Dictionary

All Word

94251 हुक्का ना. नरिवल, धातु आदिका भाँडामा सुमेरु घुसारिएको, धुवाँ पानीमा छानिएर आउने खालको, तमाखु खाने साधन।
94252 हुक्के वि. राजामहाराजा र धनीमानीका घरमा तमाखु भरी खुवाउन नियुक्त भएको व्यक्ति वा नोकर)।
94253 हुक्रनु अ.क्रि. १. चर्को डाँकोले कराई हप्काउनु; हकार्नु।
94254 हुक्रनु अ.क्रि. २. साँढे कराउनु; क्रनु।
94255 हुक्राइ ना. हुक्रने भाव, क्रिया वा प्रक्रिया।
94256 हुक्रिनु अ.क्रि. हकारिनु।
94257 हुङ्कार ना. १. कुनै व्यक्तिलाई हप्काउन वा तर्साउन गरिने 'हूँ' शब्द; हप्की गर्ने शब्द।
94258 हुङ्कार ना. २. घमन्डसाथ चिच्याउने काम; गर्जन ।
94259 हुङ्कार ना. ३. हाँक; ललकार।
94260 हुङ्कार ना. ४. धनुको आवाज; टङ्कार।
94261 हुचिल ना. लाटोकोसेराका अनुहारको ठुलो चरो; गुहे चिल।
94262 हुच्च क्रि.वि. उत्तानो हात गरेर वेगसित कुनै वस्तु हुत्याउने गरी; हुत्त।
94263 हुच्चनु स.क्रि. १. दुवै हात उत्तानो पारेर कुनै वस्तु मिल्काउनु; हुत्त्याउनु।
94264 हुच्चनु स.क्रि. २. कुनै चिजलाई लट्ठी; डन्डी आदिले मिल्काउनु; हुच्चिनु।
94265 हुच्चनु स.क्रि. ३. पैसाको निसान गरेर खोपी खेल्नु।
94266 हुच्चन्ती ना. डन्डीबियोको खेलमा बियो हुच्चने लट्ठी; डन्डी।
94267 हुच्चिनु स.क्रि. हुच्चनु।
94268 हुच्ची ना. कतै जान वा कुनै काम गर्नका लागि अरूलाई उल्क्याउने वा उराल्ने चाल।
94269 हुच्च्याइ ना. हुच्चिने भाव, क्रिया वा प्रक्रिया।
94270 हुज्जत ना. १. व्यर्थको बहस; नचाहिँदो तर्क; विवाद ।
94271 हुज्जत ना. २. झगडा; कचिङ्गल; दगलफसल।
94272 हुज्जत ना. 3. दङ्गा; मारपिट ।
94273 हुज्जती वि. नचाहिने कुरामा कचिङ्गल गर्ने; झगडालु।
94274 हुटहुटी ना. उत्साह दिँदै हतार गराउने काम; उत्साह; प्रेरणा ।
94275 हुटिट्याउँ ना. लामा खुट्टा, छोटो पुच्छर, कालो चुच्चो र खैरो पिठ्यूँ हुने, जलाशयका नजिकमा रहने एक चरो।
94276 हुडुक्क ना. डमरुका आकारको एक किसिमको ठुलो बाजा।
94277 हुड्का ना. डमरु जस्तै तर केही लामो, बायाँ हातमा च्यापी दाहिने हातका औँलाले बजाइने, सुदूर पश्चिमाञ्चलका पहाड र तराईतिर, हुड्केहरूले भारत तथा कर्खा गाउँदा र अन्य स्थलमा दुसाद र डुमहरूले पनि प्रयोग गर्ने एक तालबाजा।
94278 हुड्के ना. हुड्का बजाउने व्यक्ति वा वर्ग।
94279 हुड्केली ना. पश्चिम नेपालमा प्रचलित दमाईं जातिले नाच्ने र गाउने लोकनृत्य एवं गीत।
94280 हुड्को ना. हुड्केली गीतमा प्रचलित डमरुजस्तो सानो र दुईतिर फुकेको, हातले बजाइने बाजा; हुड्का।
94281 हुत वि. हवन गरिएको; आहुतिका रूपमा अग्निमा हालिएको होमिएको।
94282 हुतहुत क्रि.वि. धमाधम फाल्ने वा मिल्काउने गरी।
94283 हुतहुती क्रि.वि. अझै छिटो हुतहुत पारेर।
94284 हुताशन ना. अग्नि; आगो।
94285 हुती ना. कुनै काम गर्ने उत्साह; ह्याउ; हिम्मत; आँट।
94286 हुतीकार ना. हुती भएको।
94287 हुतीहारा वि. हुती वा हिम्मत नभएको; हिम्मतहारा।
94288 हुत्त क्रि.वि. १. हुत्त्याउने वा मिल्काउने गरी; खुत्त।
94289 हुत्त क्रि.वि. २. छिटो गरी निस्कने वा पस्ने चालले। सात. हुतुतुतु।
94290 हुत्तिनु अ.क्रि. जोडसित एकातिर घचेटिनु; हुत्त फ्याँकिनु; फालिनु।
94291 हुद्दा ना. सेनामा सिपाहीभन्दा माथिल्लो एक ओहदा; हवलदार।
94292 हुद्दा कर्मचारी ना. हवलदार क्लर्क ।
94293 हुनसम्मको वि. सम्भव भएसम्मको; ज्यादै; हुनिविघ्न ।
94294 हुनहुन क्रि.वि. खोलो बगेको वा भमरा; माहुरी आदि कराएको जस्तो शब्द आउने गरी।
94295 हुनहुनाइ ना. हुनहुन आवाज निकाल्ने भाव, क्रिया वा प्रक्रिया।
94296 हुनहुनाइनु अ.क्रि. झिँगा, भमरा आदि भन्किनु।
94297 हुनहुनाउनु अ.क्रि. १. भमरो, माहुरी आदि किरा कराउनु; हुनहुन आवाज गर्नु।
94298 हुनहुनाउनु अ.क्रि. २. खोला आदि वेगसित सुसाउनु।
94299 हुनहुनाउनु अ.क्रि. ३. झिँगा भन्कनु।
94300 हुनहुनाहट ना. हुनहुनाउने भाव, अवस्था वा क्रियाप्रक्रिया; हुनहुनाइ।