Dictionary

All Word

95751 हाँडीखउडे वि. १. अँध्यारो र घोप्टो मुख भएको; अँध्यारमुखे।
95752 हाँडीखउडे वि. ना. २. त्यस्तो मानिसलाई गाली गर्दा प्रयोग गरिने शब्द |
95753 हाँडीगाग्रा ना. मकै भुट्ने हाँडी र पानी ओसार्ने; हाल्ने गाग्राधैँटाहरू।
95754 हाँडीघोप्टे वि. १. कालो र घोप्टो मुख भएको; ज्यादै कालो अनुहारको।
95755 हाँडीघोप्टे वि. २. सबै आफू मात्र खाऊँ भन्ने भएभरको खान खोज्ने (व्यक्ति)।
95756 हाँडी घोप्ट्याएजस्तो वि. ज्यादै अँध्यारो; अति कालो।
95757 हाँडे ना. कानका फेदमा च्यापुका दुवैपट्टि फुकुन्डो निस्केर सुन्निने एक रोग।
95758 हाँडो ना. १. माटाको वा धातुको थोत्रो भाँडो।
95759 हाँडो ना. २. निन्दा गर्दा वा झर्किएर भाँडाको नाम लिँदा भनिने हेयार्थक शब्द |
95760 हाँडोचिन्डो ना. हाँडाचिण्डा।
95761 हाँडो भाँडो ना. १. हाँडी र भाँडाहरूको समूह; भएभरका भाँडाकुँडा।
95762 हाँडो भाँडो ना. २. घरायसी कामका मालमत्ता; झिटीमिटी |
95763 हाँप्नु अ.क्रि. १. गर्मी वा परिश्रमले छिटोछिटो लामो सास फेर्नु; स्वाँस्वाँ गर्नु; धक्नु।
95764 हाँप्नु अ.क्रि. २ थुतुनाले कुँक्क गरेर हान्नु।
95765 हाँपझँlप ना. १. हतारले हिँड्दा वा छिटछिटो दौडँदा थकाइले लामो सास फेर्ने काम; स्वाँफ्वाँ।
95766 हाँपझँlप ना. २. मन परेको कुरा लिन वा खोस्नका निम्ति गरिने झम्टाइ |
95767 हाँपझँlप ना. ३. साह्रै हडबडी वा हतप।
95768 हाँपिनु अ.क्रि. हाँप्ने काम गरिनु।
95769 हाँस ना. चेप्टो; फराकिलो चुच्चो र औँला नछुट्टिएको पन्जा हुने एक जातको मत्स्यजीवी जलीय पक्षी; परेवा वा कुखुरा जस्तै मासुका लागि घरमा पालिने; प्रायः हिलोमा र पानीमा खेल्न रुचाउने सोही चरो; हंस |
95770 हाँसको चिउरा ना. जमेको पानीमाथि तरजस्तो गरी लाग्ने चरीअमिलाका आकारका ससाना पात र त्यसकै तलतिर ससाना जरा देखिने झ्याउ; वारिपर्णी।
95771 हाँसखुट्टे ना. हाँसका पन्जाका आकारका पात हुने; आयुर्वेदअनुसार खटिरा; रक्तदोष आदि नाश गर्ने एक जातको लहरो; हंसपदी।
95772 हाँसपोखरी ना. १. हाँस बस्ने र चर्ने पोखरी।
95773 हाँसपोखरी ना. २. इलाम जिल्लामा रहेको यसै नामको एक डाँडो।
95774 हाँसिनु अ.क्रि. हाँस्ने काम गरिनु।
95775 हाँसे ना. आफू पहिले हाँसेर मात्र अरुलाई हँसाउने खालको अभिनेता।
95776 हाँसो ना. १. हाँस्ने काम हास।
95777 हाँसो ना. २. कसैको बिगार वा परिहासमा निस्कने हँसाइ; उपहास; ठट्टा।
