Dictionary

All Word

95451 हर्जा ना. कुनै वस्तु नभइनहुने स्थिति; खाँचो; अत्यावश्यकता।
95452 हर्जाना ना. कसैको धनमाल वा अन्नबाली नोक्सान भएमा सट्टामा दिइने धन वा वस्तु; क्षतिपूर्ति।
95453 हर्ता वि. १. हरण गर्ने; हर्ने।
95454 हर्ता वि. २. टाढा लैजाने।
95455 हर्ताकर्ता वि. १. कुनै काम वा स्थानको प्रमुख (व्यक्ति); सर्वेसर्वा।
95456 हर्ताकर्ता वि. ना. २. कुनै कामकुरो बनाउने र बिगार्ने वा खोस्ने र पूरा गरिदिने व्यक्ति।
95457 हर्ताधर्ता वि. १. घरपरिवारको अभिभारा बोक्ने वा पालनपोषण गर्ने।
95458 हर्ताधर्ता वि. ना. २. हालीमुहाली।
95459 हथुङ्गो ना. हातको नाडीदेखि औंलाका टुप्पासम्मको भाग; हत्केलाका पछाडिपट्टिको भाग।
95460 हर्दि आँप ना. हलेदे आँप।
95461 हर्न ना. १. हावाको जोड पार्दा शब्द निस्कने ध्वनियन्त्र |
95462 हर्न ना. २. सडकमा हिँड्ने पथिकलाई सचेत गराउन बस; कार; रिक्सा; टेम्पो आदि गाडीमा जडान गरिएको ध्वनिउत्पादक यन्त्र |
95463 हर्न ना. ३. ध्वनियन्त्रबाट निस्केको आवाज।
95464 हर्नाठ ना. कुकुर्चा र पैताला फुट्ने र धाँजा फाट्ने एक प्रकारको रोग; हरिनास।
95465 हर्नियाँ ना. अण्डकोषमा आन्द्रा झर्ने एक रोग।
95466 हर्नु स.क्रि. १. अर्काको धनमाल लुटेर वा चोरेर लिनु हरण गर्नु; खोस्नु।
95467 हर्नु स.क्रि. २. कसैले कुनै वस्तु पाउन लागेकोमा बाधा पार्नु।
95468 हर्ने वि. हरण गर्ने; खोस्ने।
95469 हर्नेभर्ने वि. बनाउन र बिगार्न सक्ने; खोस्ने र दिने; हरण तथा भरण गर्ने हर्ताकर्ता।
95470 हर्पी ना. १. सानो हर्पे।
95471 हर्पी ना. २. हर्पे।
95472 हर्पे ना. घिउ; तेल आदि हालिने काठको थेप्चो आकारको भाँडो; एक प्रकारको सिङमाङ; हर्पी |
95473 हर्फारबडी ना. ससाना पात; पहेंला फूल र अमलाजस्ता फल लाग्ने एक बोट वा त्यसैको फल लवली।
95474 हर्ष ना. चिताएको कुरो पुग्दा वा चाहेजस्तो कुनै काम बन्दा मनमा हुने आनन्द प्रसन्नता; खुसियाली।
95475 हर्षगीत ना. उत्सव आदिमा गाइने हर्षप्रधान गीत |
95476 हर्षबढाइँ ना. १. कुनै उन्नतिको काम हुँदा हर्षले मनाइने उत्सव; हर्कबढाइँ; खुसियाली।
95477 हर्षबढाइँ ना. २. ठुलो खुसियालीमा बन्दुक; तोप आदि पड्काई गरिने उत्सव वा बढाइँ।
95478 हर्षमान् वि. हर्षित; दङ्गदास।
95479 हर्षातिरेक ना. अत्यधिक हर्ष भएको स्थिति; चारैतिरबाट सुन्न पाइने हर्षको कुरो।
95480 हर्षाश्रु ना. धेरै कालपछि प्रियजनसँग मिलन हुँदा आनन्दको उद्रेकले आँखाबाट निस्कने आँसु; प्रेमाश्रु।
95481 हर्षित वि. ज्यादै हर्ष अनुभव भएको; प्रसन्न; आनन्दित; पुलकि।
95482 हर्सन्दा ना. भइपरी आउने कामकाजका निम्ति सरकारी ढुकुटीमा जगेडा राखिछोडिने रकम; अतिरिक्त कामका लागि छुट्ट्याइएको धन।
95483 हर्सा ना. गुदद्वारको भित्रपट्टि खटिरो आउने र रगत बग्ने एक रोग; अल्काई; अर्श।
95484 हर्से वि. हर्साको रोग लागेको।
95485 हलपिराहा वि. हल वा साथीलाई नसहने; जोडालाई पिर्ने (पशु वा मानिस)।
95486 हलफुटाइ ना. साथीसाथी फुट्ने छुट्टिने काम।
95487 हल ना. कुनै कठिन विषय; प्रश्न; समस्या आदिको समाधान; निराकरणको उपाय |
95488 हलका वि. हलुको।
95489 हलका ना. छुट्ट्याइएको क्षेत्र निर्धारित घेरो; वृत्त; परिधि।
95490 हलकारो ना. १. चिठीपत्र आदि घरघर बाँड्दै हिँड्ने हुलाकअड्डाको निम्नतहको कर्मचारी; हुलाकी।
95491 हलकारो ना. २. हुलाकी सिपाही।
95492 हलक्क क्रि.वि. बोटबिरुवा आदि छिटै बढ्ने वा हुर्कने गरी छिटै सप्रने चालसि।
95493 हलगोरु ना. १. एउटै सोइलामा नारिने वा सँगसँगै जोतिने गोरु; जोडा गोरु।
95494 हलगोरु ना. २. आपसमा प्रायः नछुट्टिने दुई व्यक्ति; जोडी दौंतर|
95495 हलचल ना. १. हल्लने; चल्ने र चलबलाउने काम |
95496 हलचल ना. २. जनतामा त्रास र आतङ्क फैलँदा हुने हल्लाखल्ला; खलबली; कोलाहल |
95497 हलधर ना. १. पुराणप्रसिद्ध वसुदेवका छोरा बलराम।
95498 हलधर ना. २. लो जो व्यक्ति ही वि. ३. हलो बोक्ने; हलाले जोत्ने काम गर्ने।
95499 हल न चल वि. चल्न - चलमलाउन नसक्ने रोगले शरीर हल्लाउनेसम्म क्षमता नभएको (व्यक्ति)।
95500 हलन्त वि. स्वररहित व्यञ्जनवर्ण अन्तमा हुने; हल् अन्तमा भएको (शब्द; जस्तो- पश्चात्; झन्; हट् इ.)।