Dictionary

All Word

96501 हुइयाँ / हुइया ना. १. स्याल कराउँदा सुनिने शब्द; स्यालको आबाज।
96502 हुइयाँ / हुइया ना. २. नचाहिँदो खबर; हल्ला; अफबाह।
96503 हुकुम ना. १. आदेश।
96504 हुकुम ना. २. आफूभन्दा ठुला व्यक्तिको आज्ञा।
96505 हुकुम ना. ३. प्रभुत्व; अख्तियार।
96506 हुकुम ना. ४. खेल्ने तासका चार रङमध्ये एक; सुर।
96507 हुकुमत ना. १. अधिकार; प्रभुत्व; आधिपत्य।
96508 हुकुमत ना. २. शासन; राज्य; सलतन।
96509 हुकुमी वि. १. राजाज्ञासम्बन्धी।
96510 हुकुमी वि. हुकुमसम्बन्धी।
96511 हुकुमी वि. ३. हुकुममा चल्ने।
96512 हुकुमी वि. २. हुकुमको।
96513 हुकुमी शासन ना. १. हुकुमबाट चल्ने शासन।
96514 हुकुमी शासन ना. २ नेपालमा राणापरिवारले चलाएको १०४ (१९०३-२००७) वर्से शासन।
96515 हुक्क क्रि.वि. १. हिक्का वा बाडुली लाग्ने गरी।
96516 हुक्क क्रि.वि. २. वमन हुने गरी; हुलुक्क।
96517 हुक्का ना. नरिवल; धातु आदिका भाँडामा सुमेरु घुसारिएको; धुवाँ पानीमा छानिएर आउने खालको; तमाखु खाने साधन।
96518 हुक्के वि. राजामहाराजा र धनीमानीका घरमा तमाखु भरी खुवाउन नियुक्त भएको व्यक्ति वा नोकर)।
96519 हुनु अ.क्रि. १. चर्को डाँकोले कराई हप्काउनु; हकार्नु।
96520 हुनु अ.क्रि. २. साँढे कराउनु; क्रनु।
96521 हुक्राइ ना. हुक्रने भाव; क्रिया वा प्रक्रिया।
96522 हुक्रिनु अ.क्रि. हकारिनु।
96523 हुङ्कार ना. १. कुनै व्यक्तिलाई हप्काउन वा तर्साउन गरिने 'हूँ' शब्द; हप्की गर्ने शब्द।
96524 हुङ्कार ना. २. घमन्डसाथ चिच्याउने काम गर्जन |
96525 हुङ्कार ना. ३. हाँक; ललकार।
96526 हुङ्कार ना. ४. धनुको आवाज; टङ्कार।
96527 हुचिल ना. लाटोकोसेराका अनुहारको ठुलो चरो; गुहे चिल।
96528 हुच्च क्रि.वि. उत्तानो हात गरेर वेगसित कुनै वस्तु हुत्याउने गरी।
96529 हुच्चनु स.क्रि. १. दुवै हात उत्तानो पारेर कुनै वस्तु मिल्काउनु; हुत्त्याउनु।
96530 हुच्चनु स.क्रि. २. कुनै चिजलाई लट्ठी; डन्डी आदिले मिल्काउनु; हुच्चिनु।
96531 हुच्चनु स.क्रि. ३. पैसाको निसान गरेर खोपी खेल्नु।
96532 हुच्चन्ती ना. डन्डीबियोको खेलमा बियो हुच्चने लट्ठी; डन्डी।
96533 हुच्चिनु स.क्रि. हुच्चनु।
96534 हुच्ची ना. कतै जान वा कुनै काम गर्नका लागि अरूलाई उल्क्याउने वा उराल्ने चाल।
96535 हुच्च्याइ ना. हुच्चिने भाव; क्रिया वा प्रक्रिया।
96536 हुज्जत ना. १. व्यर्थको बहस नचाहिंदो तर्क; विवाद |
96537 हुज्जत ना. २. झगडा; कचिङ्गल; दगलफसल।
96538 हुज्जत ना. 3. दङ्गा; मारपिट |
96539 हुज्जती वि. नचाहिने कुरामा कचिङ्गल गर्ने; झगडालु।
96540 हुटहुटी ना. उत्साह दिँदै हतार गराउने काम; उत्साह; प्रेरणा |
96541 हुटिट्याउँ ना. लामा खुट्टा; छोटो पुच्छर; कालो चुच्चो र खैरो पिठ्यूँ हुने; जलाशयका नजिकमा रहने एक चरो।
96542 हुडुक्क ना. डमरुका आकारको एक किसिमको ठुलो बाजा।
96543 हुड्का ना. डमरु जस्तै तर केही लामो बायाँ हातमा च्यापी दाहिने हातका औँलाले बजाइने; सुदूर पश्चिमाञ्चलका पहाड र तराईतिर; हुड्केहरूले भारत तथा कर्खा गाउँदा र अन्य स्थलमा दुसाद र डुमहरूले पनि प्रयोग गर्ने एक तालबाजा।
96544 हुड्के ना. हुड्का बजाउने व्यक्ति वा वर्ग।
96545 हुड्केली ना. पश्चिम नेपालमा प्रचलित दमाईं जातिले नाच्ने र गाउने लोकनृत्य एवं गी।
96546 हुड्को ना. हुड्केली गीतमा प्रचलित डमरुजस्तो सानो र दुईतिर फुकेको; हातले बजाइने बाजा; हुड्का।
96547 हुत वि. हवन गरिएको; आहुतिका रूपमा अग्निमा हालिएको होमिएको।
96548 हुतहुत क्रि.वि. धमाधम फाल्ने वा मिल्काउने गरी।
96549 हुतहुती क्रि.वि. अझै छिटो हुतहुत पारेर।
96550 हुताशन ना. अग्नि; आगो।