Dictionary

All Word

94451 स्वयम्भूत वि. आफैँ भएको; आफ्नै इच्छाले अवतीर्ण वा उत्पन्न; स्वयम्भू।
94452 स्वयम्भू लिङ्ग ना. षट्चक्रको चिन्तन गर्दा सर्वप्रथम कल्पना गरिने शिवलिङ्गका आकारको वस्तु; मूलाधार स्थानमा कल्पना गरिने लिङ्गाकार वस्तु।
94453 स्वयंसिद्ध वि. १. कुनै तर्क वा प्रमाणविना नै आफैँ सिद्ध वा ठिक भएको।
94454 स्वयंसिद्ध वि. २. अरूको सहयोग नभएरै पनि सफलता पाएको।
94455 स्वयंसिद्धि ना. सिद्ध वा प्रमाणित गरिरहन नपर्ने सिद्धान्त; सर्वमान्य सिद्धान्त वा तत्त्व।
94456 स्वयंसेवक ना. १. आफ्नै इच्छाले कुनै सेवाकार्यमा लाग्ने व्यक्ति।
94457 स्वयंसेवक ना. २. कुनै लोकहितकारी सङ्गठन वा संस्थामा अवैतनिक रूपले काम गर्ने व्यक्ति।
94458 स्वयंसेविका ना. स्वयंसेवकको स्त्रीरूप; स्त्रीस्वयंसेवक।
94459 स्वर् ना. १. देवलोक; स्वर्ग।
94460 स्वर् ना. २. परलोक ३. आकाश।
94461 स्वर ना. १. प्राणीहरूका उच्चारण अवयवहरूबाट वा एक वस्तुको अर्को वस्तुमा आघात पर्दा निस्कने कोमलता, तीव्रता, आरोहअवरोह आदिले युक्त ध्वनि; आवाज; शब्द।
94462 स्वर ना. २. ध्वनिका स्वरवर्णमध्ये पहिलोचाहिँ (अ, आ, इ, इ.)।
94463 स्वर ना. ३. सङ्गीतमा निश्चित गरिएका सात ध्वनि वा सुर (षड्ज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, धैवत र निषाद)।
94464 स्वर ना. ४. वेदपाठका सन्दर्भमा उदात्त, अनुदात्त र स्वरित नामक तीन प्रकारका हुने शब्दको उतारचढाउ।
94465 स्वर ना. ५. सास लिने बेला नाकबाट निस्कने वायुका कारणबाट उत्पन्न हुने शब्द।
94466 स्वर ना. ६. आकाश।
94467 स्वरग्राम ना. सङ्गीतमा 'सा' देखि 'नि' सम्मका सात स्वरहरूको समूह; स्वर-सप्तक।
94468 स्वरचिम्टी ना. श्वासप्रश्वास खुल्दै बन्द हुँदै गर्ने र स्वर प्रस्फुटित गराउने, फोक्साका मुखमा रहेको ओठका आकारको चेप।
94469 स्वरतन्त्री ना. कण्ठपेटारीभित्र रहेको स्वर वा आवाज निकाल्न सघाउ पुऱ्याउने सूत्रका आकारको अङ्ग; स्वरनली।
94470 स्वरनली ना. स्वरतन्त्री।
94471 स्वरपात ना. शब्दको उच्चारण गर्दा कुनै स्वर वा अक्षरमा पर्न जाने रोकावट; उच्चारण गर्दा शब्दको बिचमा पर्ने यति वा विराम।
94472 स्वरप्रसारण ना. बोल्दा वा सस्वर पढ्दा आवाजको उतारचढाउ हुने प्रक्रिया।
94473 स्वरभङ्ग ना. १. कुनै कारणले स्वर सुक्ने वा गला बस्ने काम।
94474 स्वरभङ्ग ना. २. उच्चारणमा हुने बाधा वा अस्पष्टता।
