Dictionary

All Word

94301 स्रष्टा ना. ४. शिव।
94302 स्राव ना. १. जीवजन्तु तथा रुखबिरुवाका भित्री अङ्गबाट निस्कने वा चुहने पानी, तेल र रगतजस्तो तरल वस्तु।
94303 स्राव ना. २. गर्भस्राव; गर्भपा।
94304 स्राव ना. ३. निर्यास; रस।
94305 स्रावक वि. स्राव गर्ने; चुहाउने।
94306 स्रावित वि. स्रावका रूपमा चुहाइएको वा निकालिएको।
94307 स्रुत वि. १. रसाएर निस्केको, चुहेको।
94308 स्रुत वि. २. बगेको, प्रवाहि।
94309 स्रुव/स्रुवा ना. खयरका काठबाट बनाइएको डाडुका आकारको, यज्ञमा घिउ हवन गरिने साधन, सुरो।
94310 स्रेस्ता ना. अड्डाअदालतको नियमपूर्वकको लेखापढी तथा हरहिसाब आदि राख्ने स्याहा वा बही।
94311 स्रेस्ता अदालत ना. न्यायिक कार्यबाहेकको प्रशासनिक कार्य गर्ने अदालत, स्रेस्तासम्बन्धी काम गर्ने अदालत |
94312 स्रेस्तादार वि. १. स्रेस्ताको काम गर्ने, स्रेस्ता जान्ने, स्रेस्तामा निपुण।
94313 स्रेस्तादार वि. ना. २. त्यस्तो व्यक्ति।
94314 स्रेस्ता पाठशाला ना. नेपालमा निजामती सेवामा जाने व्यक्तिलाई ऐनस्रेस्तासम्बन्धी प्रशिक्षण दिनका लागि वि. सं. १९६२ सालतिर खुलेको पाठशाला |
94315 स्रेस्ता प्रणाली ना. वैज्ञानिक ढङ्गले स्रेस्ता गर्ने र स्रेस्ताका कागतपत्र राख्ने नयाँ तरिका वा ढङ्ग |
94316 स्रेस्ता शिक्षा ना. ऐनस्रेस्तासम्बन्धी शिक्षा |
94317 स्रेस्तेदार वि. / ना. स्रेस्तादार |
94318 स्रोत ना. १. पानीको प्रवाह वा धारा, पानीको बहाइ।
94319 स्रोत ना. २. नदीको मुहान।
94320 स्रोत ना. ३. झरना; छहरा।
94321 स्रोत ना. ४. कुनै कामकुरा हुन वा पुस्टिन सक्ने बलियो आधार; सोर्स।
94322 स्रोत ना. ५. वंशपरम्परा।
94323 स्रोतस्विनी ना. १. नदी; खोलो।
94324 स्रोतस्विनी ना. २. धारा; प्रवाह |
94325 स्लिपर ना. १. रेलमार्गमा लिकभन्दा मनि बिछ्याइने मोटामोटा काठ।
94326 स्लिपर ना. २. रबरका चप्पल; हवाई चप्पल |
94327 स्लेट ना. सिलेट।
94328 स्व वि. १. निजी, आफ्नो आफ्नो वर्ग वा जातको; आफन्त (समस्त पदका आरम्भमा, जस्तो स्वदेश, स्वतन्त्र, स्वजन इ.)।
94329 स्व वि. २. आफैआफ हुने वा भएको जस्तो स्वचालित, स्वनियन्त्रित इ.)।
94330 स्व वि. प. स. ३. केही शब्दका अन्तमा लागेर भाववाचकता वा धन, अस्तित्व आदिका प्राप्तिको अर्थ दिने एक रूप (जस्तो- निजस्व, परस्व, धर्मस्व, राजस्व इ. ) |
94331 स्व वि. ना. ४. दाजुभाइ, गोती, बन्धु।
94332 स्व वि. ५. सम्बन्धी; ज्ञाति।
94333 स्व वि. सर्व. ६. स्वयम्; आफैँ।
94334 स्वः ना. १. आकाश; व्योम।
94335 स्वः ना. २. देवलोक; स्वर्ग।
94336 स्वकीय वि. आफ्नो व्यक्तिगत; निजी।
94337 स्वकीय सचिव ना. राजा, राष्ट्रपति आदिको व्यक्तिगत वा आन्तरिक प्रबन्धसम्बन्धी कार्य गर्ने सचिव।
94338 स्वकीया ना. १. आफ्नी पत्नी; विवाहिता पत्नी।
94339 स्वकीया ना. २. साहित्यमा सरल प्रकृतिकी, विनययुक्त, गार्हस्थ्य चलाउने र पतिव्रता गुण भएकी नायिका।
94340 स्वकीया ना. विप. परकीया।
94341 स्वख्यापन ना. आफ्नो प्रशंसा आफैले बखान्ने काम; आत्मप्रशंसा; आत्मश्लाघा।
94342 स्वगत वि. १. आफैँमा मात्र सीमित; मनमनमा आएको वा रहेको।
94343 स्वगत वि. क्रि.वि. २. आफैँआफ; स्वतः।
94344 स्वगत कथन ना. नाटकहरूमा पात्रले आफ्नो मनको कुरा अरूले नसुने झैँ गरी एक्लै गुनगुन गरेर दर्शकतिर हेर्दै भन्ने संवादको एक शैली, अश्राव्य।
94345 स्वचालक वि. स्वचालन हुने; स्वयं चल्ने वा यन्त्र आदिलाई चलाउने।
94346 स्वचालन ना. कुनै विशिष्ट प्रक्रियाविना सामान्य साधन वा कलपुर्जा, दम आदिका सहायताले नै आफैँ चल्ने वा यन्त्र आदि चलाउने काम; स्वयं सञ्चालन हुने प्रक्रिया |
94347 स्वचालित वि. कलपुर्जा, दम आदिले नै आफै सञ्चालित हुने तथा आवश्यक काम गर्न थाल्ने।
94348 स्वचालित यन्त्र ना. आफै चल्ने यन्त्र वा मिसिन।
94349 स्वच्छ वि. १. कुनै प्रकारको फोहरमैला वा दूषित तत्त्व नभएको; निर्मल; सफा।
94350 स्वच्छ वि. २. शुद्ध; पवित्र; निष्कलङ्क।