Dictionary

All Word

95201 हप्याकहप्याक क्रि.वि. १. लगातारको हप्याकका साथमा।
95202 हप्याकहप्याक क्रि.वि. ना. २. ढाडको करकरी दुखाइ।
95203 हप्याकहप्याक क्रि.वि. ३. धर्ती फाट्ने चाल।
95204 हप्याक्क क्रि.वि. हप्याक चालसित एकै खेपमा।
95205 हबलदार ना. सिपाहीभन्दा माथि र जमादारभन्दा मुनिको सैनिक वा जगी कर्मचारी |
95206 हबलदारी ना. हबलदारको पद वा काम।
95207 हबला ना. मल्लकालीन राजाहरूका पालामा प्रचलित प्रसिद्ध राजचिह्न (आसागुर्जा; गदा; सोंठा; सिंहध्वज; चमर; पखा; दण्ड आदि)।
95208 हबलामाल ना. राजकीय पर्व वा माङ्गलिक उत्सवमा नियत कर्मचारीहरूद्वारा बोकिने उपर्युक्त राजचिह्न।
95209 हबलो ना. १. केही नेपाली ब्राह्मण परिवारहरूमा भाद्र शुक्ल अष्टमीका दिन ढड्याएको बिरौंला काँचै दूवदिवीलाई चढाएर त्यसको प्रसाद खाने एक चाड; दूर्वाष्टमी पर्व।
95210 हबलो ना. २. त्यही अवसरमा चढाइएको केराउ; सिमी आदिको भिजेको दाना; क्वाँटी।
95211 हबालु वि. हावा लाग्ने हावादार (उदा.- सकल कोष्ठ बालु फराकिला। - ल. प्र. देवकोटा; सुलोचना')।
95212 हबिगत ना. १. शक्ति; सामर्थ्य; तुजुक।
95213 हबिगत ना. २. खस्केको आर्थिक स्थिति दारिद्र्य; गरिबी।
95214 हबेली ना. ठुला झ्यालढोका भएको हावादारी भवन; ठुलो घर; महल; हवेली |
95215 हब्बाँ ना. गोईगोरुले रामेको शब्द; बाँ पनि।
95216 हब्बाँ ना. २. दम रहेसम्म।
95217 हब्बा ना. हबिगत; हब्बे।
95218 हब्बा कब्बा ना. शक्ति र सामर्थ्य हब्बेकब्बे।
95219 हब्बाकब्बा ना. देवता र पितृहरूलाई अर्पण गरिने आहुति; तर्पण आदि देवतालाई 'स्वाहा' शब्दले दिइने हव्य र पितृलाई 'स्वधा' शब्दले दिइने 'कव्य' को समुदाय |
95220 हब्बे ना. छाँटकाँट नमिलेको; अमिल्दो।
95221 हब्बे ना. २. बोल्न नजान्ने लठचौरो।
95222 हब्बे ना. ३. सामर्थ्य हब्बा।
95223 हब्बे ना. हबिग।
95224 हब्बेकब्बे ना. शक्तिसामर्थ्य; बलबुता।
95225 हब्बे न कब्बे ना. शक्तिसामर्थ्यको अभाव; गति न गरास।
95226 हब्बे न कब्बे ना. (उदा.- जब पुग्यो नब्बे; हब्बे न कब्बे )।
95227 हब्बेहब्बे क्रि.वि. १. पुगेसपुगेस; जसोतसो।
95228 हब्बेहब्बे क्रि.वि. २. हव्यकव्य।
95229 हब्सी ना. १. पूर्वी अफ्रिकामा रहने अति कालो वर्ण र मोटो ओठ हुने एक जाति।
95230 हब्सी ना. वि. २. ज्यादै कालो वर्णको भद्दा रूपको (व्यक्ति)।
95231 हमला ना. कुनै देशबाट अर्को देशमाथि वा कुनै व्यक्ति वा समुदायबाट अर्को व्यक्ति वा समुदायमाथि गरिने आक्रमण; चढाइ; युद्ध |
95232 हमलादार वि. हमला गर्ने।
95233 हमलावर वि. हमलादार |
95234 हमाल ना. १. राजपूत र जैसी ब्राह्मण जातका आमाबाबुबाट पैदा भएको सन्तान।
95235 हमाल ना. २. नेपाली जातिको एक थर।
95236 हमाली ना. तिस पोल अर्थात् डेढ बिसौली वा पौने धार्नी बराबरको तौल।
95237 हमेसा क्रि.वि. नित्यजसो; सधैंभरि दिनप्रतिदिन ; सदा।
95238 हम्कनु स.क्रि. १. हाते पखा; कागज वा यस्तै कुनै वस्तु हल्लाएर हावा निकाल्नु पड्खा आदिको हावाले गर्मीको उकुसमुकुस कम गराउनु।
95239 हम्कनु स.क्रि. अ.क्रि. [सं. हन्+नु] २. गाई; भैंसी आदिले फुंक्क गरेर हान्न खोज्नु; गाईबस्तुले टाउको तलमाथि गराई हान्न उद्यत हुनु।
95240 हम्कनु स.क्रि. ३. चाँडोचाँडो सास फेर्नु; हाँफ्नु।
95241 हम्काइ ना. १. हम्कने वा पड़खा हल्लाउने क्रियाप्रक्रिया।
95242 हम्काइ ना. २. हम्कने वा हान्नेहाने क्रियाप्रक्रिया |
95243 हम्काइनु क.क्रि हम्कन लाइनु; पङ्खा हल्लाइनु।
95244 हम्काउनु प्रे. क्रि. हम्कन लाउनु; पखा हल्लाउनु।
95245 हम्काहम्की ना. १. गाईबस्तुले मानिसलाई वा गाईबस्तुलाई नै हान्न खोज्ने क्रिया।
95246 हम्काहम्की ना. २. परस्परमा पङ्खा आदि हम्कने काम।
95247 हम्किनु क.क्रि हावा चलाउनाका लागि पङ्खा आदि हल्लाइ।
95248 हम्को ना. १. पङ्खा आदिले हम्केको हावाको वेग।
95249 हम्को ना. २. गाईभैंसी आदिले हानेजस्तो टाउको हल्लाउने काम।
95250 हम्को ना. ३. प्रभुत्वको भाव।