Dictionary

All Word

51 अँजुल्नु स.क्रि. २. कुनै वस्तु अँजुलीमा भर्नु।
52 अँजुल्नु स.क्रि. ३ दुइटा पसर जोड्नु; अँजुली पार्नु।
53 अँजुली जोड्नु टु. बिन्तीभाउ गर्नु।
54 अँजुली थाप्नु टु. नेहोरा गरी माग्नु।
55 अँजुली दिनु टु. मृत्युसंस्कारअन्तर्गत मरेका व्यक्तिको सम्झनामा अँजुलीभरि तिलकुशसहित पानी दिनु।
56 अँटाइ ना. आँट्ने काम वा प्रक्रिया।
57 अँठिनु अ.क्रि. १. अर्काको पन्जाभित्र पुग्नु; परवश हुनु।
58 अँठिनु अ.क्रि. २. कुनै बन्धनले च्यापिनु, कसिनु वा मस्किनु।
59 अँठिया ना. गुदीमा मरिचजस्ता काला दाना र बोक्रामा कपासको बियाँमा हुने जस्तो झुस लाग्ने एक जातको केरा।
60 अँठ्याइ ना. अँठ्याउने क्रिया वा प्रक्रिया।
61 अँठ्याइनु क.क्रि. अँठ्याउने काम गरिनु; करेपिनु।
62 अँठ्याउनु स.क्रि. १. नउम्कने गरी दह्रोसँग समाउनु; जोडले निचोर्नु वा थिच्नु।
63 अँठ्याउनु स.क्रि. (उदा.- भाइचाले साथीको घोक्रो अँठ्यायो।) २. अरू कसैलाई आफ्नो पन्जामा पार्नु; करेप्नु (उदा.- दाजुले कुरामा अँठ्‌याएकाले उनी केही बोल्न सकेनन् )।
64 अँडि(डी)र ना. कथ्य. अँडिल।
65 अँडि(डी)र ना. १. सातकुने पात भएको, झुप्पामा फल फल्ने, रातो वा सेतो डाँठ भएको, फलबाट तेल निकालिने र पातचाहिँ रेसमका किरालाई खुवाइने एक जातको बोट।
66 अँडि(डी)र ना. २. त्यसै वनस्पतिको फल।
67 अँडि(डी)र ना. (यस फलको तेल जुलाफका निम्ति प्रयोग गरिन्छ।)।
68 अँडुवा वि. १. जहरवात भई वा स्वतः ठुला आँडा हुने; ठुलो अण्डकोष भएको; आँडावाल; आँडे।
69 अँडुवा वि. २. खसी नपारेको; नसुमरेको (साँढे, बहर, बोको, घोडो आदि)।
70 अँडेरी , अँडेल [ना.] ‘अँडीर’ को अपभ्रंश शब्द l।
71 अँत हो त l अनि l अँ त नि l।
72 अँतनि [अव्यय.] पूर्ण समर्थन र जोड दिँदाको अव्ययवाची शानदा l अँ त l हो त l हो त नि l त भन्या l।
73 अँतेर्नु स.क्रि. १. कसैलाई लखेट्तै छेक्तै लगी भित्तो, कुनुवा अप्ठ्यारोमा पुयाई वशमा पार्नु; कसैलाई लडाई शरीरका खास खास भागमा घुँडाले टेकी हलचल गर्न नदिई कायल पार्नु।
74 अँतेर्नु स.क्रि. २. यातना दिई अत्याउनु।
75 अँतेराइ ना. अँतेर्ने भाव, क्रिया वा प्रक्रिया।
76 अँतेरिनु अ.क्रि. अँतेर्ने काम गरिनु; अँचेटिनु।
77 अँधेर ना. प्रकाशको अभावमा वस्तुको यथार्थ ज्ञान नभए जस्तै समाजमा वा राज्यमा विवेक विचारशून्य भई अन्धकार भएको अवस्था; न्यायनिसाफ हुन नसकेको र कर्तव्य अकर्तव्य वा असलखराबको छ्यानविचार नभई जथाभाबी भएको स्थिति; विभिन्न प्रकारले भएको अन्धकारको व्याप्ति; दृष्टिविहीनता; अन्धेर (उदा.- यहाँ दिउँसै अँधेर भयो। यस्तो अँधेर सहन सकिँदैन।)।
78 अँधेर ना. वि. २. अँधेरो; अन्धकार।
79 अँधेरी ना. १. सधिएका हात्ती, घोडा आदिको आँखामा लगाइने पर्दा।
80 अँधेरी ना. वि. २. कृष्णपक्षको; कालो; घाम नछिरी अँध्यारो हुने (अँधेरी रात, अँधेरी खोला, अँधेरी पाखा, अँधेरी वन इ.)।
