Dictionary

All Word

95601 हल्ली ना. नाट्यविद्याका अठार उपरूपकमध्ये एक भेद; नृत्यप्रधान एकाङ्की।
95602 हल्लँड ना. हलाको हरिसमा जुवा झुन्ड्याइने छालाको डोरी; नारा |
95603 हल्लुँडे वि. १. हल्लुँडोजस्तो; बुद्धि नभएको; हलम्बू।
95604 हल्लुँडे वि. २. एक जातिको नरम खालको रुख।
95605 हल्लुँडो ना. १. भैंसी; गाई आदि पशुलाई गाली गर्दा प्रयोग गरिने शब्द |
95606 हल्लुँडो ना. वि. २. काम नलाग्ने; बेकम्मा; तनाहा।
95607 हल्ले ना. १. दुई दल भई गिरीले हानेर भकुन्डाको सीमा कटाई खेलिने एक खेल।
95608 हल्ले ना. २. त्यस खेलमा दुवै पक्षतर्फ लगाइने चिनु वा त्यसै चिनुबाट भकुन्डो छिराउने काम।
95609 हल्ले वि. हल्ला मचाउने; हल्लाबाज।
95610 हवन ना. देवकार्यमा 'स्वाहा' शब्द उच्चारण गरेर अग्निमा घिउ; चरु आदिको आहुति दिने विधान; होम; यज्ञ।
95611 हवनीय वि. १. हवन गर्न योग्य; अग्निमा आहुति दिन लायक (चरु; घिउ आदि)।
95612 हवनीय वि. २. हवन गर्न हुने वा सकिने; हव्य |
95613 हवलदार ना. हबलदार।
95614 हवलदारी ना. हबलदारी।
95615 हवलदारी ना. हबलदारी।
95616 हवस् अव्य. मान्य जनबाट कुनै काम अह्राउँदा मन्जुरी जनाएर भनिने शब्द।
95617 हवस् अव्य. (उदा. हवस्; यहाँले धन्दा मान्नुपर्दैन। म छिटै आइहाल्छु)।
95618 हवा ना. हावा।
95619 हवाई वि. १. हावासँग सम्बन्धित; वायुको।
95620 हवाई वि. २. हावामा चल्ने; हिँड्ने वा उड्ने |
95621 हवाई अड्डा ना. हवाईजहाज उड्ने वा बस्ने ठाउँ विमानस्थल; विमानघाट |
95622 हवाई उडान ना. हवाईजहाजबाट उड्ने वा उडाउने काम।
95623 हवाई उडान बिमा ना. हवाईजहाजको उडानमा जहाजको हानिनोक्सानी भएमा सम्बन्धित कम्पनीले दिने क्षतिपूर्ति; हवाई उनको बिमा |
95624 हवाई उड्डयन आयोग ना. हवाईजहाजको उडान तथा नियमसम्बन्धी कार्य गर्नेगराउने अधिकारप्राप्त समिति।
95625 हवाई ग्राउन ना. . हवाईमैदान।
95626 हवाई जहाज ना. आकाशमार्गबाट यात्रा गर्ने यान; विमान; वायुयान।
95627 हवाई डाँक ना. १. हवाईजहाजबाट पठाइने वा पठाइएका चिठीपत्र आदि।
95628 हवाई डाँक ना. २. हवाईजहाजबाट चिठीपत्र पठाइने वा लगिने काम वा व्यवस्था।
95629 हवाई पत्र ना. चिठी लेखेर हवाईजहाजबाट पठाइने खाम र पत्रसमेत एउटैमा भएको विशेष पत्र।
95630 हवाई बिमा ना. हवाईजहाजमा चढ्ने यात्रीहरूले गराउने बिमा।
95631 हवाई मैदान ना. हवाईजहाज उड्ने ओर्लने ठाउँ विमानस्थल।
95632 हवाई यातायात ना. वायुसेवाद्वारा गरिने आवतजाव।
95633 हवाई सैन्य- ना. जलसेना र थलसेनाबाहेकको हवाईजहाजबाट युद्ध गर्ने सेना।
95634 हवाल ना. १. काम गरेर पनि जस नपाउने स्थिति; हैरानी दुर्दशा; फजिती।
95635 हवाल ना. २. अवस्था; परिस्थिति।
95636 हवाला ना. १. कुनै व्यक्ति वा वस्तुलाई अर्का समक्ष सुम्पने वा जिम्मा लगाउने काम; सुपुर्दगी।
95637 हवाला ना. २. प्रमाण दिने उद्धरण; साक्ष्य; उल्लेख; दृष्टान्।
95638 हवाला ना. 3. अधीनता; परतन्त्रता।
95639 हवाला ना. ४. अपराधीको पिछा गर्ने सिपाही; पहरा।
95640 हवालात ना. १. कुनै व्यक्तिलाई अपराधअनुसार थुन्ने काम थुना; हिरास।
95641 हवालात ना. २. विचाराधीन कैदीलाई राख्ने ठाउँ।
95642 हवालाती वि. १. थुनामा रहेको; हवालातमा परेको।
95643 हवालाती वि. २. हवालातसम्बन्धी; हवालातको।
95644 हवास ना. चैतन्य; होस; ज्ञान (होसको पूरकका रूपमा प्रयुक्त हुने) |
95645 हवास- ना. १. भुइँको चिसो नआओस् भनेर छिंडीको तलामनि गराइएको खाली ठाउँ वा प्वाल।
95646 हवास- ना. २. भान्छाको धुवाँ जाने प्वाल वा निकास; चिम्नी।
95647 हवि ना. यज्ञको अग्निकुण्डमा आहुति दिइने पदार्थ; घिउ; चरु आदि हवनीय द्रव्य |
95648 हविगत ना. १. तुजुक शक्ति; सामर्थ्य |
95649 हविगत ना. २. गिर्दै गएको आर्थिक अवस्था; दारिद्र्य।
95650 हविष्पात्र ना. यज्ञको अग्निमा हवन गर्न घिउ छुट्याउने भाँडो; घृतवहन - पात्र।