Dictionary

All Word

96601 हुपहारा वि. आँट नभएको; काँथर (हुपहारा छोरो; रूपहारा छोरी- उखान)।
96602 हुप्प क्रि.वि. १. कुनै घाउचोट आदिको कारणले उक्सने वा सुनिने गरी।
96603 हुप्प क्रि.वि. २. घमन्ड वा रिसले फुल्ने चालले।
96604 हुबहु क्रि.वि. सकलीजस्तो उस्तै; दुरुस्त; काटीकुटी।
96605 हुमाउ चरो ना. लामालामा धेरै प्वाँख हुने; उक्त वाँको कल्की बनाई राजामहाराजाहरूका शिरपेचमा लगाइने; सानो जिउ भएको सेतो वा पहेंलो एक जातको चरो।
96606 हुमे ना. होम गर्ने ब्राह्मण; पुरोहित; पुरे।
96607 हुमेडुमे ना. पुरेत र दमाईं।
96608 हुमेलो ना. घरायसी कामकाजमा वा विवाह आदिमा भेला भएका मानिसहरूको भिड; हुलमूल।
96609 हुम् ना. १. सम्झना; दुबिधा; आशङ्का; रिस; घृणा आदि मानसिक भाव जनाउने शब्द।
96610 हुम् ना. २. तन्त्रशास्त्रमा मन्त्रको अघिल्तिर वा पछिल्तिर प्रयोग गरेर भूतप्रेत आदिको लागो निवारण गर्ने बीजमन्त्र |
96611 हुम्ला ना. कर्णाली अञ्चलको उत्तरपश्चिम भेगमा पर्ने एक जिल्ला।
96612 हुरहुर क्रि.वि. १. दन्केर आगो बल्ने गरी; ह्वारह्वार।
96613 हुरहुर क्रि.वि. २. हावा चल्ने गरी।
96614 हुरहुर क्रि.वि. ३. धेरै मानिसहरू एकैसाथ पस्ने वा निस्कने गरी।
96615 हुरहुरती क्रि.वि. अझै हुरहुर हुने गरी।
96616 हुरहुराइ ना. हुरहुराउने भाव; क्रिया वा प्रक्रिया |
96617 हुरहुराइनु अ.क्रि. दन्केर बलिन्।
96618 हुरहुराउँदो वि. १. दन्केर बल्लाजस्तो ; ज्वाला मास्तिर गइरहेको।
96619 हुरहुराउँदो वि. २. बतासिने खालको; दुर्बलताले अनुहार फीका परेको।
96620 हुरहुराउनु अ.क्रि. १. दन्केर आगो बल्नु; चारैतिरबाट ज्वाला उठेर आगो दन्कनु।
96621 हुरहुराउनु अ.क्रि. २. वेगसित हावा चल्नु; बतास चल्नु।
96622 हुरहुराउनु अ.क्रि. ३. कुनै काम शीघ्रतापूर्वक गर्नु; हुर्दुराउनु।
96623 हुरहुरिनु अ.क्रि. आगो दन्केर बल्नु; ज्वाला निस्केर आगो दन्कनु।
96624 हुरहुरी क्रि.वि. हुरहुरती।
96625 हुरहुरे वि. १. दन्केर बल्ने ( दाउरा आदि)।
96626 हुरहुरे वि. २. हुरहुर गरेर चल्ने (बतास)।
96627 हुरहुरे वि. ३. हडबडाएर काम गर्ने; हडबडे।
96628 हुरी ना. निकै जोडसित बहने वायु; वेगसित चलेको हावा; आँधी; आँधीबेहरी।
96629 हुरी ना. १. भोजन गर्न बस्ने मानिसहरूको डफ्फा।
96630 हुरी ना. २. भोजनको पटक।
96631 हुरुक्क क्रि.वि. १. मन परेको वस्तु पाउनका लागि हत्ते हाल्ने गरी।
96632 हुरुक्क क्रि.वि. २. प्राणवायु निस्कने वा मर्ने चालमा।
96633 हुरुरुरु क्रि.वि. १. हावा चल्ने वा चल्दा शब्द निस्कने गरी।
96634 हुरुरुरु क्रि.वि. २. निकै जोडसित दौडने चालले।
96635 हुरुरुरु क्रि.वि. ३. दन्केर आगो बल्ने गरी।
96636 हुरुरुरु क्रि.वि. ४. धेरै जना धमाधम आउने वा जाने किसिमले।
96637 हुरेल्नु स.क्रि. १. फजुलमा धेरै खर्च गर्नु; अनावश्यक कामकुरामा पैसा मास्तु।
96638 हुरेल्नु स.क्रि. २. हुर्र मिल्काउनु; फ्याँक्नु।
96639 हुरेल्नु स.क्रि. 3. बेसरी खन्याउनु; खत्त्याउनु।
96640 हुरेल्नु स.क्रि. ४. हुल्नु; कोच्नु।
96641 हुरेलधरेल ना. मालसामान र रुपियाँपैसा चाहिँदोभन्दा बढी खर्च गर्ने काम; फजुलको बढी खर्च |
96642 हुरेलाइ ना. हुल्ने तथा हुरेलाउने भाव; क्रिया वा प्रक्रिया |
96643 हुरेलाइनु क.क्रि. हुल्न लाइनु।
96644 हुरेलाउनु प्रे. क्रि. बढी खर्च गराउनु।
96645 हुरेलिनु क.क्रि. फजुलमा धेरै खर्च गरिनु।
96646 हुर्कनु अ.क्रि. १. बाल्यावस्था पार गर्नु; बढ्नु; जवान।
96647 हुर्कनु अ.क्रि. २. चराका बचेरा उड्न सक्ने हुनु।
96648 हुर्कनु अ.क्रि. ३. आगो दन्केर बल्नु।
96649 हुर्कनु अ.क्रि. ४. निकै जोडसित बतास चल्नु।
96650 हुर्काइ ना. हुर्कने तथा हुर्काउने भाव; क्रिया वा प्रक्रिया |