Dictionary

All Word

94401 स्वनिमविज्ञान स्वनिम वा वर्णको वैज्ञानिक अध्ययन गर्ने शास्त्र; वर्णविज्ञान; फोनोलजी/फोनेमिक्स।
94402 स्वपक्ष ना. आफ्नो पक्ष वा समर्थक; तरफदार।
94403 स्वपक्ष ना. विप. विपक्ष।
94404 स्वपक्षत्यागी वि. आफ्नो पूर्वविचार, सिद्धान्त, दल आदिको त्याग गर्ने (व्यक्ति)।
94405 स्वपक्षी वि. स्वपक्षको; स्वपक्षसम्बन्धी।
94406 स्वपक्षी वि. विप. विपक्षी।
94407 स्वप्न ना. १. सपना।
94408 स्वप्न ना. २. निद्रा; निद।
94409 स्वप्न ना. ३. सहजै पूरा नहुने तथा काल्पनिक किसिमको ठुलो काम, योजना वा विचार।
94410 स्वप्नदोष ना. कुनै सपना देखेको वेला वीर्यपात हुने एक प्रकारको रोग वा अवस्था।
94411 स्वप्नद्रष्टा वि. १. स्वप्न देख्ने।
94412 स्वप्नद्रष्टा वि. २. कल्पनाको आकाशमा रमाउने।
94413 स्वप्नालु वि. स्वप्न देखिरहेको; निद्रालु।
94414 स्वप्नावस्था ना. १. स्वप्न देखिने अवस्था।
94415 स्वप्नावस्था ना. २. धार्मिक क्षेत्रमा लाक्षणिक रूपले स्वप्न जस्तै अवास्तविक वा निस्सार मानिने सांसारिक जीवन।
94416 स्वप्निल वि. १. सपनासम्बन्धी; सपनाको २. स्वप्नाको रूपमा हुने वा स्वप्नसमान देखिने।
94417 स्वप्निल वि. ३. सुतेको, निदाएको।
94418 स्वभाव ना. आफ्नो वा निजी भाव।
94419 स्वभाव ना. २. प्राणी वा पदार्थमा सधैँ एकनासले रहने, जन्मजात तथा प्राकृतिक गुण वा विशेषता, सहज वा स्वाभाविक प्रकृति।
94420 स्वभाव ना. ३. आनीबानी, चालचलन, आद।
94421 स्वभाव ना. ४. मानसिक प्रवृत्ति, मिजास।
94422 स्वभावत: क्रि.वि. स्वभावको फलस्वरूप; स्वभावैले; प्रकृतिले नै।
94423 स्वभावसिद्ध वि. विशेष मिहिनेत गर्नेै नपर्ने; स्वभावैले सिद्ध हुने; स्वाभाविक; सहज; प्राकृतिक।
94424 स्वभावोक्ति ना. १. साहित्यमा वस्तु वा विषयको स्वभावलाई यथावत् रूपमा वर्णन गर्दा पर्ने एक अलङ्कार।
94425 स्वभावोक्ति ना. २. जस्ताको तस्तै भन्ने काम; यथार्थ कथन।
94426 स्वमत ना. १. आफ्नो राय; आफ्नो निर्णय।
94427 स्वमत ना. २. स्वपक्षको बारेमा निर्णय गर्ने मत वा विचार।
94428 स्वयंवर ना. १. कन्याले आफूलाई मन पर्ने वर स्वयं रोजेर वरण गर्ने एक रीति वा विधान।
94429 स्वयंवर ना. २. विवाह हुनुअगाडि कन्याक घरमा अथवा देवस्थलमा गई वर-कन्या दुवैबाट माला, औँठी आदि लगाएर विधिपूर्वक कन्याद्वारा गराइने वरको वरण।
94430 स्वयंवरा ना. आफ्नो वर आफैँले छान्ने कन्या; पतिंवरा।
94431 स्वयमेव क्रि.वि. आफू नै; स्वयम्; आफैँ।
94432 स्वयम् क्रि.वि. १. आफू नै; आफैँ आफैँआफ (जस्तो- म स्वयम्, ऊ स्वयम्, तिमी स्वयम् इ.)।
94433 स्वयम् क्रि.वि. वि. २. आफैआफ सबै काम गर्ने वा हुने (जस्तो- स्वयंसिद्ध, स्वयंचालित आदि)।
94434 स्वयम् क्रि.वि. सर्व. ३. आफू।
94435 स्वयम् दूत ना. साहित्यमा आफैँ दूत बन्ने अर्थात् आफ्नो प्रेम आफैँ प्रकट गर्ने नायक।
94436 स्वयम् दूतिका / दूती ना. आफ्नो सन्देश आफैँ लिएर नायककहाँ गई प्रेम प्रकट गर्ने परकीया नायिका।
94437 स्वयम्पाक ना. आफूलाई चाहिने भोजन आफैँ पकाउने काम; आफैँले पकाईतुल्याई गरिएको खाद्य वस्तु।
94438 स्वयम्पाकी वि. १. आफूले खाने कुरा आफैँ पकाएर खाने।
94439 स्वयम्पाकी वि. २. धार्मिक दृष्टिअनुसार आफूले पकाएको मात्र खाने अरूले पकाएको नखाने नियममा रहेको (व्यक्ति)।
94440 स्वयम्पाकी वि. ३. आफैँ पाक्ने।
94441 स्वयम्भुव ना. १. आदि मनु।
94442 स्वयम्भुव ना. २. सृष्टिकर्ता ब्रह्मा।
94443 स्वयम्भुव ना. ३. शिव; महादेव।
94444 स्वयम्भू वि. १. आफै उत्पत्ति भएको; स्वतः उत्पन्न।
94445 स्वयम्भू वि. ना. २. ब्रह्मा।
94446 स्वयम्भू वि. ३. विष्णु।
94447 स्वयम्भू वि. ४. शिव।
94448 स्वयम्भू वि. ५. कामदेव।
94449 स्वयम्भू वि. ६. काल।
94450 स्वयम्भू वि. ७. काठमाडौँ नगरको पश्चिमपट्टिको गोपुच्छ पर्वतमा अवस्थित एक प्रसिद्ध बौद्ध चैत्य।