Dictionary

All Word

95551 हलोजोता / जोताहा ना. हलो जोत्ने व्यक्ति; हली; हरुवा।
95552 हलौं वि. हलुङ्गो; हलुको।
95553 हलौ ना. फोन; ट्रङ्कल गर्दा वा कसैलाई भेट्दा सम्बोधन गरिने शब्द |
95554 हलौर निपा. कुनै कामकुरामा स्वीकृति जनाउने शब्द; हुन्छ; लौ।
95555 हल् ना. अन्तमा 'अ' स्वर नलागेका व्यञ्जनवर्णको मूल रूप; सो रूप देखाउन वर्णमुनि लगाइने छड्के रेखा (५) भएको चिह्न (जस्तो- क्; ख्; ग्; घ्; ङ् इ.)।
95556 हल्कनु अ.क्रि. बोटबिरुवा आदि छिटै सप्रनु; हलक्क बढ्नु; लहलहाउनु।
95557 हल्का वि. हलुको; हलौं।
95558 हल्काइ ना. हल्कने भाव; क्रिया वा प्रक्रिया।
95559 हल्काइनु क.क्रि. हल्काउने काम गरिनु; हलक्क बढाइनु।
95560 हल्काउनु प्रे. क्रि. हलक्क बढाउनु; लहलहाउने पार्नु।
95561 हल्काफुल्का वि. १. हलुको खालको।
95562 हल्काफुल्का वि. २. पथ्य (खाना)।
95563 हल्किनु अ.क्रि. हलक्क बढिनु।
95564 हल्ट वि. १. काम रोकिने स्थिति भएको।
95565 हल्ट वि. २. अवरोध उत्पन्न भएको।
95566 हल्ट वि. (उदा. तिमी नआएर हाम्रो कामै हल्ट भयो ) |
95567 हल्ट वि. वि.बो. २. विशेषतः सैनिक वा प्रहरीले पालोपहरा बस्ता कुनै मानिस देखेर निजलाई रोक्नका निम्ति भन्ने शब्द |
95568 हल्पी वि. पहिले हलब देशमा तयार भएको वा असल जातको (ऐना )।
95569 हल्पी ऐना ना. असल जातको एक प्रकारको ठुलो ऐना।
95570 हल्ल क्रि.वि. १. धेरै मानिस एकैसाथ खित्का छाडेर हाँस्ने गरी; धक फुकाएर।
95571 हल्ल क्रि.वि. २. छाद्ने वा बान्ता गर्ने गरी।
95572 हल्लखल्ल ना. चारैतिर फिँजिएको हल्ला; खलबल; हल्लाखल्ला।
95573 हल्लनटट्टी / हल्लनटट्टु / हल्लनटाट वि. १. काम न काजसँग यताउति चहारिरहने; हल्लनदास।
95574 हल्लनटट्टी / हल्लनटट्टु / हल्लनटाट वि. २. भएभरको सम्पत्ति सिद्ध्याएको; टाट उल्टेको; हरिकङ्गाल।
95575 हल्लनटट्टी / हल्लनटट्टु / हल्लनटाट वि. ३. मरन्च्याँसे; खुइटे ज्यादै दुब्लो |
95576 हल्लनटट्टी / हल्लनटट्टु / हल्लनटाट वि. ना. ४. केही नभएको व्यक्ति; ज्यादै गरिब मानिस।
95577 हल्लनदास वि. काम न काजसित त्यसै हल्लिरहने; हल्लेरै दिन काट्ने; लखौटे।
95578 हल्लनु अ.क्रि. १. हावाको वेगले वा आफ्नै शक्तिले यताउति चल्नु; चलमलाउनु; फुल्नु; हल्लिनु।
95579 हल्लनु अ.क्रि. २. लगलग; लुगलुग; डगडग; थरथर आदि चालसित काम्नु कम्पन हुनु।
95580 हल्लनु अ.क्रि. ३. आफ्नो ठाउँबाट डग्नु; चल्नु।
95581 हल्लनु अ.क्रि. ४. काम न काजसित यताउति हिँड्नु; लरखरिनु।
95582 हल्लनु अ.क्रि. ५. डराउनु; हप्किनु।
95583 हल्लन्ताम् वि. कामकाज नभएको; हल्लेरै दिन बिताउने; हल्लनदास।
95584 हल्ला ना. १. अलिअलि गर्दै फैलिएको वा नजानिँदो किसिमले बिस्तारै फिंजिएको राम्रो वा नराम्रो अपुष्ट खबर; अपत्यारिलो समाचार; घुइरो।
95585 हल्ला ना. २. टाढाबाट सुनिने व्यक्तिगत वा सामूहिक आवाज; चर्को स्वर।
95586 हल्ला ना. ३. धेरै जना कराएको आवाज; कोलाहल; खलबल; भाँडभैलो।
95587 हल्लाइ ना. १. हल्लने भाव; क्रिया वा प्रक्रिया |
95588 हल्लाइ ना. [ हल्लाउ + आइ] २ हल्लाउने भाव; क्रिया वा प्रक्रिया |
95589 हल्लाइनु क.क्रि. हल्लाउन लाइनु; यताउति चलाइनु।
95590 हल्लाउनु स.क्रि. १. यताउति चलाउनु; डोलाउनु।
95591 हल्लाउनु स.क्रि. २. कम्पन गराउनु; कँपाउनु।
95592 हल्लाउनु स.क्रि. ३ जगाउनु।
95593 हल्लाउनु स.क्रि. ४ झुलाउनु मच्चाउनु।
95594 हल्लाउनु स.क्रि. ५. तर्साउनु; धम्काउनु।
95595 हल्लाउनु स.क्रि. ६. बिनसित्ति वरपर दौडाउनु।
95596 हल्लाखल्ला ना. १. चारैतिर फिँजिएको हल्ला; ठुलो हल्ला हल्लखल्ल।
95597 हल्लाखल्ला ना. २. कोलाहल खलबल |
95598 हल्लागुल्ला ना. हल्लीखल्ली; कोलाहल।
95599 हल्लिनु क.क्रि. यताउति चलिनु वा हिँडिनु।
95600 हल्लीखल्ली ना. ठुलो हल्ला हल्लाखल्ला।