94475 स्वरभङ्ग ना. ३. साहित्यमा हर्ष, भय, क्रोध, मद आदिले घाँटी रोकिएर एक थोक भन्नुपर्नेमा मुखबाट अर्कै थोक निस्कने प्रक्रिया।
94476 स्वर मधुरिमा ना. स्वरको मिठास; गलाको माधुर्य।
94477 स्वरयन्त्र ना. स्वरको उच्चारणमा सहायता पुऱ्याउने वा प्रयत्न गर्ने घाँटीभित्रको एक अवयव; कण्ठनली।
94478 स्वरलहरी ना. १. सङ्गीतमा तीव्र उतारचढाउ आदि स्वरहरूको लहर वा तरङ्ग।
94479 स्वरलहरी ना. २. सङ्गीतमा केही समयसम्म एकै रूपमा हुने झङ्कार वा आलाप।
94480 स्वरलिपि ना. गीत, लय, राग, तान आदिमा आउने सबै स्वरको सङ्केत गर्ने चिह्नसहितको क्रमबद्ध लेख (नोटेसन)।
94481 स्वरवास ना. १. आयुर्वेदअनुसार बिरुवा वा बुटीका पात, जरो, बोक्रो, फल र फूलसमेत मिलाएर कुटी निचोरेर निकालिएको झोल।
94482 स्वरवास ना. २. कुनै चिजको आफ्नै प्राकृतिक रस।
94483 स्वरसङ्गति ना. सँगै रहेका विषम स्वरमध्ये अगिल्लो र पछिल्लो स्वर समानरूपका बन्ने गरी हुने मेल (जस्तै- ढिकुटी = ढुकुटी, जान्छ = आन्छ आदि)।
94484 स्वरसङ्गीत ना. सुन्दा मधुर लाग्ने र मुखैले गाएर मात्र पनि मिठो हुने गी।
94485 स्वरसन्धान ना. ध्वनिनियमअनुसार स्वर मिलाउने वा स्वरलाई सङ्गतिपूर्ण बनाउने काम।
94486 स्वरसप्तक ना. सङ्गीतका सात स्वरहरूको समुदाय, सा, रे, ग, म, प, ध, नि सात स्वरहरूको सप्तक।
94487 स्वरागम ना. शब्दका आदि, मध्य र अन्त्य कुनै ठाउँमा स्वर थपिई ध्वनिपरिवर्तन हुने प्रक्रिया (जस्तै- कर्म=करम, बक्स- बाक्स आदि)।
94488 स्वराघात ना. ध्वनिको उच्चारण हुँदा स्वरमा बढी आघात हुने प्रक्रिया; बोल्दा वा सस्वर पढ्दा स्वरवर्णमा पर्ने जोड वा बल।
94489 स्वराज्य ना. १. विदेशी शासकको दबाउ वा पन्जाबाट छुटेर आफ्नै देशका जनतामा आएको र चलेको कुनै देशको शासनसत्ता; त्यस्तो शासनसत्ता प्राप्त गरेको स्वाधीन देश।
94490 स्वराज्य ना. २. आफ्नो देश; आफ्नो राज्य।
94491 स्वरान्तर ना. दुई स्वरका उच्चारणका बिचको अन्तर वा विश्राम।
94492 स्वरित ना. १. स्वर भएको वा निस्केको; स्वरयुक्त (अक्षर वा वर्ण)।
94493 स्वरित ना. २. टड्कालो, राम्रो र मिठो स्वर भएको।
94494 स्वरूप ना. १. जुनसुकै विषय वा वस्तुको आकार, आकृति।
94495 स्वरूप ना. २. अनुहार, मुख।
94496 स्वरूप ना. ३. वस्तुमा रहने आफ्नो स्वभाव।
94497 स्वरूप ना. वि. ४. साह्रै राम्रो; अति सुन्दर।
94498 स्वरूप ना. ५ समान; तुल्य।
94499 स्वरूप ना. क्रि.वि. ६. किसिमले; तवरसँग; रूपमा।
94500 स्वरूपवान् वि. सुन्दर रूप भएको; खुब राम्रो।