Dictionary

All Word

96151 हिउँदे वि. हिउँदको; हिउँदमा हुने वा लगाइने।
96152 हिउँदे गहुँ ना. हिउँदमा खेतबारीमा लगाइने गहुँ बाली।
96153 हिउँदे बाली ना. हिउँदमा हुने खेतीपाती; हिउँदमा लाग्ने तथा हिउँदमै पाक्ने बाली; नगदे बाली।
96154 हिकमत ना. १. कुनै काम गर्ने आँट हिम्मत; साहस।
96155 हिकमत ना. २. कुनै समस्या समाधान गर्ने बाटो; उपाय; युक्ति।
96156 हिकमत ना. ३. चलाकी; बुद्धिमानी।
96157 हिकमतदार वि. हिकमत भएको; हिकमती; आँटिलो।
96158 हिकमतहारा वि. हुती नभएको; पानीमरुवा नामर्द; लाछी।
96159 हिकमती वि. हिकमतदार; साहसी।
96160 हिकाइ ना. १. हिक्ने वा हेप्ने क्रियाप्रक्रिया |
96161 हिकाइ ना. २. हिक्ने वा हिक्का लाग्ने क्रियाप्रक्रिया |
96162 हिकाइनु क.क्रि. हिक्न लाइनु।
96163 हिकाउनु प्रे. क्रि. हिक्न लाउनु।
96164 हिक क.क्रि. हेपिनु।
96165 हिकी हिकी ना. मर्ने वेलामा आउने हिक्का वा दम |
96166 हिक्क क्रि.वि. हिक्का लाग्ने गरी हिक्काको आवाज आउने गरी।
96167 हिक्क हिक्क क्रि.वि. लगातार हिक्क भएर।
96168 हिक्का ना. १. घाँटीबाट वेगका साथ वायु निस्कने काम बाडुली।
96169 हिक्का ना. २. लगातार धेरै पटक बाडुली निस्किरहने रोग।
96170 हिक्का ना. ३. मर्ने आखिरी दम; हिकी हिकी।
96171 हिक्नु स.क्रि. थिचोमिचो गर्नु; हेप्नु; दमन गर्नु।
96172 हिक्नु अ.क्रि. १. हिक्का लाग्नु; हिक्क हिक्क गर्नु।
96173 हिक्नु अ.क्रि. २. हात्ती कराउनु।
96174 हिग्वे ना. तितोतितो वा टर्रो स्वादको भित्रपट्टि रातो र कमलो हुने सुपारी |
96175 हिङ ना. १. लाम्चा पात र साना खैरा फल हुने एक जातको बोट।
96176 हिङ ना. २. त्यसको कडा गन्ध हुने चोप वा दाल; तरकारी पकाउँदा तेलघिउमा फुराइने गन्धयुक्त मसला।
96177 हिङ जिरो वि. रोगले गलाएर ज्यादै दुब्लो भएको; मरन्च्यासे; सिट्ठी।
96178 हिङ हलाइ ना. अरूलाई साटो फेर्ने उद्देश्यले कसैलाई उक्साएर कष्ट पुऱ्याउने काम।
96179 हिडाइ ना. हिडाउने भाव; क्रिया वा प्रक्रिया |
96180 हिडाइनु क.क्रि. हिडाउन लाइनु।
96181 हिडाउनु स.क्रि. १. अरूलाई हानि वा कष्ट हुने गरी कुनै कामकुरो गर्न बाध्य गर्नु।
96182 हिडाउनु स.क्रि. २. गुदद्वारमा हिङ हाले झैं गरी बेचैन पार्नु पीडा दिनु।
96183 हिङ्गास्टक ना. हिङ; जिरा; मरिच; बिरेनुन; सुठो; पिप्ला आदि द्रव्य मिसाएर तयार पारिएको अजीर्णनाशक एक आयुर्वेदीय औषधि; पाचक |
96184 हिगु ना. हिङको बोट वा त्यसैको चोप |
96185 हिगुपत्री ना. जिम्बुबुटी |
96186 हिगुल ना. १. पारो मिश्रित एक खनिज पदार्थ; सिम्रिक |
96187 हिगुल ना. २. सिन्दूर।
96188 हिङ्गुल ना. हिगुलाज पत्थर हिगुरो।
96189 हिङ्गुलाज ना. १. सिन्धप्रदेशको पहाडमा रहेको दुर्गाको एक मूर्ति।
96190 हिङ्गुलाज ना. २. यिनै देवीको प्रसादस्वरूप माला उनेर लगाइने सेतो एक प्रकारको बियाँ; ठिङ्गुरो; हिङ्गुल।
96191 हिचकिच ना. अनकनाइ; धरमराहट; दोधार असमञ्जस।
96192 हिचकिचाइ ना. हिचकिचाउने भाव; क्रिया वा प्रक्रिया; अनकनाइ।
96193 हिचकिचाइनु अ.क्रि. धरमराउने काम गरिन अनकनाइनु।
96194 हिचकिचाउनु अ.क्रि. १. डर; सङ्कोच आदिले गर्दा केही भन्न वा गर्न धरमराउनु; सङ्कोच मान्नु अनकनाउनु; अकमकाउनु।
96195 हिचकिचाउनु अ.क्रि. २. काम थाल्ने वा नथाल्ने दोधारमा पर्नु; हच्कनु।
96196 हिचकिचाहट ना. हिचकिचाउने भाव; स्थिति वा क्रियाप्रक्रिया; हिचकिचाइ; अनकनाहट।
96197 हिजडा ना. स्त्री वा पुरुष नछुट्टिएको प्राणी; नपुंसक; सिँगारु।
96198 हिजरी ना. १. हजरत मुहम्मदले मक्का छोडेर मदीना जानु।
96199 हिजरी ना. २. हजरत महम्मदले मक्का छाडेर गएको तिथिदेखि चलेको संवत्।
96200 हिजै क्रि.वि. हिजोको दिनमै।