Dictionary

All Word

94601 हेलमेल ना. १. मेलमिलाप; मिलजुल; हिलमिल।
94602 हेलमेल ना. २. बसाउठी; सङ्गत।
94603 हेलम्बु ना. नेपालको सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा रहेको, पर्यटन व्यवसायका दृष्टिले प्रसिद्ध रमणीय स्थान ।
94604 हेलाँ ना. १. हेला; तिरस्कार; अपमान।
94605 हेलाँ ना. २. बेवास्ता; उपेक्षा।
94606 हेला ना. १. कसैको स्थान वा पदअनुसार आदर नगर्ने काम; अनादर; अपमान।
94607 हेला ना. २. बेवास्ता; उपेक्षा।
94608 हेला ना. ३. धृष्टतापूर्वक आँखा, हात आदि नचाएर क्रीडा व्यक्त गर्ने स्त्रीको चेष्टा।
94609 हेला ना. ४. क्रीडा; केलि।
94610 हेलिकोप्टर ना. माथितिर लामा पङ्खा हुने, आकाशमा एकै ठाउँ केही बेर स्थिर पनि रहन सक्ने, उड्न र बस्न धेरै ठाउँ नचाहिने एक विमान।
94611 हेलिनु क.क्रि. १. हेल्ने काम गरिनु। अ.क्रि.
94612 हेलिनु क.क्रि. २. नदी; खोलो आदिको वेग विचारै नगरी वा पारी तर्ने डरै नमानी पानीको भेलमा पस्नु।
94613 हेलिनु क.क्रि. ३. एक्कासि युद्ध, सङ्घर्ष आदिमा लाग्नु; होमिनु।
94614 हेलीमेली वि. १. हेलमेल भएको; मेलमिलाप देखिएको
94615 हेलीमेली वि. २. मिलनसार।
94616 हेलै क्रि.वि. सजिलैसँग कुनै झन्झट नभईकन; सहजै।
94617 हेल्नु स.क्रि. १. गाईभैँसी, घोडा आदिलाई खोलो वा नदी तार्नका लागि पानीको भेलमा पसाउनु।
94618 हेल्नु स.क्रि. २. हुल्नु; पसाउनु।
94619 हेल्याइ ना. हेलिने भाव, क्रिया वा प्रक्रिया ।
94620 हैँसा ना. अंश; भाग। (उदा.- भाइभाइमा बाँडिने भाग अंशको हैँसा हो)।
94621 हैँसे ना. १. कुनै गह्रौँ वस्तु धेरै जना मिलेर उचाल्दा, ठेल्दा, तान्दा वा पल्टाउँदा बल मिलाउन बोलिने बोली; सहयोगी स्वर।
94622 हैँसे ना. २. सहयोग।
94623 हैँसे ना. ३. कामको भाग।
94624 है वि.बो. १. कतै टाढाबाट बोलाउँदा प्रत्युत्तरमा भनिने शब्द; हँ। निपा.
94625 है वि.बो. २. जे भन्ने हो; भनिसकेपछि विशेष अनुनय वा प्रार्थना जनाउन वाक्यका अन्तमा प्रयोग गरिने शब्द। (उदा.- तिमी त साँच्चै लोभी रहेछौ है )।
94626 है वि.बो. ३. सावधान हुँदा वा कुनै काम कुराको मन्जुरी गराउँदा भनिने शब्द। (उदा.- यस्तो काम नबिर्सीकन गरिदिनु है)।
94627 हैकम ना. १. अहोट; हुकुमत; तैनाथ।
94628 हैकम ना. २. अनुशासन; नियन्त्रण; अदब।
94629 हैकम ना. ३. प्रभाव; दबदबा। ४ नियन्त्रण; कब्जा।
94630 हैकमवादी वि. हैकम चलाउने; प्रभुत्ववादी।
94631 हैजा ना. तारन्तार दिसा र वमन भइरहने एक सङ्क्रामक रोग; विसूचिका; उपरतली; कलेरा।
94632 हैम वि. १. सुनको; स्वर्णसम्बन्धी।
94633 हैम वि. २. हिउँको; हिउँ सम्बन्धी।
94634 हैमन्तिक वि. हेमन्त ऋतुको; हेमन्तसम्बन्धी ।
94635 हैमी वि. १. सुनको।
94636 हैमी वि. २. सुनौला रङको (प्रभा आदि)।
94637 हैमी वि. ३. हेमन्त ऋतुको; हैमन्तिक।
94638 हैरान वि. १. छक्क पार्ने तथा उदेकलाग्दो कामकुरा बेहोर्नु परेर आत्तिएको; दिक्दार; वाक्क।
94639 हैरान वि. २. हिँड्दा; घुम्दा; खोज्दा आदि कारणले व्याकुल।
94640 हैरान वि. ३. थाकेको; थकित; क्लान्त।
94641 हैरानी ना. १. दिक्दारी; खिन्नता।
94642 हैरानी ना. २. थकाइ; पीडा।
94643 हैरानी ना. ३. धपेडी; धामा।
94644 हैसियत ना. १. सामाजिक तथा आर्थिक स्तर वा योग्यता; सामर्थ्य; शक्ति।
94645 हैसियत ना. २. मानमर्यादा; इज्जत; प्रतिष्ठा।
94646 हैसियत ना. ३. धनसम्पत्ति।
94647 हैसियतदार वि. सामाजिक प्रतिष्ठा वा आर्थिक स्थिति दह्रो भएको; सम्पन्न।
94648 हैसियतवाला वि. हैसियतदार।
94649 हो कि वि.बो. सम्भावना जनाउने वा सन्देह र साक्ष्यको सूचना गर्ने पदावली (उदा.- ऊ घर आएको हो कि। त्यो कुरा हो कि होइन थाहा छैन)।
94650 हो होइन वि. १. साह्रै कम्ती; नजानिँदो।