Dictionary

All Word

96951 होटेल ना. मूल्य तिरेर खानपिन गरिने वा भाडा दिएर यात्रीहरू केही समय बस्ने; सुत्ने विश्रामस्थान; आवासीय भोजनालय |
96952 होटेल कर ना. होटेलको व्यवसायका आधारमा सरकारबाट उठाइने शुल्क |
96953 होटेल व्यवसाय ना. होटेल खोलेर धन आर्जन गरिने उद्योग।
96954 होड ना. दुई वस्तुका बिचको; थोरै करायें परेको छिद्र; अन्तर।
96955 होड ना. १. बाजी; सर्।
96956 होड ना. २ प्रतियोगिता; प्रतिस्पर्धा।
96957 होटेलबाजी ना. १. बराबरी हुनका निम्ति गरिने प्रण वा प्रयत्न बाजी; सर्।
96958 होटेलबाजी ना. २. प्रतिस्पर्धा; प्रतिद्वन्द्विता।
96959 होटेलबाजी ना. ३. तँछाडमछाड।
96960 होता ना. होम गर्ने ब्राह्मण; ऋत्विक्।
96961 होत्रो ना. फलामको काम गर्ने कारिगरहरूको ठुलो घन; हतौडा |
96962 होनहार वि. १. भविष्यमा असल बन्ने खालको।
96963 होनहार वि. २. परन्तुमा योग्य बन्ने लक्षण भएको।
96964 होनहार वि. 3. जेहनदार; प्रतिभाशाली।
96965 होनहार वि. ४. ज्यादै सिपालु; निपुण |
96966 होपजग्गा ना. ठुलठुला जागिरदारलाई पेन्सनको सट्टा आयस्ता खान पाउने गरी दिइएको जग्गा।
96967 होपापापी ना. १. लाभ हुने कुनै कामकुरामा लोभिएर गरिने प्रतिद्वन्द्विता वा तँछाडमछाड।
96968 होपापापी ना. २. लोभले गर्दा छिटोछिटो खाने काम।
96969 होम ना. १. अग्निकुण्डमा विधिपूर्वक मन्त्र पढेर घिउ; चरु आदि हाल्ने काम हवन।
96970 होम ना. २. अग्निमा आहुति दिएर गरिने यज्ञ।
96971 होमकुण्ड ना. होम गर्न आगो बालिने कुण्ड वा पात्र।
96972 होमाइ ना. होम्ने भाव; क्रिया वा प्रक्रिया |
96973 होमाइनु क.क्रि. होम गराइनु।
96974 होमाउनु प्रे. क्रि. होम गराउनु।
96975 होमियोप्याथ ना. होमियोप्याथी चिकित्साप्रणालीद्वारा उपचार गनेर् व्यक्ति।
96976 होमियोप्याथिक वि. होमियोप्याथीसम्बन्धी; होमियोप्याथीको।
96977 होमियोप्याथी ना. रोगका उस्तै लक्षणहरू उब्जाउने पदार्थद्वारा नै कुनै रोगको निदान गर्ने सिद्धान्तमा आधारित एक पाश्चात्य चिकित्सा प्रणाली |
96978 होमे वि. १. होम गर्ने; हवन गर्ने।
96979 होमे वि. ना. २. होम गर्ने ब्राह्मणलाई निन्दा गरी भनिने शब्द।
96980 होमे वि. ३. पुरोहित; ब्राह्मण।
96981 होम्नु स.क्रि. १. यज्ञको अग्निकुण्डमा विधिपूर्वक मन्त्र उच्चारण गरी घिउ; चरु आदिको आहुति दिनु; होम गर्नु; हवन गर्नु।
96982 होम्नु स.क्रि. २. कसैलाई खतरनाक काममा अल्झाउनु; झोस्नु।
96983 होरा ना. १. अहोरात्रको चौबिसौं भाग; एक घण्टाको समय।
96984 होरा ना. २. ज्योतिषशास्त्रका अनुसार जन्मकुण्डलीको ग्रहगति हेरेर शुभाशुभ फल बताउने विद्या; जातकशास्त्र |
96985 होरा ना. ३. जन्मपत्रिका; लग्नकुण्डली।
96986 होरा ना. ४. कुनै राशि वा लग्नको आधा भाग।
96987 होरा ना. ५. खेतबारी जोत्दा छेउ वा टुङ्गोमा पुगेपछि गोरु फर्काएर अर्को सियामा लगाउन हलीले भन्ने आज्ञावाचक शब्द |
96988 होरी ना. फागु होली; होलिकोत्सव।
96989 होलिका ना. १. फागुन शुक्ल पूर्णिमाका दिन दहन गरिने चीर।
96990 होलिका ना. २. होली फागु।
96991 होली १. फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ छ्यापेर वा अबिर दली आनन्दका साथ मनाइने उत्सव; फागु होरी |
96992 होली २. फागुका अवसरमा गाइने गीत वा त्यसको लय।
96993 होलो वि. १. श्रम; भार; पैसा आदि कम्ती पर्ने; सजिलो; सरल।
96994 होलो वि. २. भिडभाड नभएको; घुइँचो नभएको।
96995 होलो वि. ३ सजिलैसित कुनै वस्तु छिर्ने वा फुक्ने; खुकुलो।
96996 होलोखुकुलो वि. सजिलो र सन्चसुबिस्ताको।
96997 होलोमोलो ना. होलोखुकुलो।
96998 होल्डर ना. १. नीब जडेर मसीमा चोबी लेख्ने कलम |
96999 होल्डर ना. २. तारसँग सम्बन्ध गराई बत्ती बाल्न बिजुलीको चिम अड्याउने साधन।
97000 होल्डाल ना. यात्रा गर्दा वा परदेश जाँदा काममा ल्याइने बिछ्याउना; ओढ्ने आदि हाली गुन्टाजस्तो बनाएर बाँधिने ओछ्यानका छाँटको लामो थैलो।