Dictionary

All Word

96401 हिसाब जाँच ना. आम्दानीखर्चको लेखाजोखा हेर्ने काम।
96402 हिसाब सान्ती ना. हिसाब वा अनुपातअनुसारको भाग बाँडिलिने काम।
96403 हिसाबी वि. १. हिसाब गर्ने; गन्ती गर्ने।
96404 हिसाबी वि. २. हिसाब जान्ने; गणितज्ञ |
96405 हिसाबी वि. ३. अरूको तिर्नुपर्ने पैसाबारे वास्ता नराखी लिनुपर्ने पैसाको पछि लाग्ने।
96406 हिसी ना. १. सौन्दर्य; लावण्य।
96407 हिसी ना. २. छाँटकाँट मिलेर राम्रो बनेको रूप।
96408 हिस्स क्रि.वि. १. चाहना गरेको वस्तु नपाउँदा निराश हुने गरी; हिस्सिने चालले; जिल्ल; खिसिक्क; ङिच्च।
96409 हिस्स क्रि.वि. (उदा.- हिस्स बुढी खिस्स दाँत। - उखान )।
96410 हिस्स क्रि.वि. २. मुसुक्क; खिस्स।
96411 हिस्सा ना. १. बाँडफाँड गर्दा हुने कसैको अधिकार भएको वस्तु वा वस्तुको एकाइ; भाग; अंश।
96412 हिस्सा ना. २. मूल समूहको कुनै एकाइ खण्ड टुक्रो।
96413 हिस्सा ना. ३. चकला।
96414 हिस्सादार वि. भागबन्डाको हकदार; हिस्सेदार |
96415 हिस्सा विभाजन ना. अंशभाग गर्ने काम बाँडफाँड |
96416 हिस्सिनु अ.क्रि. १. चाहेको वस्तु नपाएर निराश हुनु; हिस्स पर्नु; जिल्लिनु।
96417 हिस्सिनु अ.क्रि. २. खिसिक्क हुनु; ङिच्च पर्नु।
96418 हिस्सी ना. हिसी ; सौन्दर्य।
96419 हिस्सी परेको वि. छाँटकाँट मिलेको; ज्यादै सुन्दर (अनुहार; रूप आदि)।
96420 हिस्सेदार वि. १. कुनै किसिमको सम्पत्ति वा व्यवसायमा हिस्सा भएको भागबन्डाको हकदार; अंसियार।
96421 हिस्सेदार वि. ना. २. त्यस्तो हिस्सा वा हक भएको व्यक्ति।
96422 हिस्सेदारी ना. १ हिस्सेदारको हक; हिस्सा ; भाग; अंश।
96423 हिस्सेदारी ना. २. साझा; गोस्वारा।
96424 हिस्स्याइ ना. १. हिस्सिने भाव; क्रिया वा प्रक्रिया |
96425 हिस्स्याइ ना. [ हिस्स्याउ + आइ] २ हिस्स्याउने भाव; क्रिया वा प्रक्रिया |
96426 हिस्स्याइनु क.क्रि. हिस्स पारिनु; जिल्ल्याइनु।
96427 हिस्स्याउनु स.क्रि. १. चाहनाको वस्तु नदिएर वा अवरोध खडा गरेर निराश पार्नु हिस्स पार्नु।
96428 हिस्स्याउनु स.क्रि. २. खिसिक्क तुल्याउनु; ङिच्च पार्नु।
96429 हीँ वि.बो. . १. लाचारी वा लज्जाको भाव व्यक्त गर्दा मुखबाट निस्कने शब्द।
96430 हीँ वि.बो. क्रि.वि. २. कमजोरी व्यक्त गर्ने चालले; दीनतापूर्वक रुने गरी।
96431 हीँ वि.बो. ३. हार स्वीकार गरेर लजाउँदै।
96432 हीँहीँ ना. १. लाचारी प्रकट गर्ने वा अनकनाएको भाव जनाउने शब्द हें हैं।
96433 हीँहीँ ना. क्रि.वि. २. केटाकेटी रुँदा निस्कने शब्द जसरी।
96434 हीँहीँ ना. ३. विनम्र भएर खुसामद गर्दा प्रयोग गरिने शब्द मैं।
96435 हीन वि. १. अधम; क्षुद्र; नीच।
96436 हीन वि. २. कम; घटी।
96437 हीन वि. ३. निन्दा गर्न योग्य; गर्हणीय।
96438 हीन वि. ४. गरिब; दीन।
96439 हीन वि. ५. पद; मार्ग; स्थान आदिबाट च्युत; भ्रष्ट।
96440 हीन वि. ६. नाम पदका पछि गाँसिएर नभएको; रहित; तुच्छ आदि अर्थ बुझाउने शब्द (जस्तो- पुत्रहीन; भाग्यहीन; मतिहीन आदि)।
96441 हीनता ना. हीन हुनाको भाव; गुण वा अवस्था कमी न्यूनता।
96442 हीनताग्रन्थि ना. आफूलाई हीन वा कमजोर सम्झने मनोरोग; हीनताबोध |
96443 हीनताबोध ना. आफूलाई हीन सम्झने वा आफू सानो हुँ भन्ठान्ने मानसिक भावना; हीन भावनाको बोध; हीनताग्रन्थि।
96444 हीनताभास ना. हीनताको प्रतीति; हीनत्वबोध |
96445 हीनत्व ना. आफूलाई हीन वा कमजोर मान्ने प्रवृत्ति; हीनता।
96446 हीनबुद्धि / हीनमति वि. बुद्धि नभएको; मतिहीन; मूर्ख |
96447 हीनयान ना. कर्मकाण्डपद्धति नमान्ने बौद्धधर्मीहरूको एक सम्प्रदाय; बौद्ध सम्प्रदायका हीनयान; महायान र वज्रयान तीन सम्प्रदायमध्ये एक।
96448 हीरक ना. हीरा।
96449 हीरक जयन्ती ना. कुनै विशेष व्यक्ति; संस्था; कार्य आदिको जन्म भएको साठी वर्षमा प्रवेश हुँदा मनाइने विशेष उत्सव |
96450 हीरा ना. . हे. हिरा।