81 अँधेरो ना. / वि. अन्धकार; अँध्यारो।
82 अँध्यार ना. / वि. अँध्यारो।
83 अँध्यार खाउडे/खाउडो वि. अँध्यारमुखे।
84 अँध्यारमुखे वि. अँध्यारो मुख भएको वा अँध्यारो मुख लाउने; घोसे।
85 अँध्याराको जँघार टु. भेउ नपाई गरिएको काम।
86 अँन्ध्यरिनु क्रि. अन्धकार हुनु l अँध्यारो हुनु l अन्यायमा पर्नु l पतनतिर लग्नु l।
87 अँध्यारी वि. अँध्यारो l औंसी पक्षको (रात) l कृष्णपक्षको l।
88 अँध्यारो ना. १. प्रकाशको अभाव; उज्यालाको अभाव; मलिनता।
89 अँध्यारो ना. वि. २. उज्यालो नभएको; निस्तेज; उज्जर नभएको; मड्किलो।
90 अँध्यारो ना. (उदा.- अँध्यारो मुख लाउनु; मन अँध्यारो हुनु; यो लुगाको रङ अँध्यारो छ इ )।
91 अँध्यारो ना. ) अँध्याराको काम, खोलाको गीत (उखान)।
92 अँ नाइँ अव्यय. विरोध दर्साउँदा प्रयोग हुने शब्द l अँ होइन l अँ हुन्न l।
93 अँप ना. १. मर्दापर्दा दान गरिने अम्खोराको आकारको भाँडो।
94 अँप ना. २. माटाको भाँडो।
95 अँहँ अव्यय. नाईं l थाहा छैन l कुन्नि l जान्दिनँ l के थाहा पाउँ र l भन्दिनँ l होइन आदि निषेधार्थ बुझाउने शब्द l।
96 अँ हुन्न अव्यय. नाइँ वा हुदैँ हुन्न वा किन हुन्न भनी विरोध दर्साउन प्रयोग हुने संयुक्त अव्ययधर्मी शब्द l अँ नाइँ l अँ हो l।
97 अँ हो अव्यय. समर्थन वा स्वीकृति दर्साउन प्रयोग हुने शब्द l हो त l पूरा विरोध दर्साउन प्रयोग हुने शब्द l अँ नाइँ l हुँदै होइन l अँ होइन l।
98 अँ होइन अव्यय. हुदै होइन वा पक्कै होलाको भाव बुझाउने अव्यय l अँ हो l।
99 अं देवनागरी वर्णमालाको पन्ध्रौँ स्वरवर्ण l संस्कृत-व्याकरणअनुसार स्वरवर्णको क्रममा आठौँ गुरुवर्ण l दशौँ स्वरवर्ण मानिएको र नेपाली दीर्घ अक्षरको रूपमा उच्चारित हुने अंकार l अच् वर्णमा क्रमले पन्ध्रौँ स्थानी अक्षर भए पनि ‘अं’ उच्चारणसित ‘अ+म्’ पवर्गीय अनुनासिक व्यञ्जनको समावेश हुन जान्छ l स्वरवर्णको आदिम अक्षर ‘अ’ कै अन्तर्गत व्यंजन-मिश्रित ‘अं’ को धारणा बस्ने हुँदा सोको प्रतिनिधित्व गर्ने सांकेतिक लेख्यचिन्ह वा लिपिचिन्ह l।
100 अं ने.अं./अव्य. अंकार l थोरै l केही l अल्पमात्रामा l शीघ्रता l चाँडोपना l (यस अंकार अक्षरको स्वरभाग छुट्टयाई शेष ‘म्’ भाग चाहिँ व्यञ्जन मानिएको र ‘म्’ कै वर्ग पवर्गमा ‘म्’ वा अनुस्वार हुने हुँदा अन्यत्र भने पछिल्ला वर्णकै वर्गीय अनुनासिक उच्चारणको रूपमा गृहीत देखिन्छ l कवर्गमा- अङ्क, अङ्खट, अङ्ग l चवर्गमा- अञ्चल, अञ्जन l टवर्गमा- अण्टसण्ट, अण्ड l तवर्गमा- अन्त, अन्दाज, अन्ध, अन्न l पवर्गमा- अम्ब (अंब), अम्भर (अंभर), अम्मर (अम्बर) l अन्तस्थ वर्णमा –अम्य, अम्र, अम्ल l ऊष्म वर्णमा –अंश (अंष), अंस र सामान्यतया अर्ध नकार (न्, न) कै प्रयोग प्रचलित देखिन्छ l यस अतिरिक्त मुद्रण-सुगमताअनुसार प्राय: प्रयोग पाइन्छ) l [न.] परब्रह्म, परमात्मा, विन्दुमात्र देखिने अनुनासिक वर्ण, पंचशस्वर l।