Dictionary

All Word

95301 हरसमय क्रि.वि. हरबखत |
95302 हरहमेसा क्रि.वि. सधैंभरि जुनसुकै बेला पनि।
95303 हरहर ना. १. नुहाइधुवाई गर्दा धार्मिक भावनाले दोहोऱ्याई - तेहऱ्याई महादेवको नाम लिइने शब्द।
95304 हरहर ना. २. नुहाउने काम स्नान (बालबोलीमा) |
95305 हरहर क्रि.वि. १. बत्ती; आगो आदि ज्वाला छुटेर बल्ने गरी।
95306 हरहर क्रि.वि. २. कडा गर्मी वा भित्री रोगले हृदयमा जलन पैदा भएर डाह हुने किसिमले।
95307 हरहर क्रि.वि. ३. हावा सरसराउने चालसि।
95308 हरहरी क्रि.वि. १. अझ बेसी हरहर हुने गरी।
95309 हरहरी क्रि.वि. ना. २. नाम्लाको पाटो वा गुन्द्रीको बिट मार्दा आखिरमा पारिने गाँठो।
95310 हरहिफाजत ना. थन्क्याउने र व्यवस्थित गर्ने काम; सुरक्षा; थान्कोमान्को।
95311 हरहिसाब ना. धनपैसाको मामलामा तेरोमेरो गर्न खाता वा टिपोट हेर्ने काम; लेनदेनको व्यवहार हेर्ने काम; हिसाबकिताब |
95312 हराइ ना. हर्ने भाव; क्रिया वा प्रक्रिया।
95313 हराइ ना. हराउ (+आइ)] १. हराउने वा परास्त गर्ने भाव; क्रिया वा प्रक्रिया।
95314 हराइ ना. २. हराउने वा बेपत्ता हुने क्रियाप्रक्रिया।
95315 हराइ ना. [/ हार (+आइ) ३. हार्ने भाव; क्रिया वा प्रक्रिया।
95316 हराइनु क.क्रि. १. हराउने काम गरिनु; हार गराइनु।
95317 हराइनु क.क्रि. २. हरण गराइनु।
95318 हराइनु क.क्रि. ३. अ.क्रि. कुनै वस्तु वा व्यक्ति बेपत्ता होइन।
95319 हराउनी ना. १. मुद्दामामिलामा मुद्दा छिनिसकेपछि हार्नेलाई लाग्ने जरिमाना हराउरी।
95320 हराउनी ना. २. हराउने स्थिति वा काम |
95321 हराउनु स.क्रि. १. कुनै प्रतियोगिता वा मुद्दामामिलामा अर्को पक्षलाई परास्त गर्नु; हार गराउनु; जित्नु।
95322 हराउनु स.क्रि. २. दमन गर्नु; ड्याक्नु।
95323 हराउनु अ.क्रि. १. कुनै वस्तु अन्यत्र पुगेर बेपत्ता हुनु; लापता हुनु; गुम्नु।
95324 हराउनु अ.क्रि. २. राखेका ठाउँको वस्तु नदेखिने हुनु; अदृश्य बन्नु; फेला नपर्नु; अलप वा लुप्त हुनु।
95325 हराउनु अ.क्रि. ३. टुङ्गो बिर्सनु।
95326 हराउरी ना. १. हार्नेलाई लाग्ने दण्ड।
95327 हराउरी ना. विप. जिताउ।
95328 हराउरी ना. २. हराउनी।
95329 हराम वि. १. नियम; अनुशासन; आज्ञा वा अहोट नमान्ने; हत्तेरो।
95330 हराम वि. २. काम नलाग्ने; दुष्ट नजाती; अनुचि।
95331 हराम वि. ३. त्याग्नुपर्ने; निषिद्ध।
95332 हराम वि. ना ४. अधर्म; पाप; बेइमानी।
95333 हरामखोर वि. १. पाप वा अपराधको कमाइ खाने; अर्काको आर्जनमा जीविका चलाउने।
95334 हरामखोर वि. २. सित्तैमा आएको खाने; उद्योगव्यवसाय नगर्ने; अल्छी।
95335 हरामखोरी ना. केही उद्योग नगरीकन अर्काको कमाइ खाने काम।
95336 हरामजादा ना. १. साह्रै दुष्ट वा बदमास व्यक्ति।
95337 हरामजादा ना. २. हरामीको छोरो।
95338 हरामी वि. १. खराब; दुर्जन।
95339 हरामी वि. ना. २. व्यभिचारबाट उत्पन्न पुरुष।
95340 हरि ना. १. ईश्वर; भगवान्।
95341 हरि ना. २. विष्णु।
95342 हरि ना. ३. सूर्य।
95343 हरि ना. ४. चन्द्रमा।
95344 हरि ना. ५. बाँदर।
95345 हरि ना. ६. दयाको भाव; दैवी गुण।
95346 हरि ना. (उदा.- पेटमा हरि भएको व्यक्तिले अर्काको पिरमर्का राम्रोसँग हेर्छ)।
95347 हरि पू. स. विशेषण शब्दको अगाडि जोडिएर अधिकताको अर्थ बुझाउने शब्द (जस्तै- हरिकङ्गाल; हरिलट्ठक; हरिलम्फु आदि)।
95348 हरिकङ्गाल वि. आफ्नो धनसम्पत्ति केही नभएको; अति दरिद्र; ज्यादै कङ्गाल; तन्नम |
95349 हरिकीर्तन ना. हरिको गुणगान वा भजन; ईश्वरभजन।
95350 हरिचन्दन ना. १. हरिलाई मन पर्ने चन्दन; श्रीखण्ड - चन्दन।