Dictionary

All Word

95801 हाई स्कुल ना. माध्यमिक विद्यालय; कक्षा दशसम्म अध्ययनअध्यापन गरिने पाठशाला।
95802 हाई-हाई वि.बो. १. चारैतिरबाट सुखसुविधा भएको स्थिति क्रमशः सम्पन्न हुँदै गएको अवस्था।
95803 हाई-हाई वि.बो. ना. २. प्रशंसा; तारिफ |
95804 हाउ ना. १. स्त्रीजातिले आँखा; मुख; हात आदि नचाएर अरूलाई आकर्षण गर्ने चेष्टा हाव।
95805 हाउ ना. २. सङ्गीत; नृत्य आदिमा कुनै भाव अभिव्यञ्जित गर्नाका लागि गरिने अङ्गहरूको चेष्टा।
95806 हाउ ना. केटाकेटीलाई डर देखाउन वा तर्साउनका लागि कल्पना गरिएको भयावह प्राणी।
95807 हाउ गीत ना. बालक तर्साउन गाइने एक थरी गीत |
95808 हाउगुजी ना. . हाउ किरो।
95809 हाउडे वि. १. आफ्नो कामकर्तव्यमा भने चासो नराख्ने अरूसँग लिनेपाउने कुरामा चाहिँ ठुलो मुख बनाउने।
95810 हाउडे वि. २. ठुलो मुख भएको धेरै खाने।
95811 हाउडे वि. स्त्री. हाउडी।
95812 हाउबुजी ना. हाउ किरो; हाउगुजी |
95813 हाउभाउ ना. ] हावभाव |
95814 हाउलिनु अ.क्रि. धुम्मिनुः बादल लाग्नु; कुहिराले ढाक्नु |
95815 हाउलो ना. १. कुहिरो; बादल।
95816 हाउलो ना. २. हुस्सु।
95817 हाकपारी ना. धाक वा फुर्ती देखाउने काम; हाइफाईं; हाकहुक |
95818 हाकहुक ना. कुनै काम अरूबाट सिद्ध गराउनका निम्ति लगाइने धाक वा फुर्ती; हाइँफाइँ; हो-हो।
95819 हाकाहाकी क्रि.वि. कुनै कामकुरा भन्न वा गर्न असजिलो भए तापनि निःसङ्कोच तथा साहसपूर्वक प्रकट गर्न तम्सिएर; प्रत्यक्ष रूपमा खुल्लमखुल्ला।
95820 हाकिम ना. आफ्ना मातहतका कर्मचारीको कामको रेखदेख गर्नाका साथै अड्डा वा कार्यालयको उचित व्यवस्था मिलाउने मुख्य व्यक्ति; कार्यालयको प्रमुख पदाधिकारी।
95821 हाकिमी ना. हाकिमको अवस्था; काम वा पद।
95822 हाकी ना. दुवै हात फैलाएर साना केटाकेटीलाई मायाले बोलाउने शब्द |
95823 हाक्कहुक्क क्रि.वि. १. हप्काउने र तर्साउने गरी; चर्को डाँकोका भरमा प्रभुत्व जमाउन खोजेर।
95824 हाक्कहुक्क क्रि.वि. २. जसोतसो गरी मेलो सार्ने वा काम सक्ने चालसि।
95825 हाड्रायो ना. धनेश चरो।
95826 हाच्छिउँ / हाच्छयूँ ना. नाकभित्र केही पस्दा; नस हाल्दा वा अरू कुनै कारणले नाकबाट सासको झोक्का फुत्कँदा सुनिने शब्द; छिक्ने काम; आच्छ्यूँ छिउँ; छिंक।
95827 हाजा ना. सितो नजोडिएको फरफराउँदो भात; बफाएको भा।
95828 हाजिर वि. १ अगाडि रहेको; रुजु उपस्थि।
95829 हाजिर वि. २. प्रस्तुत तयार |
95830 हाजिर वि. ना. ३. कुनै नियत स्थानमा उपस्थित हुने काम; उपस्थिति।
95831 हाजिरकापी ना. हाजिर वा उपस्थिति जनाइने पुस्तिका; हाजिर गर्ने ही।
95832 हाजिर गोस्वारा ना. सरकारी कर्मचारीको हाजिर लिने र काम गरेनगरेको लेखा राख्ने पुरानो एक अड्डा।
95833 हाजिरजमानी ना. कुनै अपराध वा काम-कुरामा लागेको मानि अड्डाले खोजेको बखत हाजिर गराउँला भनी बिचको मानिसले आफू जमानी भई लेखिदिने कागत |
95834 हाजिरजवाफ वि. प्रश्नको आशयअनुसार तुरुन्त उपयुक्त उत्तर दिएर खेलिने खेल |
95835 हाजिरजवाफ प्रतियोगिता ना. प्रायः विद्यार्थी वा अन्य इच्छुक व्यक्तिहरूका बिच कम्तीमा दुई थरी समूहविभाजन गरी सामान्यज्ञानसम्बन्धी छोटा प्रश्न सोधेर बुद्धिप्रखरताको मापन गर्ने प्रतियोगिता; सामान्यज्ञान प्रतियोगिता।
95836 हाजिरजवाफी वि. हाजिर जवाफ हुनाको भाव; गुण वा अवस्था।
95837 हाजिरवाला ना. हाजिर गर्ने कर्मचारी उपस्थिति लिने वा जाँच्ने व्यक्ति।
95838 हाजिरवाला ना. वि. २. हाजिर भएको; उपस्थित |
95839 हाजिरा ना. हाजिर भएर काम गरेबापत पाइने ज्याला; पारिश्रमिक |
95840 हाजिरी ना. हाजिर हुने वा लिने काम; उपस्थिति।
95841 हाजिरी जवान ना. हाल हाजिर रहेका मानिसको सङ्ख्या।
95842 हाजिरीजवाफ ना. सोध्नेबित्तिकै छिटो दिइने जवाफ; हाजिरजवाफ |
95843 हाजिरी फाराम ना. हाजिर गर्ने वा गरिएको कागत; प्रत्येक महिनाको अन्तमा कर्मचारीलाई तलब खुवाउनका लागि माथिल्लो कार्यालयमा पठाइने उपस्थितिविवरण |
95844 हाजी ना. हज गरेर आएको मुसलमान।
95845 हाट ना. १. तोकिएको बार वा समयमा गाउँहरूमा लाग्ने सानो बजार; अस्थायी दुकान।
95846 हाट ना. २. पसल; दुकान।
95847 हाटखोला ना. हाटबजार।
95848 हाटबजार ना. तोकिएको दिनमा मात्र लाग्ने हाट र सधैंभरि लाग्ने बजार |
95849 हाटबजार विकास आयोजना ना. कृषिमन्त्रालय; खाद्यकृषि बजार सेवा विभागले भइरहेका हाटबजारको सुव्यवस्था गर्ने र तिनमा सुविधा प्रदान गर्ने उद्देश्यले मधेसको लाहान भन्ने ठाउँबाट आरम्भ गरेको एक कार्यक्रम |
95850 हाटहुट ना. कुनै कामकुरो छिटै सिद्ध्याउनका लागि गरिने चलाखी र फुर्तीसाथको प्रयत्न हाट्टहुट; हाइँफाइँ।