Dictionary

All Word

96101 हास्य व्यङ्ग्य ना. . १. छेडखानका साथै हाँसो उठाउने कामकुरो ; हँसाउने र छेडपेच हान्ने काम हास्य र व्यङ्ग्य।
96102 हास्य व्यङ्ग्य ना. २. साहित्यमा यथार्थ तर अनुचित काम-कारबाहीमाथि हँसाउने गरी गरिने व्यङ्ग्य।
96103 हास्य व्यङ्ग्य ना. ३. साहित्यमा विशेषतः कथा; कविता; निबन्ध आदिका माध्यममा प्रयोग गरिने एक शिल्प |
96104 हास्यास्पद वि. १. देख्दा हाँसो पैदा हुने; हाँसोउठ्दो।
96105 हास्यास्पद वि. २. गर्न नहुने; लाजलाग्दो निन्दनीय |
96106 हाहा ना. १. चर्को स्वर गरेर हाँस्दा मुखबाट निस्क आवाज; चर्को हाँसो।
96107 हाहा ना. २. अरू कसैको निन्दा वा उपहास।
96108 हाहा ना. 3. धेरै जनाको वेदनायुक्त आवाज; कोलाहल; हाहाकार।
96109 हाहा ना. ४. ठुलो चोट; ज्यादै कष्ट; विपत्ति।
96110 हाहा ना. ५. अत्त्याउने वा आत्तिने काम; डोहो; आच्छु आच्छु।
96111 हाहा ना. ६. चराचुरुङ्गी आदिलाई धपाउने काम।
96112 हाहा ना. ७. कुनै अभद्र काम नगर्न सम्झाउने शब्द |
96113 हाहा ना. ८. अर्काको भनाइमा विना- सोचविचार लाग्ने काम; बहकाउ; लहैलहै।
96114 हाहाकार ना. १. धेरै जनाको वेदनापूर्ण आवाज; आर्तनाद।
96115 हाहाकार ना. २. ठुलो कष्ट विपत्ति।
96116 हाहाहुहु ना. १. सङ्गीतकलामा प्रसिद्ध गन्धर्वजातिका प्रमुख गायक; हाहा र हुहु नामका गन्धर्व।
96117 हाहाहुहु ना. २. ठट्टामजाक; हँसीदिल्लगी; लहडबाजी।
96118 हाहाहुहु ना. ३. हटाउने वा पन्छाउने आशय व्यक्त गर्ने शब्द |
96119 हाहु/हाहो क्रि.वि. जेनतेन गरी कुनै तवरले पनि काम सिद्ध गर्ने चालसित; हाटहुट; हाहाहुहु।
96120 हिंगुवा ना. लाम्चा पात हुने; हरियोमा निला र खैरा धर्का परेका पत्रदार फूल फुल्ने र हरियो खोक्रो फल फल्ने एक रुख; आयुर्वेदका अनुसार पेटको खराबी र स्त्रीको गर्भसम्बन्धी रोगमा फाइदा गर्ने त्यसैको फल |
96121 हिँडन्ता / हिँडन्ते वि. खुब हिँड्न सक्ने; धेरै वा छिटोछिटो हिँड्ने; हिँडुवा।
96122 हिँडाइ ना. हिँड्ने भाव; क्रिया वा प्रक्रिया |
96123 हिँडाइनु क.क्रि. हिँड्न लाइनु।
96124 हिँडाउनु स.क्रि. / प्रे.क्रि. १. चोरी गर्नु; अपहरण गर्नु।
96125 हिँडाउनु स.क्रि. / प्रे.क्रि. २. धेरै हिँड्ने पार्न हिँड्न लाउनु।
96126 हिँडाउनु स.क्रि. / प्रे.क्रि. ३ लैजानु; लानु।
96127 हिँडिनु अ.क्रि. हिँड्ने काम गरिनु; पैदल गइनु।
96128 हिँडुवा वि. हिँडन्ता।
96129 हिँडुवा वि. स्त्री. हिँडुवी।
96130 हिँडैया वि. खुब हिँड्ने बानी भएको; हिँडन्ता।
96131 हिँड्नु अ.क्रि. १. खुट्टा चालेर फट्को मार्दै वा सार्दै एक ठाउँबाट अर्को ठाउँमा जानु पदयात्रा गर्नु; पैदल जानु।
96132 हिँड्नु अ.क्रि. २. प्रस्थान गर्नु; पहिलेको ठाउँ छाड्नु।
96133 हिँड्नु अ.क्रि. ३. अर्को पोइसँग जानु; पोइल जानु।
96134 हिँड्नु अ.क्रि. ४. मर्नु नाश हुनु।
96135 हिँडडुल ना. सुस्तरी यताउति हिँड्ने र घुम्ने काम; डुलफिर; घुमफिर।
96136 हिंसक वि. १. हिंसा गर्ने; मार्ने; हत्यारो; घातक।
96137 हिंसक वि. २. मार्ने वा टोक्ने जातको (बाघ; भालु; सर्प आदि); हिंसक |
96138 हिंसक वि. ना. ३. अर्काको हिंसा वा निन्दा गर्ने व्यक्ति।
96139 हिंसा ना. १. प्राणीहरूको ज्यान लिने काटमार गर्ने काम; हत्या; वध।
96140 हिंसा ना. २. अरूलाई कुनै किसिमबाट पीडा दिने वा हानि पुयाउने काम अपकार |
96141 हिंसात्मक वि. हिंसाको भावना भएको; अरूको कुभलो गर्ने।
96142 हिंसालु वि. १. हिंसा गर्ने; मार्ने वा सताउने हिंसक।
96143 हिंसालु वि. २. हिंसा गर्ने प्रवृत्ति भएको।
96144 हिंस्य वि. हिंसा गर्न योग्य; मार्नुपर्ने वा मार्न सकिने।
96145 हिंसक वि. १. हिंसा गर्ने वा मार्ने; हिंसक।
96146 हिंसक वि. ना. २. हिंसा गर्ने पशु; डरलाग्दो जनावर।
96147 हिउँ ना. प्राकृतिक ठन्डीले जमेको आकाश वा बादलमा रहने जलीय अंशको ठोस रूप; पहाडका टाकुरामा जमेको त्यसैको सेतो ढिका; हिम।
96148 हिउँ चितुवा ना. सेतो शरीरमा कालो थोप्ला हुने; लामो पुच्छर र अलि सानो जिउ भएको; मांसाहारी समूहमा पर्ने प्रायः हिमाली भेगमा पाइने चितुवा |
96149 हिउँचुली ना. हिमालका चुचुराहरूको समूह; हिउँको चुली; हिमचुली।
96150 हिउँद ना. जाडो याम; नागपञ्चमीदेखि श्रीपञ्चमीसम्मका छ महिनाको समय।