Dictionary

All Word

96251 हिन्दुस्थान समाचार/ समिति वि. भारतको एक समाचार समिति।
96252 हिन्दुस्थानी वि. हिन्दुस्थानको ; भारतीय।
96253 हिन्दू ना. हे हिन्दु।
96254 हिन्दोल ना. १. झुलना पिङ।
96255 हिन्दोल ना. २. डोली।
96256 हिन्नति ना. अर्काको नजरमा आफूलाई गिराउने काम।
96257 हिप्पी ना. भौतिक जगत्बाट विस्मृतितिर फर्की शान्तिको खोजीमा विभिन्न देशमा घुम्ने वा बस्ने गोरा घुमन्ता जाति।
96258 हिफाजत ना. कुनै वस्तुलाई जोगाएर वा बचाएर राखी बिग्रन नदिने काम सुरक्षा; बचाउ; जतन।
96259 हिफाजती वि. १. हिफाजत गर्ने; बचाउ तथा सुरक्षा दिने।
96260 हिफाजती वि. २. बचाउ गर्न योग्य; हिफाजत गर्नुपर्ने।
96261 हिम ना. १. कडा ठन्डीले जमेको पानी; हिउँ।
96262 हिम ना. २. चिसो; जाडो; ठन्डा।
96263 हिम ना. ३. हिउँद; हेमन्त ऋतु।
96264 हिम ना. ४. कुइरो; हुस्सु।
96265 हिम ना. ५. हिमालय पर्व।
96266 हिम ना. वि. ६. ठन्डा; शीतल।
96267 हिमकण ना. हिउँ वा तुसाराको सानो कण; शीतविन्दु |
96268 हिमकर ना. चन्द्रमा।
96269 हिमकल्प ना. पुरातत्त्वशास्त्रका अनुसार हिमयुगको समस्त भाग; आजभन्दा लगभग दश लाख वर्षपूर्वको समय; पूर्वहिमानीको अन्तिम समयमा प्रारम्भ भएर हिमान्युत्तर समयभन्दा पूर्वको समय।
96270 हिमचिम ना. चिनाजानी ; जानपहिचान; बसाउठी।
96271 हिमचुली ना. हिमशिखर; हिउँचुली।
96272 हिमताल ना. हिमाली क्षेत्रमा भएका हिउँका ताल।
96273 हिमनद ना. हिउँले बनेको नदी; हिउँ बग्ने खोलो।
96274 हिमनदी ना. चुचुरामा हिउँको भार धेरै भई पहाडको सतहदेखि नै खसेर तलतिर बग्न थालेको हिउँ; हिमनद अति चिसो पानी हुने नदी।
96275 हिमपात ना. पानी पर्ने प्रदेशमा ज्यादै जाडो भएर हिउँ बस काम; जाडो याममा लेकतिर हुने हिउँको पतन |
96276 हिममलेवा ना. नेपालको लेकाली भेगमा पाइने मलेवा चरो।
96277 हिममानव ना. हिमालमा बस्ने; मनुष्यका आकारको प्राणी; यति सोक्पा; याँठे।
96278 हिमयुग ना. पुरातत्त्वशास्त्रका अनुसार हिमकल्पका विभिन्न हिमानी (प्रथम; प्रथम अन्तर; द्वितीय; द्वितीय अन्तर; तृतीय; तृतीय अन्तर र चतुर्थ) समयमध्ये कुनै एक समय; सम्पूर्ण हिमानीसमय।
96279 हिमरेखा ना. हिउँ नपग्लिई सधैँ जमिरहने भूमिको सीमारेखा।
96280 हिमवान् ना. १. हिमालय पर्व।
96281 हिमवान् ना. वि. २. हिउँ भएको।
96282 हिमशिखर ना. हिमचुली; हिउँचुली; हिमालय।
96283 हिमशिला ना. हिउँको ढिका; बरफ |
96284 हिमशृङ्खला ना. हिमालय पर्वतका पङ्क्ति; हिमालयका श्रेणी।
96285 हिमशैल ना. हिमालय पर्व।
96286 हिमांशु ना. १. चन्द्रमा।
96287 हिमांशु ना. २. कपुर।
96288 हिमाइत ना. १. पक्षपात; हिमाय।
96289 हिमाइत ना. २. बेवास्ता गर्ने भाव; उपेक्षा।
96290 हिमाइती वि. १. पक्षपाती हिमायती।
96291 हिमाइती वि. २. उपेक्षा वा बेवास्ता गर्ने।
96292 हिमाइती। वि. हिमाइती।
96293 हिमागर ना. हिमक्षेत्रमा हिमनदीले बनाएको खाडल।
96294 हिमाङ्क ना. १. पानी जम्ने तापक्रम।
96295 हिमाङ्क ना. २. चन्द्रमा।
96296 हिमाङ्क ना. ३. कपुर।
96297 हिमाचल ना. हिमालय पर्व।
96298 हिमाच्छादित वि. हिउँले ढाकेको; हिउँ नै हिउँ भएको।
96299 हिमाद्रि ना. हिमाल; हिमालय पर्वत; हिमाचल।
96300 हिमानी ना. १. हिउँको थुप्रो; हिउँको रास।