Dictionary

All Word

95901 हाताहाती क्रि.वि. हातलागी भएको वा हातमा परेको।
95902 हाते वि. १. हातमा लिएर उपभोग गरिने; हातको लायक।
95903 हाते वि. २. हातसम्बन्धी; हातको।
95904 हाते वि. ३. कलिलैमा पाडाबाछा मरेर हातैले पघारी दुध दुहिने; हतुवा ( गाई-भैंसी आदि)।
95905 हाते वि. ना. ४. तासको खेलमा थप तास नथुतीकन बाँडेकै तासबाट बाजी जित्ने काम; हाते माय।
95906 हाते कम्पोज ना. मुद्रण गर्नका निम्ति केसबाट अक्षर टिपी हातले गरिने कम्पोज |
95907 हाते जरो ना. लेकाली भेकमा पाइने एक बुटी।
95908 हाते तान ना. हातले कपडा बुन्ने तान (ह्यान्डलुम)।
95909 हातेपाते ना. १. हातपा।
95910 हातेपाते ना. क्रि.वि. २. हाताहाती।
95911 हाते प्रेस ना. हातैले चलाइने मुद्रणयन्त्र |
95912 हाते बन्चरो ना. पाषाणयुगमा मानवले प्रयोग गर्ने गरेको विनाबिंडको बन्चरो |
95913 हाते बर्मा ना. काठ प्वाल पार्न हातले घुमाइने ज्याबल।
95914 हातेमाथ ना. तासको खेलमा भुइँको पत्ती नटिपी - नथुतीकन बाँडेको तासले नै बाजी जित्ने काम।
95915 हातेमालो ना. . परस्परमा हात समात्ने काम; अङ्कमाल; बाहाँजोरी।
95916 हातो ना. १. जाँतो घुमाउन समातिने बिंड।
95917 हातो ना. २. यन्त्र आदि चलाउँदा हातले समातिने अवयव।
95918 हात्ती ना. लामो सुँड; ठुलो र भद्दा शरीर; नाङ्लाजत्रा कान भएको; प्रायः वाहनका रूपमा प्रयोगमा ल्याइने एक स्तनपायी जनावर।
95919 हात्ती काने ना. १. खसा ठुलठुला पात हुने; राता वा पहेंला फूल फुल्ने; खिर्राका जस्ता फल फल्ने; खसो बोक्रा हुने र पहेँलो चोप निस्कने बुटीविशेष; सजिवन; रतन्जो।
95920 हात्ती काने ना. २. मास्तिर कान जस्तै निस्केको; फित्ता बान्न नपर्ने छालाको जुत्ता |
95921 हात्ती छेरा ना. नफलेको निम्न खालको रातो मोटो चामल।
95922 हात्तीपाइले- ना. १. हात्तीका पाइलाका आकारका पात र गुलाफी रङका झुप्पा परेका फूल फुल्ने; गोलो फल लाग्ने; एक जातको खनायो।
95923 हात्तीपाइले- ना. २. खुट्टा सुन्निएर थामजस्तो हुने रोग।
95924 हात्तीपाइले- ना. वि. ३. खुट्टा सुन्निने रोग लागेको थामखुट्टे।
95925 हात्तीबार ना. विशेषगरी डोरी; नाम्ला; दाम्ला आदि बनाउन पाटको रूपमा प्रयोग गरिने सेता फुसा रङका लामालामा हुँडका आकारका लोप्रा हुने र ती लोप्राको दुवै छेउ र टुप्पामा तिखा र घोच्ने काँडा भएको; ठुलठुला झाङ हुने र त्यसै झाङबाट निस्किएको टुसो बढी फुलेर फलसमेत लाग्ने बुटो |
95926 हात्तीबुटे ना. मसिना हरिया फूल फुल्ने खालको बन्सो घाँस।
95927 हात्तीसार ना. हात्ती बाँध्ने ठाउँ वा घर; हात्ती राखिने ठाउँ।
95928 हात्तीसुँडे वि. १. हात्तीको जस्तो सुँड भएको; भद्दा लाम्चो अनुहारको।
95929 हात्तीसुँडे वि. ना. २. टीकाटीका परेका लाम्चा ठुला पात हुने; हात्तीका सुँड जस्तै घुँगुरिएका लामा केस्राका टुप्पामा मसिना; निला फूल फुल्ने एक बुटी |
95930 हात्तीहौवा ना. ठुलो डर देखाएर केटाकेटीलाई तर्साए जस्तै तर्साउने काम।
95931 हानथाप ना. कुनै फाइदा लिन दुई वा धेरै जनाले तँछाडमछाड गर्ने काम; परस्परको प्रतिस्पर्धा; हारालुछ; लुछाचुँडी।
95932 हानमार ना. काटमार; मारकाट।
95933 हानाहान ना. १. एकले अर्कोलाई हान्ने वा प्रहार गर्ने काम; परस्परको मारपिट |
95934 हानाहान ना. २. हानथाप प्रतिस्पर्धा; लुछाचुँडी।
95935 हानि ना. १. खेती; व्यापारव्यवसाय आदिमा भएको घाटा; नोक्सान; टुट्टा।
95936 हानि ना. २. दुःख पुऱ्याउने काम; कुभलो; अपकार।
95937 हानि ना. ३. खती; बर्बादी।
95938 हानिकर वि. हानिकर |
95939 हानिनोक्सानी ना. घाटा वा नोक्सान भएको स्थिति; कुनै वस्तु हराएको वा नाश भएको अवस्था।
95940 हानिनु अ.क्रि. १. वेगसित जानु; जोडले जानु।
95941 हानिनु अ.क्रि. क.क्रि. २. कुनै वस्तुले हिर्काइनु।
95942 हानिनु अ.क्रि. ३. काममा बाधा पारिनु।
95943 हानेफाने ना. १. फुर्तीसाथको कामगराइ छिटोछिटो काम गर्ने चाल।
95944 हानेफाने ना. २. हाइँफाइँ; लम्कीझम्की।
95945 हान्डहुड ना. कुनै वस्तु वा व्यक्तिलाई यताउता पारेर खलबल्याउने काम; हन्डाङडुन्डुङ।
95946 हान्नु स.क्रि. १. हातहतियार; सिङ; मुक्का; आदिले कसैमाथि प्रहार गर्नु; हिर्काउनु।
95947 हान्नु स.क्रि. २. काठ; ढुङ्गा बन्चरो; घन; मुङ्ग्रो आदि चलाउनु; ठोक्नु।
95948 हान्नु स.क्रि. ३. घडी; घण्टा आ बजाउनु।
95949 हान्नु स.क्रि. ४. दाउमा मार्ने उद्देश्यले कौडा; पासा आदि छाड्नु पैसा हार्नु।
95950 हान्नु स.क्रि. ५. स्त्रीसमागम गर्नु।