Dictionary

All Word

95251 हम्कोझम्को ना. १. हम्कोसाथैको हल्लाइको वेग।
95252 हम्कोझम्को ना. २. हान्ने र हाँने क्रिया।
95253 हम्कोझम्को ना. ३. प्रमुखताको भाव वा प्रदर्शन; बडप्पन।
95254 हम्मे ना. कठिनाइ; गाह्रो |
95255 हम्मेहम्मे क्रि.वि. गाह्रोगाह्रो भएर; बल्लतल्ल।
95256 हम्मेसि क्रि.वि. १. सितिमिति; हत्तपत्।
95257 हम्मेसि क्रि.वि. २. एकाएक सहसा।
95258 हम्मेसि क्रि.वि. ३ सधैं; हमेसा।
95259 हय ना. १. घोडा; अश्व।
95260 हय ना. २. देवराज इन्द्र।
95261 हयग्रीव ना. १. विष्णुका चौबिस अवतारमध्ये एक।
95262 हयग्रीव ना. २. घोडाको जस्तो टाउको भएको एक दानव।
95263 हर ना. १. शरीरको काँधदेखि फिलासम्मको पिठिउँको भाग।
95264 हर ना. २. शरीरको ढाडनसासहितको अगलबगलको भाग।
95265 हर ना. ३. पछाडिको फिलाको जोर्नी र आसपासको भाग।
95266 हर ना. १. महादेव; शिव।
95267 हर ना. २. गणितको भिन्न राशिमा भाग दिने सङ्ख्या; भिन्न गर्दा अंशभन्दा मुनिको सङ्ख्या।
95268 हर ना. ३. नुहाउने काम; स्नान (बालबोलीमा)।
95269 हर ना. वि. ४. जबर्जस्ती गरी लिएर जाने; हरण गर्ने; चोर्ने।
95270 हर ना. ५. नाश गर्ने; नष्ट पार्ने।
95271 हर ना. ६. कुनै शब्दका पछिल्तिर गाँसिएर नाश गर्ने; शान्त गर्ने आदि अर्थ बुझाउने उत्तरपद (जस्तो- कष्टहर; रोगहर; दुःखहर आदि)।
95272 हर : ना. खेत जोत्नका लागि प्रयोग गरिने साधन; हलो (तराई प्रदेशमा )।
95273 हर ना. केही नामवाचक शब्दको अगाडि रही त्यसका सबै एकाइसँग सम्बन्ध रहेको कुरा बुझाउने शब्द प्रति (जस्तो- हर व्यक्ति; हरघडी आदि)।
95274 हर एक वि. प्रत्येक; एकएक; हरेक।
95275 हरक ना. नाक खिहिऱ्याउने गन्ध; नमिठो गन्ध; सडेगलेका वस्तुको दुर्गन्धको वेग |
95276 हरकट्टा ना. फेदैबाट लामालामा उत्तिसका जस्ता पात निस्कने र बिचका डाँठका टुप्पामा सेतो भुवा भएका पहेंला फूल फुल्ने सुगन्धी जरा हुने; आयुर्वेदअनुसार घाउखटिरा आदिलाई शमन गर्ने एक कार।
95277 हरघडी क्रि.वि. जुनसुकै बेला पनि; हरबखत; हमेसा ; निरन्तर।
95278 हरण ना. १. अर्काको धनमाल जबरजस्ती लिने काम; खोस्ने काम।
95279 हरण ना. २. चोरी; अपहरण।
95280 हरण ना. ३. हटाउने वा निर्मूल पार्ने काम (जस्तो- रोगहरण; दुःखहरण आदि)।
95281 हरतरह ना. १. नाना किसिम; अनेक तरह।
95282 हरतरह ना. २. धेरै उपाय।
95283 हरताल ना. पासा; कौडी आदि जुवामा लगातार तिरिरहनुपर्ने दाउ; तिरताल; हारताल।
95284 हरताल ना. हडताल।
95285 हरताली वि. हडताली।
95286 हरदम क्रि.वि. १. हरेक समयमा जुनसुकै बेला।
95287 हरदिन क्रि.वि. हरेक दिनमा प्रत्येक दिन; दिनहुँ।
95288 हरप्पा ना. बाँडा; सुनार आदिको तराजु राख्ने बट्टा |
95289 हरफ ना. १. अक्षरको हार वा ताँती; वर्णको लहर।
95290 हरफ ना. २. पङ्क्ति; ताँती लहर।
95291 हरफ ना. ३. अक्षर; वर्ण।
95292 हरफनमौला वि. हरेक प्रकारका कामको धेरथोर जानकारी राख्ने; टपटुय्याँ।
95293 हरबखत क्रि.वि. जुनसुकै बेला पनि; हरसमय सधैँ।
95294 हरबर ना. १. केटाकेटीले फनफनी घुमेर भन्ने बोली वा खेल |
95295 हरबर ना. २. अनेकतिर घुमाउने काम ठुलो सासना वा सास्ती।
95296 हरबागे वि. ढाड बाङ्गो भएको; ढाड कुप्रिएको।
95297 हररा ना. एक प्रकारको साँपको जा।
95298 हररोज क्रि.वि. हरेक दिन दिनदिनै दिनहुँ।
95299 हरल वि. कौडी; पासा; तास आदि जुवामा हारेको पैसा; वस्तु आदि); पराजि।
95300 हरसङ्गा / हरसङ्घा ना. हलो आदि बनाउने काठपातका साधन।