Dictionary

All Word

96751 हृदयङ्गम वि. १. हृदयमा राम्रोसँग घुसेको वा बोध भएको।
96752 हृदयङ्गम वि. २. मर्मलाई छुने; घतलाग्दो; मर्मस्पर्शी |
96753 हृदयपटल ना. मनको पाटो भित्री मन |
96754 हृदयविदारक वि. हृदयलाई छियाछिया पार्ने मुटु फुट्लाजस्तो ज्यादै दुःखलाग्दो; दया; करुणा र शोक पैदा गर्ने।
96755 हृदयवेधी वि. हृदयलाई वेधन गर्ने; छेड्ने।
96756 हृदयस्पर्शी वि. १. हृदयलाई स्पर्श गर्ने; मुटु छुने।
96757 हृदयस्पर्शी वि. २. मनलाई द्रवि तुल्याउने; मुटु पगाल्ने।
96758 हृदयहारी वि. मनलाई मोहित पार्ने वा लोभ्याउने; मनोहर।
96759 हृदयहीन वि. मनमा कोमलता नभएको; निष्ठुर; निर्दय।
96760 हृदयालु वि. सहृदय; भावुक; स्नेही।
96761 हृदयेश / हृदयेश्वर ना. १. प्रेमपात्र; प्रियतम।
96762 हृदयेश / हृदयेश्वर ना. २. पति; स्वामी।
96763 हृदयेश्वरी ना. हृदयकी मालिक्नी पत्नी; प्रियतमा।
96764 हृदाकाश ना. हृदयरूपी आकाश हृदय।
96765 हृद् ना. हृदय; मन।
96766 हृद्गत वि. १. हृदयमा रहेको; मनमा गढेको।
96767 हृद्गत वि. २. आन्तरिक ; भित्री।
96768 हृद्य वि. १. अति मन परेको प्यारो।
96769 हृद्य वि. २. हृदयसम्बन्धी; हार्दिक |
96770 हृद्य वि. 3 सुन्दर मनोहर।
96771 हृद्य वि. ४. मिठो ; स्वादिष्ठ।
96772 हृषीकेश ना. १. इन्द्रियहरूका स्वामी मानिने विष्णु।
96773 हृषीकेश ना. २. श्रीकृष्णको एक नाम।
96774 हृषीकेश ना. ३. भारतको हरिद्वारनजिकै उत्तरपूर्वमा रहेको एक प्रसिद्ध तीर्थ |
96775 हृष्ट वि. खुसी भएको; प्रसन्न; हर्षित |
96776 हृष्टपुष्ट वि. १. बलियो र मोटो मोटोघाटो।
96777 हृष्टपुष्ट वि. २. प्रसन्न र स्वस्।
96778 हे वि.बो. कसैलाई बोलाउँदा नामको अगाडि लगाइने अव्यय; सम्बोधनसूचक शब्द ए।
96779 हेंगा ना. रोपाइँका बेलामा गोरुद्वारा तानेर खेतको हिलो सम्याउने काठको बाक्लो र लाम्चो फलेक; लिंडुल्को |
96780 हेडिक ना. १. बन्धकी राखिएको जग्गा वा वस्तु।
96781 हेडिक ना. २. एउटाले भोगबन्धकी खाइरहेको जग्गा; अर्काले रुपियाँ तिरी ल्याएको पछिको तमसुकमा भिडिने पहिलो तमसुकको कागत |
96782 हेंहें ना. हींहीं।
96783 हेइ ना. भैंसीलाई बोलाउँदा भनिने शब्द |
96784 हेका/ हेक्का ना. १. स्मरणशक्ति; स्मृति; सम्झना; याद।
96785 हेका/ हेक्का ना. २. हृदय; मन।
96786 हेगुवा ना. ऐँसेलुको एक बोट; मयलका जत्रा र अलि फुसा पात हुने बोट।
96787 हेङ्गा ना. माछाको एक जा।
96788 हेट ना. १. तलको ठाउँ छिंडी।
96789 हेट ना. २ पर्वतको फेदी; खुज कछार |
96790 हेटान पहाडको फेदी; खुज।
96791 हेटौँडा ना. १. पर्वतको पुछारको ठाउँ।
96792 हेटौँडा ना. २. नारायणी अञ्चलको क प्रसिद्ध औद्योगिक क्षेत्र |
96793 हेड वि. १. प्रधान; मुख्य।
96794 हेड वि. ना. २. टाउको; शिर।
96795 हेड आफिस ना. प्रधान कार्यालय |
96796 हेड क्लर्क ना. मुख्य कारिन्दा।
96797 हेड क्वाटर ना. सेना वा सैनिक सङ्गठनको केन्द्रीय कार्यालय |
96798 हेड गुरु / पण्डित ना. मूल गुरु; प्रधान अध्यापक (पहिले-पहिले संस्कृत पाठशालामा प्रचलित )।
96799 हेड मास्टर ना. प्रधान अध्यापक।
96800 हेड लाइट ना. मोटर; रेल आदिमा अगिल्तिर जडिएको बत्ती; अग्रदीप।