Dictionary

All Word

96201 हिजो क्रि.वि. १. आजको दिनभन्दा पहिलो दिनमा गएको दिनमा एक दिन पहिले।
96202 हिजो क्रि.वि. ना. २. गएको दिन।
96203 हिजोअस्ति क्रि.वि. भर्खरै बितेका दिनहरूमा।
96204 हिजोआज क्रि.वि. अचेल; वर्तमान समयमा।
96205 हिज्जे ना. हरेक शब्दमा रहने अक्षरहरूको व्यवस्थित क्रम वा रखाइ; वर्णविन्यास; बर्तनी; खिप्ती।
96206 हिटर ना. बिजुलीबाट भात; चिया आदि पकाउन वा जाडामा ताप्न प्रयोग गरिने बलेको तारयुक्त चुलो; बिजुलीको चुलो।
96207 हिटी ना. पानीको धारा खसाल्ने पाइप वा नली; धारो (जस्तो- नारायणहिटी; मरुहिटी आदि)।
96208 हिटीमङ्ग ना. एक फुटजति लामो हुने अजिंगरमुखी आकारको; उपत्यकाका धार्मिक चाडपर्वमा फुकेर बजाइने ढुङ्ग्रोजस्तो एक बाजा।
96209 हिट्टेली ना. भारोपली भाषापरिवारको; युरोपभित्र बोलिने एक शाखा।
96210 हिण्डोल ना. मध्यम; तीव्र; ऋषभ र पञ्चम वर्जित हुने र अन्य स्वर शुद्ध रहने; शास्त्रअनुसार दिनको प्रथम प्रहरको अन्तमा र विशेष गरी वसन्त ऋतुमा गाइने औडव जातिको एक राग।
96211 हित ना. १. कसैको असल हुने काम; उपकार; भलाइ |
96212 हित ना. २. कल्याण; मङ्गल।
96213 हित ना. 3 फाइदा लाभ प्राप्ति।
96214 हित ना. ४. इष्टमित्र; बन्धु।
96215 हित ना. ५. हितैषी व्यक्ति।
96216 हितकर/ कारक/कारी वि. १. हित गर्ने; भलो गर्ने।
96217 हितकर/ कारक/कारी वि. २. लाभ पुऱ्याउने लाभप्रद।
96218 हितकर/ कारक/कारी वि. ३. हित सोच्ने; भलो चिताउने।
96219 हितचिन्तक वि. हित चिताउने; हितैषी।
96220 हितचिन्तन ना. असल वा भलो हुने कामकुराको विचार; शुभकामना।
96221 हिताहित ना. १. हित र अहित; फाइदा र बेफाइदा |
96222 हिताहित ना. वि. २. असल र खराब।
96223 हितेच्छु वि. भलो चाहने; शुभेच्छु; हितैषी।
96224 हितैषी वि. कल्याण चाहने; हितेच्छु।
96225 हितोपदेश ना. १. हित वा कल्याण हुने कुराको उपदेश; राम्रो अर्ती।
96226 हितोपदेश ना. २. नारायण पण्डितद्वारा रचित संस्कृत भाषाको एक प्रसिद्ध नीतिग्रन्।
96227 हित्तचित्त ना. दुई व्यक्तिका बिच भएको मिलिमतो; दुई जनाको मिलेको मन मिलेका दुई दिल |
96228 हिदायत ना. १. सही बाटो देखाउने काम मार्गदर्शन।
96229 हिदायत ना. २. कुनै काम गर्न वा नगर्नका लागि दिइएको आदेशउपदेश।
96230 हिनहिनाइ ना. हिनहिनाउने भाव; क्रिया वा अवस्था।
96231 हिनहिनाइनु अ.क्रि. हिनहिनाउने काम हुनु; घोडा कराइनु।
96232 हिनहिनाउनु अ.क्रि. हिनहिन आवाज निस्कनु; घोडा कराउनु हिलिनु।
96233 हिनहिनाहट ना. हिनहिनाउने भाव; अवस्था वा क्रियाप्रक्रिया |
96234 हिनामिना ना. १. मालसामानको बरबादी खती; नोक्सानी; क्षति।
96235 हिनामिना ना. २. तलमाथि; गडबडी।
96236 हिन्ताल ना. पातैपातले छोपिएको; छोटो डाँठ हुने ताडको रुख।
96237 हिन्द ना. हिन्दुस्तान; भारत देश।
96238 हिन्द चीन ना. कम्पुचिया; भियतनाम र लाओसको समूह।
96239 हिन्द महासागरीय क्षेत्र ना. दक्षिणी एसिया; मध्यपूर्व; अफ्रिका तथा दक्षिणपूर्व एसियाको पश्चिमी भाग।
96240 हिन्दी वि. १. हिन्दुस्तानको ; भारतसम्बन्धी; भारतीय |
96241 हिन्दी वि. ना. २. हिन्दुस्तानका निवासी भारतीय व्यक्ति।
96242 हिन्दी वि. ३. हिन्दुस्तानको प्रमुख भाषा; स्वतन्त्र भारतको राष्ट्रभाषा |
96243 हिन्दु ना. वेद; धर्मशास्त्र; नीतिशास्त्र र पुराण आदिलाई आफ्नो धर्मग्रन्थ मान्ने जाति वा धर्म।
96244 हिन्दुत्व ना. १. हिन्दु हुनाको भाव; गुण वा अवस्था।
96245 हिन्दुत्व ना. २. हिन्दुहरूको आचारविचार तथा व्यवहार।
96246 हिन्दु धर्म ना. हिन्दुहरूको धर्म।
96247 हिन्दुपति ना. मकवानपुर; चौदण्डी; विजयपुर आदि ठाउँका सेन राजाहरूले धारण गरेको एक प्रशस्ति।
96248 हिन्दुस्तान ना. हिन्दुहरू रहेको देश; हिन्दुस्थान; भार।
96249 हिन्दुस्तानी वि. हिन्दुस्थानी; भारतीय।
96250 हिन्दुस्थान ना. हिन्दुहरूको निवासभूमि; भारतवर्ष; भारत देश।