Dictionary

All Word

97101 ह्वालालाला क्रि.वि. ठुलो धारा छुटेर पानी आदि तरल पदार्थ बग्ने; पोखिने वा त्यसो हुँदा शब्द निस्कने गरी नरोकिई बाढी आउने चालसि।
97102 ह्वाल्ल क्रि.वि. पानी; दुध आदि पन्यालो पदार्थ एक्कासि सबै पोखिने गरी।
97103 ह्वासहवास क्रि.वि. १. नराम्रो गन्ध आउने गरी; हरक चल्ने किसिमले।
97104 ह्वासहवास क्रि.वि. २. उक्सने; फुल्ने वा चाँडै बढ्ने गरी।
97105 ह्वासहवास क्रि.वि. ३. विचार नगरी काम गर्ने; बोल्ने वा घरमा पस्ने गरी।
97106 ह्वासहवास क्रि.वि. ४. भासिने फरक किसिमले।
97107 ह्वासह्वासती/ह्वासह्वासी क्रि.वि. हवासहवासको क्रम अझै बढेर।
97108 ह्वास्स क्रि.वि. १. अपर्झट दुर्गन्ध; हरक; बाफ आदि आउने गरी।
97109 ह्वास्स क्रि.वि. २. जमिन भत्केर खस्ने वा भासिने चालले।
97110 ह्वास्स क्रि.वि. ३. एकाएक उक्सने; फुल्ने वा बढ्ने गरेर।
97111 ह्वास्स क्रि.वि. ४. पानी आदि तताएको पदार्थ ताप पुगेर उम्लने गरी।
97112 ह्विस्की ना. उखु वा जौ आदि अन्नबाट बन्ने एक किसिमको रक्सी |
97113 ह्वेल ना. पृथ्वीमा पाइएका जीवहरूमध्ये सबभन्दा ठुलो; अनेक जाति वा भेद हुने; स्तनपायी जन्तु; सबैभन्दा ठुलो माछो; राघव।