Dictionary

All Word

96851 हेरोफेरो ना. १. आँखाले तत्काल देख्न सकिने ठाउँ; दृष्टिगोचर क्षेत्र।
96852 हेरोफेरो ना. २. सेरोफेरो लगापा।
96853 हेर्नु स.क्रि. १. आँखाद्वारा कुनै व्यक्ति वा वस्तुको रूप; रङ्ग; आकृति आदिको ज्ञान प्राप्त गर्नु; आँखा लगाउनु; दर्शन गर्नु।
96854 हेर्नु स.क्रि. २. रेखदेख पुऱ्याउनु; हेरविचार गर्नु।
96855 हेर्नु स.क्रि. ३. कुरुवा बस्नु कुर्नु; रुड्नु।
96856 हेर्नु स.क्रि. ४. ज्योतिष - शास्त्रअनुसार कसैको ग्रहगतिको शुभ वा अशुभ फल बताउनु।
96857 हेर्नु स.क्रि. ५. बाटो कुर्नु; प्रतीक्षा गर्नु।
96858 हेर्नु स.क्रि. ६. अध्ययन गर्नु; लिखित वा मुद्रित लिपिबाट ज्ञान हासिल गर्नु।
96859 हेर्नु स.क्रि. ७. भूत-प्रेत; बोक्सी आदिको लागो विचार गर्नु।
96860 हेर्नु स.क्रि. ८. विवेक पुऱ्याउनु; विचार गर्नु।
96861 हेर्नु स.क्रि. . पालन- पोषण गर्नु।
96862 हेल ना. गाई; भैंसी आदि पालेर दुध बेची जीविका चलाउने जाति; अहिर।
96863 हेल ना. झन्डा; बत्ती आदिको सङ्केतबाट सैनिकहरूले कुरा बुझाउने वा सूचना दिने काम |
96864 हेल ना. घोडाको गलथना र गर्धन बाँध्ने धागाको डोरी।
96865 हेलचक्य्राइँ / हेलचेक्रयाइँ / हेलच्याक्री ना. १. जरुरी कामकुरामा पनि ध्यान नदिने प्रवृत्ति; उपेक्षा; बेवास्ता।
96866 हेलचक्य्राइँ / हेलचेक्रयाइँ / हेलच्याक्री ना. २. हेप्ने काम वा बानी; अटेयाइँ।
96867 हेलत्व ना. हेलाँ; अपमान।
96868 हेलन ना. हेला।
96869 हेलन ना. (उदा. सीता हर्नु थिएन हेलन गरी सीताजि हर्नूभयो। भानुभक्तीय रामायण)।
96870 हेलमेल ना. १. मेलमिलाप; मिलजुल हिलमिल।
96871 हेलमेल ना. २. बसाउठी; सङ्ग।
96872 हेलम्बु ना. नेपालको सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा रहेको; पर्यटन व्यवसायका दृष्टिले प्रसिद्ध रमणीय स्थान |
96873 हेलाँ ना. १. हेला; तिरस्कार; अपमान।
96874 हेलाँ ना. २. बेवास्ता; उपेक्षा।
96875 हेला ना. १. कसैको स्थान वा पदअनुसार आदर नगर्ने काम; अनादर; अपमान।
96876 हेला ना. २. बेवास्ता; उपेक्षा।
96877 हेला ना. ३. धृष्टतापूर्वक आँखा; हात आदि नचाएर क्रीडा व्यक्त गर्ने स्त्रीको चेष्टा।
96878 हेला ना. ४. क्रीडा; केलि।
96879 हेलिकोप्टर ना. माथितिर लामा पङ्खा हुने; आकाशमा एकै ठाउँ केही बेर स्थिर पनि रहन सक्ने; उड्न र बस्न धेरै ठाउँ नचाहिने एक विमान।
96880 हेलिनु क.क्रि. १. हेल्ने काम गरिनु।
96881 हेलिनु क.क्रि. अ.क्रि. २. नदी; खोलो आदिको वेग विचारै नगरी वा पारी तर्ने डरै नमानी पानीको भेलमा पस्नु।
96882 हेलिनु क.क्रि. ३. एक्कासि युद्ध; सङ्घर्ष आदिमा लाग्नु; होमिनु।
96883 हेलीमेली वि. १. हेलमेल भएको; मेलमिलाप देखिएको २. मिलनसार।
96884 हेलै क्रि.वि. सजिलैसँग कुनै झन्झट नभईकन सहजै।
96885 हेल्नु स.क्रि. १. गाईभैंसी; घोडा आदिलाई खोलो वा नदी तार्नका लागि पानीको भेलमा पसाउनु।
96886 हेल्नु स.क्रि. २. हुल्नु; पसाउनु।
96887 हेल्याइ ना. हेलिने भाव; क्रिया वा प्रक्रिया |
96888 हँसा ना. अंश; भाग।
96889 हँसा ना. (उदा.- भाइभाइमा बाँडिने भाग अंशको हँसा हो)।
96890 हैंसे ना. १. कुनै गह्रौं वस्तु धेरै जना मिलेर उचाल्दा; ठेल्दा; तान्दा वा पल्टाउँदा बल मिलाउन बोलिने बोली; सहयोगी स्वर।
96891 हैंसे ना. २. सहयोग।
96892 हैंसे ना. ३. कामको भाग।
96893 है वि.बो. १. कतै टाढाबाट बोलाउँदा प्रत्युत्तरमा भनिने शब्द हैं।
96894 है वि.बो. निपा. २. जे भन्ने हो; भनिसकेपछि विशेष अनुनय वा प्रार्थना जनाउन वाक्यका अन्तमा प्रयोग गरिने शब्द।
96895 है वि.बो. (उदा.- तिमी त साँच्चै लोभी रहेछौ है )।
96896 है वि.बो. ३. सावधान हुँदा वा कुनै काम कुराको मन्जुरी गराउँदा भनिने शब्द।
96897 है वि.बो. (उदा.- यस्तो काम नबिर्सीकन गरिदिनु है)।
96898 हैकम ना. १. अहोट; हुकुमत; तैना।
96899 हैकम ना. २. अनुशासन; नियन्त्रण; अदब।
96900 हैकम ना. ३. प्रभाव; दबदबा।