Dictionary

All Word

95351 हरिचन्दन ना. २. पाँच प्रकारका देवतरुमध्ये मगमगाउँदो काठ भएको एक तरु।
95352 हरिचन्दन ना. ३. कमलको पराग।
95353 हरिचन्दन ना. ४. केशर।
95354 हरिचन्दन ना. ५. चन्द्रमाको किरण।
95355 हरिजन ना. १. एक मात्र हरिमा समर्पित हुने भक्।
95356 हरिजन ना. २. परस्परमा अस्पृश्य मानिएका वा निम्न जातका व्यक्तिलाई सामूहिक रूपमा भनिने आदरार्थी नाम |
95357 हरिटट्टु वि. १. हारेर टाट भएको; सिरीखुरी भएको।
95358 हरिटट्टु वि. २. हरिलट्ठक।
95359 हरिण ना. ठुलठुला मोहक आँखा हुने र गीत वा सङ्गीतको धुन सुन्न मन पराउने एक बनैया जन्तु; मृग।
95360 हरिणाक्षी वि. हरिणका जस्ता सुन्दर आँखा भएकी; मृगनयनी (स्त्री)।
95361 हरिणी ना. १. पोथी हरिण; मृगी।
95362 हरिणी ना. २. कामशास्त्रमा वर्णित चार प्रकारका स्त्रीमध्ये एक; चित्रिणी।
95363 हरिणी प्लुता ना. विषम पाउमा क्रमशः तीन सगण; एक लघु र एक गुरु हुने अनि सम पाउमा एक नगण; दुई भगण र एक रगण हुने वार्णिक छन्द |
95364 हरित वि. १. हरियो रङ भएको; हरियो।
95365 हरित वि. ना. २. हरियो रङ।
95366 हरित वि. ३. सूर्यको घोडा।
95367 हरित वि. ४. सिंह।
95368 हरित वि. ५. दिशा।
95369 हरितकण ना. बोटबिरुवाको प्रकाश संश्लेषण गर्ने वा पात र हाँगालाई हरियो गराइराख्ने मसिना कण |
95370 हरितक्रान्ति ना. बालीनाली सपारौं; धेरै अन्न उब्जाऔँ भन्ने नारा; • अन्न र फलफूल उब्जाउने कृषिक्रान्ति वा अभियान।
95371 हरिताल ना. प्रायः पुराना हस्तलिखित नेपाली कागजमा किराले नकाटोस् भनी लेख्नुअघि दल्ने गरिएको पहेँलो रङ्गको विषालु खनिज पदार्थ; हरताल; निलोतुथो।
95372 हरितालिका ना. १. विष्णुसँग विवाहित हुन नपरोस् भनी सँगिनीद्वारा हरेर जङ्गलमा पुऱ्याएकी पार्वतीले महादेव पति पाउनका निम्ति गरेको व्र।
95373 हरितालिका ना. २. प्रायः नेपाली सधवा नारीहरूले सौभाग्यको स्थिरताका लागि भाद्र शुक्ल तृतीयाका दिन निराहार बसेर गरिने शिवको पूजा।
95374 हरितालिका ना. ३ भाद्रशुक्ल तृतीयाको दिन; तीज।
95375 हरितिमा ना. हरियो हरियो वर्ण; हरियोपन; हरियाली |
95376 हरिद्वार ना. १. उत्तरभारतमा रहेको एक प्रसिद्ध तीर्थस्थल; गङ्गाद्वार।
95377 हरिद्वार ना. २. हरिका मन्दिरको ढोका; हरिमन्दिर।
95378 हरिधाम ना. १. विष्णु रहने स्थान; वैकुण्ठलोक।
95379 हरिधाम ना. २. हरिको मन्दिर; देवमन्दिर |
95380 हरिनास ना. रगतको विकारबाट पैताला फुट्ने एक रोग; हर्ना।
95381 हरिनु क.क्रि. धनमाल चोरेर वा लुटेर लगिनु।
95382 हरिप वि. १. कत्ति पनि धनसम्पत्ति नभएको; कङ्गाल।
95383 हरिप वि. २. भनेको नटेर्ने; जोधाहा।
95384 हरिप वि. ३. शत्रु; दुस्मन।
95385 हरिप्रिया ना. १. विष्णुकी पत्नी लक्ष्मी।
95386 हरिप्रिया ना. २. तुलसी।
95387 हरिप्रिया ना. ३. पृथिवी।
95388 हरिबोधिनी ना. चतुर्मास समाप्त भएर देवोत्थान हुने एकादशी; कार्तिक शुक्ल एकादशी।
95389 हरिमुस्ले वि. ठुलो तिघ्रा हुने; भुसतिघ्रे।
95390 हरियाली ना. हरिया घाँसपात; बोटबिरुवा; लतावृक्ष आदि वनस्पतिले चारैतिर आकर्षण देखिनाको भाव वा स्थिति; हरितिमा।
95391 हरियो ना. १. सामान्यतः सागपातमा हुने रङ; पहेंलो र निलो रङको मिश्रणबाट पैदा हुने रङ; हरित वर्ण।
95392 हरियो ना. वि. २. भखरै पलाएको कलिलो (बोटबिरुवा)।
95393 हरियो ना. ३. ताजा; आलो।
95394 हरियो जाई ना. पाकेपछि पनि हरियै रहने एक जातको जाई।
95395 हरियो ढुकुर ना. सेता आँखा; रछाय रङ्गको घाँटी र कालो पुच्छर हुने एक जातको पक्षी।
95396 हरियोपरियो ना. १. हरियो सागपात वा हरियो।
95397 हरियोपरियो ना. वि. २. हरियो।
95398 हरियो परेवा ना. पहेंलो टाउको; हरियो गर्धन र हरियै पखेटा हुने एक जातको परेवा |
95399 हरियो बकुल्लो ना. कालो सिउर र हरियो भावका पखेटा हुने एक जातको बकुल्लो।
95400 हरियो भरियो / भरिलो वि. सप्रिएर हरियो भएको (बोटबिरुवा; बाली आदि)।