Dictionary

All Word

95951 हान्नु स.क्रि. ६. अर्काले उठाउने लाभमा हानि र आफ्नो लाभ वा हुँदो गराउनु।
95952 हान्नु स.क्रि. ७. छिटै हिँड्नु टाढा मिल्काउनु वा आफल्नु (जस्तो- वेग हान्नु; ढुङ्गा हान्नु; जाल हान्नु इ.)।
95953 हा पहा ना. १. फ्याउरो कराएको आवाज।
95954 हा पहा ना. क्रि.वि. २. उक्त आवाज निस्कने गरी।
95955 हापा वि. १. बढ्ता च्यातिएको मुख भएको; ठुलो मुख भएको।
95956 हापा वि. २. हाब्रे ; खन्चुवा।
95957 हापा वि. ३. बाँसको खबटो।
95958 हापुड्ड क्रि.वि. १. बालकले मुख बाएर खाना खाने गरी (उदा.- को खाई को खाई नानी हापुड्ङ खाई )।
95959 हापुड्ड क्रि.वि. २. ना. त्यसरी खाने किसिम; खवाइ।
95960 हlप्प क्रि.वि. नचाहिँदो तरिकाले सुन्निने वा फुल्ने गरी हुप्प।
95961 हाप्सिलो ना. १. रातबिरात हापहाप गरी कराएर गाउँघरका आसपासमा घुम्ने र घारीहुँदो बस्ने फ्याउराका जातको एक हिंसक प्राणी |
95962 हाप्सिलो ना. वि. २. ठुलठुला गाँस हालेर खाने; धेरै खाने; खन्चुवा।
95963 हाफ वि. आधा; अर्ध।
95964 हाफटिन ना. लगभग एक पाथी पानी अटाउने टिनको भाँडो।
95965 हाबी ना. रुचि; चासो; लगनशीलता।
95966 हाब्रे वि. १. बेछाँटको ठुलो ज्यादै भद्दा।
95967 हाब्रे वि. २. चुबुरचुबुर खाइरहने; खन्चुवा।
95968 हाब्रे वि. ३. मुख बढ्ता च्यातिएको; खाने मुख ठुलो भएको।
95969 हाम ना. १. खाने वा गाँस हाल्ने काम; खबाइ (बालबोलीमा ) |
95970 हाम ना. २. हाम्म।
95971 हाम ना. अर्द्धवृत्ताकार इन्द्रेनी।
95972 हाम ना. उँचो ठाउँबाट तल फाल हाल्ने वा खस्ने काम; हामफलाइ |
95973 हाम फलाइ ना. हाम फाल्ने काम; फालहलाइ।
95974 हाम फाल्नु अ.क्रि. उँचो ठाउँबाट जमिनमा वा पानीमा शरीरमा चोटपटक नलाग्ने गरी हुत्तिनु; फाल हाल्नु।
95975 हाम फालिनु अ.क्रि. फाल हालिनु।
95976 हामी सर्व. १. उत्तम पुरुष प्रथमा विभक्तिको 'म' शब्दको बहुवचन रूप।
95977 हामी सर्व. २. धेरै जनाको प्रतिनिधित्व गरेर कुनै एक व्यक्तिले बोल्दा प्रयोग गरिने शब्द।
95978 हामी सर्व. ३. म'को सट्टामा अहम्भाव जनाउन प्रयोग गरिने सर्वनाम |
95979 हाम्म क्रि.वि. १. ससाना केटाकेटीलाई अँगालो मार्न वा काख लिन बोलाउने गरी ना. २ अङ्कमाल; अँगालो (बालबोलीमा)।
95980 हाम्रो वि. हामीहरूको; मेरो शब्दको बहुवचन।
95981 हाय वि.बो. खेद; दया; सहानुभूति; करुणा; शोक आदि भाव प्रकट गर्ने शब्द हाइ |
95982 हायलकायल वि. १. कामकुरामा दिक्दार भएको; आत्तिएको हैरान; कायल; हावाकावा।
95983 हायलकायल वि. २. थर्कमान; थरहरी |
95984 हायहाय वि.बो. हाइहाइ।
95985 हायु वि. १. धेरै खाने; खाइद्यौ; खन्चुवा।
95986 हायु वि. २. आ खूबी नभएको; गतिपतिहीन।
95987 हायु ना. नेपालको पूर्वी पहाडी भागमा बसोबास गर्ने एक जाति।
95988 हार ना. १. युद्ध; खेल; प्रतियोगिता आदिमा विपक्षी वा प्रतियोगीको जित आफ्नो हराइ; पराजय।
95989 हार ना. २. थाक्ने काम; थकाइ; ३. बाध्यता वा असमर्थताले निहुरनुपर्ने स्थिति; शिथिलता।
95990 हार ना. विवशता; लाचारी |
95991 हार ना. १. गलामा पहिरिने फूल; रत्न आदिको माला।
95992 हार ना. २. बिचमा मणि वा कुण्डल आदि लट्केको सुनको सिक्री।
95993 हार ना. ३. लहर; पङ्क्ति; ताँती |
95994 हार ना. वि. ४. लाने वा ल्याउने।
95995 हार ना. ५. हरण गर्ने; चोर्ने।
95996 हार ना. ६. नाश गर्ने।
95997 हारक वि. १. खोसेर लिने; हरण गर्ने; खोस्ने।
95998 हारक वि. २. मनोहर राम्रो।
95999 हारक वि. ना. ३. चोर।
96000 हारक वि. ४. लुटेरा; डाँका।