Dictionary

All Word

95701 हस्तान्तरणीय वि. अरूलाई दिने वा सुम्पन सकिने (प्रतीतपत्र आदि)।
95702 हस्तान्तरित वि. हस्तान्तरण गरिएको।
95703 हस्तामलक ना. १. आफ्ना हातमा रहेका औँलाजस्तो सबै काल र सबै कुरा देख्न वा जान्न सकिने विषय।
95704 हस्तामलक ना. २. शङ्कराचार्यका एक शिष्यको नाम।
95705 हस्ति ना. हात्ती।
95706 हस्तिदन्त ना. हात्तीको दाँत वा दाह्रा।
95707 हस्तिहाड ना. हात्तीको हाड; हात्तीको दाँ।
95708 हस्तिकर्णी पलाँस ना. एउटै पातको डाँठबाट तीनतीनवटा पात निस्कने संयुक्त पात भएको; मञ्जरीका भावको गाढा रातो वा सुन्तला रङको फूल फुल्ने; आयुर्वेदअनुसार कृमि; पखाला र आउँलाई निको पार्ने तथा सर्पको बिख मार्ने मानिएको (लेगुमिनोसी समूहको एक बोट।
95709 हस्तिनी ना. १. पोथी हात्ती; ढोई।
95710 हस्तिनी ना. २. कामशास्त्रअनुसार चार प्रकारका स्त्रीमध्ये रोमयुक्त तथा स्थूल काय हुने; धेरै खाने र कामवासना प्रबल भएकी स्त्री।
95711 हस्ती ना. हात्ती; गज।
95712 हस्ते क्रि.वि. अर्काको हात हुँदै; कसैको हातमा; मार्फ।
95713 हस्तेवारी ना. कुनै वस्तु कसैको मार्फत पाउने वा पठाउने काम।
95714 हत्यायुर्वेद ना. हात्तीको चिकित्साविषयमा लेखिएको शास्त्र।
95715 हस्त्यारोही ना. १. हात्तीको सबार।
95716 हस्त्यारोही ना. वि. २. हात्ती चढ्ने।
95717 हस्याङफस्याङ क्रि.वि. हतारमा आत्तिएर दौडँदा गर्मी वा थकाइले स्वाँस्वाँ गर्ने गरी।
95718 हस्स क्रि.वि. १. सडेगलेको वस्तुबाट दुर्गन्ध चल्ने गरी; ह्वास्स।
95719 हस्स क्रि.वि. २. जिल्लिने गरी; निराश हुने चालले।
95720 हह वि.बो. गाईगोरु धपाउँदा भनिने शब्द |
95721 हाँ वि.बो. १. अरूले भनेगरेका कुरामा सही थापेर भनिने शब्द स्वीकृतिसूचक शब्द।
95722 हाँ वि.बो. २. मन्जुरी वा स्वीकृति |
95723 हाँक ना. १. प्रतिपक्षी वा विपक्षीलाई सङ्घर्षका निम्ति गरिने आहवान; ललकार; हुङ्कार।
95724 हाँक ना. २. कुनै साहसपूर्ण कामका लागि जनसमूहलाई अगाडि बढाउने वा हाँक्ने काम।
95725 हाँक ना. ३. आँट; हिम्मत साहस।
95726 हाँकडाँक ना. . हप्कीदप्की।
95727 हाँकिनु क.क्रि. १. हाँक्ने काम गरिनु; हाँक दिइनु।
95728 हाँकिनु क.क्रि. २. बग्गी; मोटर आदि चलाइनु।
95729 हाँकिनु क.क्रि. 3. फर्माएर वा बढाई चढाई कुरा गरिनु।
95730 हाँकोडाँको ना. १. तारन्तारको बोलावट ठुलो स्वरको बोलाइ।
95731 हाँकोडाँको ना. २. हारगुहार |
95732 हाँक्नु स.क्रि. १. शत्रुपक्षका विरुद्ध युद्ध गरिने कुराको घोषणा गर्नु; हाँक दिन ललकार्नु।
95733 हाँक्नु स.क्रि. २. हैकम चलाउनु; अह्राउनु।
95734 हाँक्नु स.क्रि. ३. हिम्मतका साथ कुनै गौरवपूर्ण कामलाई अगाडि बढाउनु; आँट गर्नु।
95735 हाँक्नु स.क्रि. ४. मोटर; बग्गी; वायुयान आदि सवारी चलाउनु।
95736 हाँक्नु स.क्रि. ५. चमर; पङ्खा आदि हल्लाएर हावा निकाल्नु; हम्कनु।
95737 हाँक्नु स.क्रि. ६. फुर्माएर वा बढाई चढाईकन कुरा गर्नु; गफ चुट्नु।
95738 हाँगा ना. हाँगो |
95739 हाँगाबिंगा सानातिना धेरै हाँगा; ठुलो हाँगो र त्यसमा पलाएका साना हाँगा |
95740 हाँगिनु अ.क्रि. कुनै रुखको हाँगा फाट्दै जानु; हाँगाबिँगा फैलिनु; झाँगिनु।
95741 हाँगे वि. १. हाँगा फाटेको; धेरै हाँगा भएको (लहरा; रुख आदि)।
95742 हाँगे वि. २. बढी औंलो पलाएको (व्यक्ति)।
95743 हाँगेटिको ना. तीन हाँगा भएको; आइमाईले निधारमा लाउने टीको।
95744 हाँगो ना. १. रुखको मूल काण्डबाट फाटी बेग्लाबेग्लै बाँडिएर बढेको भाग; रुखबाट निस्केका सानातिना डाँठ; शाखा।
95745 हाँगो ना. २. मुख्य नदीबाट छुट्टिएर अलग्गै बग्ने नदी।
95746 हाँगो ना. ३. मुख्य वस्तुसँग सम्बन्धित सानो वस्तु; शाखा।
95747 हाँडाचिन्डा ना. १. माटाका भाँडा र लौका; तुम्बी आदिका भाँडा।
95748 हाँडाचिन्डा ना. २. भाँडाकुँडाका लागि तुच्छार्थबोधक शब्द।
95749 हाँडी ना. मकै; खट्टे; चिउरा आदि भुट्ने कसौडीका आकारको तर मुख ठुलो भएको माटाको भाँडो; हण्डी।
95750 हाँडीओढार ना. हाँडीका आकारको वा हाँडीजस्तो अँध्यारो ठुलो ओडार |