Dictionary

All Word

95501 हलन्त बहिष्कार ना. प्राचीन र मध्यकालीन वाङ्मयकार एवं साहित्यिक स्रष्टाहरूको पालादेखि उच्चारणका आधारमा राम; विकास; एक आदि शब्दलाई गद्य वा पद्य दुवै विधामा विकल्पले राम्; विकास; एक् इत्यादि हलन्त रूपमा लेख्ने गरिएकोमा उक्त वैयक्तिक हलन्त रूप लेखिनु हुँदैन र सक्छन्; भन्छन् आदि क्रियापदलाई सकछन; भनछन आदि रूपमा लेखिनुपर्छ भनी सं. १९६५ मा 'माधवी' पत्रिकाका सम्पादक स्व. राममणि आचार्य दीक्षित र उनका अनुयायीहरूले प्रस्तुत गरेको मत र सो मतसँग सम्बन्धित आन्दोलन।
95502 हलपाटे वि. जोडा हुनुपर्नेमा नभई एक्लो भएको; जोडीबाट छुट्टिएको वा अर्को जोडाको मृत्यु भएको (गोरु वा व्यक्ति)।
95503 हलम्बु वि. कुनै कामकाज नभएको; बेकम्मा; लट्ठक; हरिलम्फु लन्ठ |
95504 हवाई ना. हलुवाई |
95505 हलसारो ना. १. प्रायः बर्खे बाली लगाउने बेलामा पानी बर्सेपछि सर्वप्रथम हलो चलाउँदा भूमिपूजा गरेर मनाइने उत्सव; वसन्तपञ्चमीजस्ता कृषिपर्वमा पहिलो पटक हलो जोत्ने काम।
95506 हलसारो ना. २. पाडा; बाच्छा मरेको लैनो भैंसी वा गाई; हतुवा पशु।
95507 हलसारो ना. ३. बुहारीले पत्यार गरेर कसैलाई राख्न दिएको वस्तु।
95508 हलसारो ना. वि. ४. पाडाबाछा मरेर हातले पघार्नुपर्ने; हतुवा (गाई-भैंसी); हातसारो।
95509 हलहल क्रि.वि. १. छाद्ने वा बान्ता गर्ने चाले।
95510 हलहल क्रि.वि. २. बोटबिरुवाहरू राम्रोसँग सप्रने र बढ्ने गरी।
95511 हलहलती / हलहली क्रि.वि. अझै हलहल भएर।
95512 हलहले ना. पालुङ्गाका छाँटका पात हुने र तरकारी खाइने एक थरी साग।
95513 हलाइ ना. हाल्ने क्रिया वा प्रक्रिया।
95514 हलाइनु क.क्रि. हाल्न लाइनु।
95515 हलाउनु प्रे. क्रि. हाल्न लाउनु।
95516 हलान ना. हाल्ने काम वा खेप; हलाइ।
95517 हलापाटे ना. हलो जोत्ने मानिस; हली।
95518 हलायुध ना. कृष्णका दाजु बलराम; हलधर।
95519 हलाल ना. इस्लाम धर्मका अनुसार मासु खानका लागि घोक्रो रेटेर खसी; भेडा आदि पशु मार्ने तरिका।
95520 हलाहल ना. १. क्यात्तुकेका छाँटका लामालामा सेता स भएका पात; झुसिला लामालामा डाँठमा प्याजी रङका झुसिला लाम्चा फल र फलका टुप्पामा मसिनो रातो फूल तथा सो कन्द हुने; हिमालयका लेकमा पाइने एक जातको विषबुटी ; नर्सिङ विष २. पुराणअनुसार देवदानवले मिलेर समुद्रमन्थन गर्दा निस्केको कडा विष।
95521 हली ना. १. खेतीकमाइ गर्नका लागि हलो जोत्ने मानिस; हरुवा।
95522 हली ना. २. वसुदेवका छोरा बलराम।
