेउली / हँस्यौली ठट्यौली ना. आपसमा गरिने हाँसो र ठट्टा हँस्यौली र ठट्यौली।
94844 हँस्यौलो वि. १. सधैँ प्रसन्न अनुहार भएको; हँसिलो।
94845 हँस्यौलो वि. २. हँसीदिल्लगी गर्ने; ठट्यौलो।
94846 हँस्यौलो वि. ना. ३. हँस्यौली।
94847 हँस्सी ना. १. हाँस्ने वा हँसाउने काम; हाँसो।
94848 हँस्सी ना. २. हाँस्नहँसाउन गरिने तथ्यहीन कुरा; दिल्लगी।
94849 हँस्सी ना. 3. अरूलाई उल्ल्याउने खालको गफ ठट्टा।
94850 हँस्सी ना. ४. उपहासपूर्ण निन्दा; बदनामी।