Dictionary

All Word

95651 हविष्य वि. १. अग्निमा होम गर्न लायक; आहुति दिन योग्य; पवित्र।
95652 हविष्य वि. ना. २. व्रत; यज्ञ आदि गर्ने वा गराउनेले अघिल्लो दिन खाइने सात्त्विक भोजन; हविष्यान्न।
95653 हविष्यान्न ना. १. हवनयोग्य पवित्र अन्न; चरु।
95654 हविष्यान्न ना. २. पवित्र वा सात्त्विक भोजन |
95655 हवेली ना. १. खुला झ्यालढोकाहरू भएको; हावा लाग्ने; अग्लो र ठुलो घर; महल।
95656 हवेली ना. २. सम्पन्न व्यक्तिको सुविधायुक्त भवन; सेतो घर।
95657 हव्य वि. १. अग्निमा आहुति दिन योग्य; हवन गर्न लायक (घिउ; चरु आदि)।
95658 हव्य वि. ना. २. हवन गरिने वस्तु होमका लागि छुट्ट्याइएको घिउ; चरु; तिल; जौ आदि; हवि।
95659 हव्यकव्य- ना. देवता र पितृहरूलाई अर्पण गरिने आहुति; तर्पण; सिधा; पिण्ड आदि देवतालाई 'स्वाहा' शब्दले दिइने हव्य र पितृलाई 'स्वधा' शब्दले दिइने कव्यको समुदाय |
95660 हसक ना. सडेगलेका वस्तुको गन्ध; हरक; हस्को।
95661 हसक्क क्रि.वि. १. सडेगलेका वस्तुबाट नमिठो गन्ध आउने गरी हस्को आउने चालले।
95662 हसक्क क्रि.वि. २. काम नबन्दा मन दुख्ने गरी खिसिक्क।
95663 हसना ना. प्रायः रातमा खुब बास्ना चल्ने र झुप्पाका रूपमा पहेंला मसिना फूल फुल्ने एक प्रकारको सानो बोट वा त्यसैको फूल; हसिना।
95664 हसबली ना. सालबसाली खातालगतमा नभएको बेठेगानको फुटकर सरकारी आम्दानी; लगत नभएको भइपरी।
95665 हसहस क्रि.वि. छिटोछिटो खाने चालले।
95666 हसहसी क्रि.वि. हसहस।
95667 हसित ना. १. केही दाँत देखाएर निस्केको हाँसो; मन्द हँसाइ।
95668 हसित ना. वि. २. फुलेको; विकसि।
95669 हसित ना. 3. उपहास वा गिल्ला गरिएको।
95670 हसित ना. ४. केही दाँत देखाएर हाँसेको (व्यक्ति)।
95671 हसिना ना. ज्यादै सुन्दरी स्त्री रूपवती नारी; कामुक स्त्री हसना।
95672 हसुर्नु स.क्रि. १. धेरै मात्रामा भोजन गर्नु; गुतार्नु ( निन्दार्थमा ) |
95673 हसुर्नु स.क्रि. २. मन नपर्ने गरी खानु घिच्नु |
95674 हसुराइ ना. हसुर्ने भाव; क्रिया वा प्रक्रिया।
95675 हसुराइनु क.क्रि. हसुर्न लाइनु।
95676 हसुराउनु प्रे.क्रि. हसुर्न लाउनु।
95677 हस्को ना. हरक; गन्ध।
95678 हस्क्याइँ ना. हस्को आउने भाव वा अवस्था; हस्कोपन।
95679 हस्त ना. १. हात बाहु; भुजा।
95680 हस्त ना. २. हात्तीको सुँड।
95681 हस्त ना. ३. चौबिस अगुल वा दुई बित्ताको नाप।
95682 हस्त ना. ४. सत्ताइस नक्षत्रमध्ये पाँच तारा हुने र हातको आकारको मानिने एक नक्षत्र; हस्ता।
95683 हस्तकला ना. हातद्वारा सम्पन्न गरिने काम हातको सिप; हस्तकौशल (चित्र; मूर्ति आदि)।
95684 हस्तकौशल ना. हातको सिप वा हातको प्रयोगद्वारा प्राप्त हुने दक्षता; हस्तकला |
95685 हस्तक्षेप ना. अर्काको काममा हात हाल्ने व्यवहार; आफ्नो अधिकारबाहिरको कुरामा गरिने दखल; अवरोध |
95686 हस्तगत वि. हातलागी भएको वा हातमा परेको।
95687 हस्तपत्र ना. विद्यार्थीको अध्ययनका लागि शिक्षकबाट लिखित वा मुद्रित रूपमा दिइने लेख वा पाठ (ह्यान्ड आउट)।
95688 हस्तमापन ना. हातले नापो लिने काम; हातको परिमाण।
95689 हस्तमुद्रा ना. नृत्य; पूजा; साधना आदिमा विभिन्न भाव प्रकट गर्ने हातको आकृति; सन्ध्यावन्दनमा गरिने सुमुख; सम्मुख; वित हस्ताकृति |
95690 हस्तरेखा ना. सामुद्रिक शास्त्रका अनुसार हत्केलामा कोरिएका शुभाशुभसूचक धर्का हातको रेखा।
95691 हस्तलिपि ना. कसैका हातको लेखोट; हस्ताक्षर।
95692 हस्तलेख ना. हस्तलिपि।
95693 हस्ता ना. सत्ताइस नक्षत्रमध्ये एक।
95694 हस्ता ना. हस्ताक्षर; स्वलिपि।
95695 हस्ताक्षर ना. लेखात्मक दस्तखत; सही; हस्तलिपि।
95696 हस्ताक्षरित वि. हस्ताक्षर गरिएको; दस्तखत भएको।
95697 हस्तान्तर/हस्तान्तरण ना. १. कुनै वस्तु अरूका हातमा दि काम हातेसारी।
95698 हस्तान्तर/हस्तान्तरण ना. २. आफ्नो जिम्मामा रहेको वस्तु कसैको जिम्मा लगाउने काम।
95699 हस्तान्तर/हस्तान्तरण ना. ३. बेचबिखन।
95700 हस्तान्तर/हस्तान्तरण ना. ४. सम्पत्तिको हक एक व्यक्तिबाट अर्को व्यक्तिमा सारिने कानुनी कार्य; दाखिलखारिज।