Dictionary

All Word

96651 हुर्काइनु क.क्रि. हुर्कने पारिनु।
96652 हुर्काउनु प्रे. क्रि. हुर्कने पार्नु।
96653 हुर्किनु अ.क्रि. जवान होइन; हुर्कनु।
96654 हुई ना. हुर्किने भाव; क्रिया वा प्रक्रिया।
96655 हुयहट ना. हुर्किने भाव; अवस्था वा क्रियाप्रक्रिया; हुर्क्याइ।
96656 हुर्दुङ्ग ना. १. ठुलो हल्ला र दङ्गा; कोलाहल।
96657 हुर्दुङ्ग ना. २. जथाभावी खर्च गर्ने काम।
96658 हुर्दुङ्गो वि. १. जथाभावी पैसा खर्च गर्ने; फजुलमा धेरै खर्च गर्ने।
96659 हुर्दुङ्गो वि. २. हडबडे; हतपते।
96660 हुर्दुङ्ग्याहा वि. हुर्दुगे।
96661 हुर्दुराइ ना. हुर्दुराउने भाव; क्रिया वा प्रक्रिया।
96662 हुर्दुराइनु अ.क्रि. हडबडाइनु।
96663 हुर्दुराउँदो वि. १. निकै वेगसित दौडने खालको; छिटोछिटो हिँड्ने।
96664 हुर्दुराउँदो वि. २. कामकुरा राम्रोसँग नटुङ्ग्याउने; हतपते।
96665 हुर्दुराउनु अ.क्रि. १. हडबडाउनु; आत्तिनु।
96666 हुर्दुराउनु अ.क्रि. २. चाँडोचाँडो दौडन; दगुर्नु।
96667 हुर्दुराउनु अ.क्रि. ३. चटारिनु; हुर्दुरिनु।
96668 हुर्दुरिनु क.क्रि. हुर्दुराउने काम गरिनु।
96669 हुदुरे वि. हुर्दुराउने; हडबडे; हतपते।
96670 हुर्दुइ ना. हुर्दुरिने भाव; क्रिया वा प्रक्रिया।
96671 हुर्मत ना. १. इज्जत; प्रतिष्ठा; आबरु।
96672 हुर्मत ना. २. मान; गौरव।
96673 हुर्मतहारा वि. हुर्मत नभएको; बेइज्जती; नामर्द; हुतीहारा।
96674 हुई ना. १. हुर्रिने भाव; क्रिया वा प्रक्रिया |
96675 हुई ना. [हुऱ्याउ+याइ] २. ना. हुऱ्याउने भाव; क्रिया वा प्रक्रिया |
96676 हुइनु क.क्रि. वेगसित फालिनु।
96677 हुऱ्याउनु स.क्रि. वेगसित फ्याँक्नु; हुर्र मिल्काउनु; हुत्त्याउनु हुच्चनु।
96678 हुर्हुर क्रि.वि. ज्वालाका राँको निकालेर आगो दने गरी।
96679 हुहुरे ना. एउटै भेट्नामा मिलेका पाँचपाँचवटा पात हुने; लामालामा खैरा रङका केशर भएका ससाना फूल फुल्ने र तोरीका जस्ता कोसा फल्ने एक बुटी; जलब्राह्मी।
96680 हुलाइ ना. हुल्ने भाव; क्रिया वा प्रक्रिया |
96681 हुलाइनु क.क्रि. हुल्न लाइनु।
96682 हुलाउ ना. हुल्ने वा भर्ना हुने काम; प्रवेश |
96683 हुलाउनु प्रे. क्रि. हुल्न लाउनु।
96684 हुलाक ना. १. चिठीपत्र र पार्सल आदि लिने; ल्याउने र लैजाने व्यवस्था गर्ने सरकारी अड्डा; डाँक।
96685 हुलाक ना. २. डाँकबाट आवतजावत गर्ने सामग्री; चिठीपत्र पार्सल आदि।
96686 हुलाक अड्डा ना. हुलाकसम्बन्धी काम गर्ने अड्डा; पोस्ट आफिस।
96687 हुलाक गोस्वारा ना. देशभरको हुलाक - अड्डालाई सञ्चालन गर्ने केन्द्रीय हुलाक अड्डा; गोस्वारा हुलाक।
96688 हुलाक घर ना. हुलाक रहेको घर; डाँकघर; हुलाक अड्डा।
96689 हुलाक टिकट ना. डाँकसम्बन्धी मामिलाका लागि सरकारबाट जारी गरिएको टिकट |
96690 हुलाक पत्र ना. हुलाकबाट आउने जाने चिठी।
96691 हुलाक महसुल ना. डॉकमहसुल |
96692 हुलाक वस्तु ना. हुलाकका चिठीपत्र र पार्सल आदि।
96693 हुलाक सार ना. १. सरकारी तहमा एक अड्डाले अर्को अड्डालाई जिम्मा लगाउँदै मोफसलबाट सरहदमा र सरहदबाट कुनै तोकिएको ठाउँमा चिजबिच; मानिस आदि पुऱ्याउने काम।
96694 हुलाक सार ना. २. दुनियाँदारी तहमा एक जिल्लाबाट कुनै वस्तु अर्को जिल्ला वा ठाउँमा पठाउँदा बिचबिचमा पर्ने जिमिदार वा गाउँको मुखियाछेउ जिम्मा लगाउँदै सो वस्तु तोकेको ठाउँमा पुयाउने काम।
96695 हुलाकी वि. १. हुलाकको; डाँकसम्बन्धी।
96696 हुलाकी वि. ना. २. हुलाकमा आएका चिठीपत्र ओसारपसार तथा वितरण गर्ने कर्मचारी।
96697 हुलाक घर ना. हुलाक - अड्डा।
96698 हुलिया ना. १. मानिस वा वस्तुको चिनारी गराउने रूप; रङ्ग; आकृति; चिह्न आदिको विवरण।
96699 हुलिया ना. २. रूप आकृति; बनोट।
96700 हुलिया ना. ३. विवरण।