Dictionary

All Word

95401 हरियो मास ना. मुगीको रङ्गको एक जातको मास।
95402 हरियो मुला ना. गोठाले सागको मुला।
95403 हरिलट्ठक वि. भनेको नबुझ्ने र नमान्ने; लट्ठक स्वाँठ; मूर्ख।
95404 हरिलम्फु वि. केही पनि नजान्ने; मूर्ख; अपढ; हलम्बु।
95405 हरिलो भरिलो वि. चारैतिर हरिया र पुष्ट बोटबिरुवा भएको हरियालीले ढाकेको।
95406 हरिवासर ना. १. एकादशी।
95407 हरिवासर ना. २ आइतबार।
95408 हरिवाहन ना. १. विष्णुको वाहन; गरुड।
95409 हरिवाहन ना. २. सूर्य।
95410 हरिवाहन ना. ३. इन्द्र।
95411 हरिशयनी ना. चतुर्मास व्रतको आरम्भ भएर हरिले पातालमा शयन गर्ने भनी मानिएको दिन आषाढ शुक्ल एकादशी।
95412 हरिश्चन्द्र ना. पुराणप्रसिद्ध; दानी तथा सत्यनिष्ठामा रहेका हलीषा] एक छेउमा हलो र अर्को छेउमा जुवा रहने सूर्यवंशी एक राजा।
95413 हरिस ना. हलाको ठाडो लामो काठ |
95414 हरिहर ना. १. विष्णु र शिवको संयुक्त रूप; हरि र महादेव।
95415 हरिहर ना. २. भोजन गर्दा अनुमति दिइने शब्द।
95416 हरिहर ना. ३. कुनै भजनको प्रत्येक चरणका आखिरमा भनिने शब्द।
95417 हरिहर ना. ४. हरिकङ्गाल भएको स्थिति; तन्नम अवस्था |
95418 हरिहरपुर गढी ना. मकवानी राजा हरिहर सेनले बनाएको एक पुरानो ऐतिहासिक किल्ला |
95419 हरीछाल ना. मालभोगका भन्दा लामा र ठुला कोसा हुने एक जातको केरा |
95420 हरीतकी ना. हर्रो।
95421 हरुवा वि. १. खेल; युद्ध आदिमा असफल हुने; हार्ने।
95422 हरुवा वि. २. डरछेरुवा; काँथर; नामर्द |
95423 हरुवा ना. खेतबारीमा हलो जोत्ने व्यक्ति; हली।
95424 हरू प.स. अपर नाम; सर्वनाम आदिको पछिल्तिर गाँसिएर बहुवचनको अर्थ बुझाउने वा सादृश्यबोध गराउने प्रत्यय (जस्तै- गाईहरू; मानिसहरू; श्यामहरू इ.)।
95425 हरे वि.बो. १. अफसोच; ग्लानि; निराशा; कष्ट; समवेदना; सहानुभूति आदि भाव बुझाउन अप्रत्याशित रूपमा मुखबाट निस्कने नाम हरे शिव।
95426 हरे वि.बो. २. 'हरि' शब्दको सम्बोधनको रूप; हे हरि।
95427 हरेउ ना. १. प्रायः वर्षामासमा हरिया झारपातहुँदो बस्ने हरियो रङ्गको एक प्रकारको विषालु सर्प।
95428 हरेउ ना. २. काई।
95429 हरेक वि. प्रत्येक; हरएक।
95430 हरेरी ना. भारी बोक्ने नाम्लाको कानको गाँठो |
95431 हरेलो ना. १. खेत जोत्नुभन्दा पहिले कुनै विघ्न नपरोस् भनी किसानले सखारै खेतमा गएर गर्ने भूमिपूजा।
95432 हरेलो ना. २. धान रोपिसकेपछि रोपाइँ सिद्धिएको उपलक्ष्यमा तीजपछिको • मङ्गलवारका दिन खेतमा गरिने कृषिका अधिष्ठाता देवताको पूजा।
95433 हरेस ना. काम गर्दागर्दै पनि लक्ष्यप्राप्ति नभएर उत्साह सेलाएको वा आशा टुटेको स्थिति; निरुत्साह; निराशा।
95434 हरोहर ना. हुँदै नहुनुको अवस्था; अत्यन्त अभाव; शून्यता।
95435 हरौरी ना. हराउरी।
95436 हर्क ना. आनन्दको क्षण खुसियाली; हर्ष।
95437 हर्क ना. (उदा.- कौवालाई बेल पाक्यो हर्क न बिस्मात् उखान )।
95438 हर्कबढाइँ ना. खुसियालीमा गरिने उत्सव; विवाह; पदोन्नति; पुत्रलाभ आदिको खुसियाली।
95439 हर्कमान वि. खुब हर्क मानेको; हर्षमान्।
95440 हर्क अ.क्रि. अनिष्टको डर वा शङ्काले बतास भई दौडेर भाग्नु।
95441 हर्काइ ना. हर्कने भाव; क्रिया वा प्रक्रिया |
95442 हर्काइनु क.क्रि. हर्कने पारिनु।
95443 हर्काउनु प्रे. क्रि. १. मुहुरी फर्काउनु।
95444 हर्काउनु प्रे. क्रि. २. हर्कने पार्नु।
95445 हर्को ना. १. मर्ने वेलाको अन्तिम श्वास; एकोहोरो सास।
95446 हर्को ना. २. बेतोडको दौड।
95447 हर्को ना. हे. हरक |
95448 हर्ख ना. हे . हर्क।
95449 हर्खबढाइँ ना. हर्कबढाइँ।
95450 हल ना. गाईबस्तुलाई घाँस खुवाइने एक प्रकारको बोटविशेष |