95523 हलीभाग ना. १. शारीरिक श्रम बेसी गर्ने र खान पनि अबेर आउने हुँदा भोक र श्रमअनुसार हलीलाई चाहिने खानाको निकै ठुलो परिमाण।
95524 हलीभाग ना. २. त्यस्तै ठुलो भाग।
95525 हलुको वि. १. सजिलै उचाल्न र बोक्न सकिने; गहौं नभएको; कम वजनको; हलौ हलका।
95526 हलुको वि. २. उज्जर वा चर्को रङ्ग नभएको फिक्का।
95527 हलुको वि. 3. मानमर्यादा नभएको; कम इज्जतको; अप्रतिष्ठि।
95528 हलुको वि. ४. थोरै अलिकति (घाउ वा चोट ) |
95529 हलुङ वि. हलुको।
95530 हलुङ्कसी क्रि.वि. हलुङ्गो चालसित; बिस्तारै।
95531 हलुङ्कसी क्रि.वि. (उदा.- मनको भुमरो हलुङ्कसी प्रभुको पाउसरोजमा पसी लेखनाथ; 'लालित्य')।
95532 हलुङ्गो वि. हलुको; हलौं।
95533 हलुवा ना. गहुँको पिठो वा सुजी घिउमा भुटी सखर; चिनी आदि मिलाएर दुधमा वा घिउ र चास्नीमा पकाइएको नरम खाद्य पदार्थ; मनभोग।
95534 हलुवाई ना. हलुवा; लड्डु; पेडा आदि मिठाई बनाउने र बेच्ने पेसा भएको व्यक्ति वा जाति; मिठाई बेच्ने पसले; हलवाई |
95535 रोटी ना. मिठाई।
95536 हलुवाबेत/हलुवाबेद ना. कडाकडा पात; सेता फूल; राता; मझौला खालका गुलिया फल हुने एक रुख वा त्यसैको फल |
95537 हले वि. १. हलगोरु जोत्ने; हली।
95538 हले वि. २. नेपालमा कृषकका तीन श्रेणी (हले; कोदाले र सुकुम्बासी) - मध्ये एक।
95539 हलेकोदाले वि. १. हलाले जोत्ने र कोदालाले खन्ने।
95540 हलेकोदाले वि. २. हलगोरु हुने र कोदालाले खनेर मात्र दुःखजिलो गर्ने।
95541 हलेदे वि. १. हलेदोजस्तो; हलेदोको रङको।
95542 हलेदे वि. ना. २. हलेदो हुने ठाउँ।
95543 हलेदे आँप ना. आँपको जस्तो गन्ध आउने र अचार बनाएर खाइने एक जातको हलेदो; हर्दिआँप।
95544 हलेदो ना. सर्वदाका जस्ता ठुलठुला पात हुने; तलैतला परेका सेता वा पहेँला फूल फुल्ने; अदुवाको आकारको; तितो ट भावको पहेंलो कन्द हुने; एक जातको बोट वा सुकाएर बेसार बनाइने त्यसैको कन्द |
95545 हलेपाखो ना. हरेक रोपनीमा सरदर पन्ध्र पाथी अनाज पैदा हुने असल खालको पाखो।
95546 हलेबीज ना. बीजनप्रणालीमा तिरो लगाउनका लागि कायम गरिएको एक हल गोरुबाट जोत्न मिल्ने जग्गा।
95547 हलेसा ना. नाचनी' नामको नृत्यभित्र पर्ने एक थरी राग।
95548 हलेसो ना. हरियो गर्धन र गर्धनमनिको भाग प्याजी रङको हुने; टाउको निलो र पखेटा तथा पुच्छर फुस्रो रङको भएको; परेवाज एक जातको चरो।
95549 हलो ना. गोरु; राँगा आदिले तानेर खेतबारी जोत्ने फाली; अनौ; हरिस; जुवा र जोतारो भएको साधन; हल; हर।
95550 हलोजुवा ना. जोत्ने हलो र हलामा गोरु नार्ने जुवा।