Dictionary

All Word

95851 हाटहुटे वि. हाटहुट गर्ने; चलाखीसाथ छिटो काम गर्ने।
95852 हाटे वि. १. हाटको; हाटसम्बन्धी।
95853 हाटे वि. २. हाट जाने |
95854 हाटे वि. ना. ३. हाट भर्न जाने वा हाट भरेर फिर्ने मानिस।
95855 हाट्टहुट्ट हाटहुटको तीव्रतासाथ |
95856 हाड ना. १. मानिस; पशुपक्षी आदिका शरीरभित्र रहने सात धातुमध्ये सबभन्दा कडा धातु; शरीरभित्र शरीरकै अङ्गका रूपमा रहने सेतो कडा पदार्थ; अस्थि; हड्डी।
95857 हाड ना. २. ओखर; काजु; बदाम आदि फलको कडा खपटो।
95858 हाड ना. ३. आँप; मुला आदि छिपिएर भित्र गुदी वा गुदीको आवरणमा जम्ने कडा जालो।
95859 हाडखोड ना. शरीर सडेर पनि धेरै वर्षसम्म रहने हाड; खुर आदि वस्तु।
95860 हाडछाला वि. १. हाड र छाला मात्र बाँकी रहेजस्तो ज्यादै दुब्लो।
95861 हाडछाला वि. ना. २. हाड र छाला।
95862 हाडनाता ना. वंश-परम्परागत काल; जन्म वा विवाह आदिका सम्बन्धले एकै योनिको सम्बन्ध; नजिकको साइनु।
95863 हाडनाता करणी ना. हाडनाता पर्नेसँग गरिने मैथुनकार्य; हाडनाताका स्त्रीपुरुषका बिच भएगरेको अनैतिक सहवास |
95864 हाडफोरा ना. एक प्रकारको चरो।
95865 हाडफोरा वि. हाडनातामा करणी गर्ने।
95866 हाडमासु ना. १. हाड र मासु।
95867 हाडमासु ना. २. असलकमसल वस्तुको मिल्दो अनुपात; यथायोग्य |
95868 हाडे वि. १. हाड भएको।
95869 हाडे वि. २. हाड जस्तै कडा बोक्रा भएको खपटे ( ओखर; बदाम आदि)।
95870 हाडे उन्यु ना. छ्वालीका जस्ता कडा र गाढा कलेजी रङका छत्राकार डाँठ; दम्कन्नेका छाँटका नसादार पात हुने र बाल्दा पड्कने झाँगिएको जङ्गली झार |
95871 हाडेओखर ना. कडा बोक्रा भएको भाइटीकामा प्राय: सर्जामका रूपमा लिइने ओखर; खपटे बोक्रा भएको र भित्रको गुदी खाइने एक मसला।
95872 हाडेगुडी ना. . 'हाडेगुडी हाडेगुडी यहाँ के छ ?' भन्दै माउले सोध्ने र अर्कोले उत्तर दिँदै जाने; केटाकेटीले ताँती लागेर खेल्ने एक खेल।
95873 हाडे जिउ ना. हाड देखिने जिउ; खबटे जिउ |
95874 हाडेबयर ना. केही लाम्चा र बाटुला पात; हरिया ससाना फूल र थोरै गुदी हुने राता गोल फल फल्ने काँडादार बोट वा त्यसैको फल।
95875 हाडेलसुन ना. लसुनका जस्ता पोटी र पात हुने रातापहेँला छिर्का परेका फूल फुल्ने बोट वा त्यसैको फल।
95876 हाडैहाड ना. धेरै हाड; हाडहाडको मात्र भाग वा अंश।
95877 हात ना. १. शरीरको कुमदेखि औँलाका टुप्पासम्मको अवयव; कुहुनादेखि वा हर्युङ्गादेखि औँलासम्मको अङ्ग; बाहुली; बाहाँ; बाहु; हस्।
95878 हात ना. २. कुइनादेखि माझी औंलाको टुप्पासम्मको लामो नापो; आधा गजको परिमाण।
95879 हात ना. ३. अख्तियार; अधिकार; पहुँच।
95880 हात ना. ४. तास; कौडा आदि खेलको पटक चोटि।
95881 हात ना. वि. ५. दुई बित्ताको आधा गज नापो भएको।
95882 हातकट्टु वि. हात काटिएको वा नभएको; हुँडो।
95883 हातको मयल ना. १. केही समय हातमा रहेर जाने तुच्छ कुरा (दामपैसाका निम्ति प्रयुक्त)।
95884 हातको सफाइ ना. १. अरूका आँखा छलेर गरेको चोरी वा ठगी।
95885 हातको सफाइ ना. २. त्यसरी आँखा छल्ने हातको चलाखी।
95886 हातजोडी ना. १. हातका पन्जाका आकारको जरो; हाडे लसुनका जस्ता पात हुने र घोगाका आकारका फूलमा मरिचजत्रो कलेजी दाना लाग्ने; प्रायः हिमालमा पाइने बुटी वा त्यसैको जरो; पाँचऔँले।
95887 हातपात ना. १. अनुमति वा इच्छाविना वासनापूर्तिका लागि पुरुषले स्त्रीमाथि हात हाल्ने काम बलात्कार।
95888 हातपात ना. २. कुट्ने र पिट्ने काम कुटपिट |
95889 हात मिसामिस ना. परस्परमा हात छोड्ने काम; हातहालाहाल |
95890 हातमुख ना. १. काम गर्ने हात र खाने; बोल्ने मुख; हात र मुख।
95891 हातमुख ना. २. जीवननिर्वाहको साधन (जस्तो- हातमुख जोराइ)।
95892 हातलागी ना. कुनै वस्तु आफ्नो अधिकारमा आउने काम; आम्दानी; प्राप्ति।
95893 हातलागी ना. २. गणितको क्रियामा दशथानी सङ्ख्याको अन्तिम अङ्क लेखेर बाँकी रहेको सङ्ख्या; गुणन; भागाहार आदिमा आ लब्धिको एकाइ; सङ्ख्या लेखेर बचेको दहाइ आदि सङ्ख्या।
95894 हातसार/ सारी/सारो ना. हातहातै सारेर पूरा गरिने काम धेरै जनामा एकपछि अर्को लाग्दै पूर्ण हुने पालैसितको कामगराइ |
95895 हातहतियार ना. १. खुँडा; भाला; बन्दुक आदि हतियारको समूह; शस्त्रास्त्र।
95896 हातहतियार ना. २. कर्मीको काम गर्ने साधन; ज्याबल; औजार।
95897 हात हालाहाल ना. परस्परमा हात हाल्ने काम; पिटापिट |
95898 हाता ना. १. निजी वा सङ्घसंस्था आदिको भवनको चौघेरा घेरा; गिर्दा।
95899 हाता ना. २. जिल्ला ; प्रान्त; प्रदेश |
95900 हाताहाती क्रि.वि. लगत्तै हातहातै तुरुन्तातुरन्ती ( लेनदेन; खरिदबिक्री आदि)।