95778 हाँस्नु अ.क्रि. १. मुखको मुद्रा र कान्तिले हृदयको खुसी वा आनन्द प्रकट गर्नु खुसीले मुखबाट शब्द निकालेर प्रसन्नता प्रकट गर्नु; हाँसो निकाल्नु; खित्का छाड्नु।
95779 हाँस्नु अ.क्रि. २. खुसी हुनु; दङ्ग पर्नु।
95780 हाँस्नु अ.क्रि. 3. अर्काको गिल्ला गर्नु; उपहास गर्नु।
95781 हा वि.बो. १. दिक्दारी; शून्यता; शोक; बिस्मात; घृणा आदि मनका भाव प्रकट गर्दा मुखबाट निस्कने शब्द।
95782 हा वि.बो. २. कसैले अनुचित कामकुरो गरेमा हप्काउनका लागि प्रयोग गरिने शब्द; निषेधसूचक शब्द |
95783 हार्रहुर्र क्रि.वि. हारहुर |
95784 हाइँ ना. १. बोल्न सुरु गरेको बालकले शब्द टिप्न खोज्दा भन्ने शब्द।
95785 हाइँ ना. २. फाइँको अग्रक |
95786 हाइफा ना. कुनै काम सिद्ध गराउनका निम्ति झिकिएको फुर्ती वा धाक; फुइँफाइँ; हाकहुक।
95787 हाइ वि.बो. १. ठुलो मानसिक ताप वा शारीरिक कष्ट परेको वेलामा सन्ताप प्रकट गरिने शब्द हाय।
95788 हाइ वि.बो. २. कसैलाई ज्यादै ठुलो कष्ट वा सन्ताप परेको देख्ता सहानुभूति र समवेदना दर्साउन प्रयोग गरिने शब्द कठै।
95789 हाइ वि.बो. 3. अरूको उन्नति र प्रगतिमा प्रसन्नता जाहेर गर्न उच्चारण गरिने शब्द (उदा.- हाइ; कति राम्रो भाग्य ! )।
95790 हाइडेलवर्ग मानव ना. नृतत्त्वशास्त्रका अनुसार जर्मनीको हाइडेलवर्ग नामक स्थानमा १९०७ इ. मा पहिलोपल्ट अश्मीभूत अस्थिअवशेषका रूपमा पाइएको नरवानर; आजभन्दा लगभग छ लाख वर्ष पूर्वको मानव।
95791 हाइड्रा ना. दुई मिलिमिटरदेखि बिस मिलिमिटरसम्मको लम्बाइ भएको; आठदशवटा हात भएको जम्मा दुई तहले मात्रै शरीर बनेको; शरीरमा शत्रुको सामना गर्न चिल्ने थुप्रै आरा हुने; खोल्साखाल्सी र पोखरी आदिमा पाइने; झट्ट हेर्दा झारपातजस्तो देखिने एक जीव।
95792 हाइड्रोजन ना. उदजन।
95793 हाइबरा वि.बो. अरू कसैलाई ठुलो सङ्कट पर्दा भनिने शब्द; बिचरा; कठै।
95794 हाइलम्फु वि. केही काम नलाग्ने; लट्ठू; लन्ठ; हलम्बू |
95795 हाइसन्च/ हाइसन्चो / हाइसुक्ख ना. १. सबैतिरबाट कुनै प्रकारको चिन्ता नभएको स्थिति; शारीरिक वा मानसिक कष्ट नभएको अवस्था; खोजेको जस्तो आनन्द वा मजा।
95796 हाइसन्च/ हाइसन्चो / हाइसुक्ख ना. २. सामान्य सुखमा पनि मानिने सन्तोष।
95797 हाइसन्च/ हाइसन्चो / हाइसुक्ख ना. क्रि.वि. ३. आनन्दसँग सुखसा।
95798 हाइसन्च/ हाइसन्चो / हाइसुक्ख ना. ४. सड़कोच नमानीकन वा आज्ञा नलिएरै।
95799 हाई ना. १. आलस्य; निद्रा आदिको आवेशबाट हुने आङ तन्काइ।
95800 हाई ना. २. शरीरलाई शिथिल बनाउने र मुख बाउने चेष्टाविशेष |