Dictionary

All Word

95151 हनहन क्रि.वि. ज्वरो धेरै रन्कने गरी; मर्लान्त * पारेर।
95152 हनहनती / हनहनी क्रि.वि. बेसी मात्रामा हनहन हुने गरी।
95153 हनाइ ना. हान्ने भाव; क्रिया वा प्रक्रिया।
95154 हनाइनु क.क्रि. हान्न लाइनु।
95155 हनाउनु प्रे. क्रि. हान्न लाउनु; हिर्काउनु।
95156 हनु ना. मुखभन्दा तल्लो अनुहारको भाग; च्यापु; चिउँडो।
95157 हनुमन्ते ना. १. बालकको अन्नप्राशन गर्दा वैदिक विधिअनुसार हनुमान्को रूप लिएर भातप्रसाद खाने व्यक्ति।
95158 हनुमन्ते ना. २. अनुचित रूपले वा अचाक्लीसँग खाने व्यक्ति; हन्तकाली।
95159 हनुमन्ते ना. ३. काठमाडौं उपत्यकामा भक्तपुरको दक्षिणतर्फ बग्ने एक खोलो।
95160 हनुमान् ना. १. रामायणप्रसिद्ध रामभक्त एक वानर; वायुपुत्र; अञ्जनीकुमार |
95161 हनुमान् ना. वि. २. ठुलो र लामो च्युँडो भएको।
95162 हनुमान् ना. ३. बलवान् वीर शक्तिशाली।
95163 हनुमान् ढोका ना. काठमाडौँको वसन्तपुरस्थित मूल ढोकामा हनुमान्को मूर्ति रहेको प्राचीन राजदरबार वा त्यसकै मूलढोका।
95164 हन्को ना. ज्वराको ताप वा तीव्र वेग।
95165 हन्टर ना. घोडा चढ्दा घोडाको गतिमा तीव्रता ल्याउन पिठिउँमा पिट्ने छालाको डोरी वा सिप्केनी; कोर्रा; चाबुक।
95166 हन्डर ना. कामकुरो गर्दै जाँदा परेको कष्ट; दैवी वा प्राकृतिक आपद; सास्ती; गोता; हैरानी (उदा.- बाउन्न हन्डर; त्रिपन्न ठक्कर - उखान )।
95167 हन्ड्याङहुन्डुङ क्रि.वि. मालमत्ता; भाँडाकुँडा आदि यताको उता; उताको यता पार्ने अव्यवस्थित रूपले मिल्किने वा छोडिने गरी।
95168 हन्तकाली वि. १. जतिबेला पनि खाइरहने; जति खाए पनि नअघाउने; अगस्ती।
95169 हन्तकाली वि. २. असन्तोकी।
95170 हन्तकाले वि. हन्तकाली।
95171 हन्न क्रि.वि. एकाएक ज्वराको ताप बढ्ने गरी।
95172 हन्बेर्नु/हन्बेर्नो ना. १. तातेको भाँडो वा भाँडाको बिंड समात्ने हतियार वा झुम्रो ( सनासो; लँडो आदि)।
95173 हन्बेर्नु/हन्बेर्नो ना. २. फलामको काम गर्ने कालिगडहरूले आगो तह लाउने; टुप्पो घुमेको लामो ज्याबल।
95174 हन्बेर्नु/हन्बेर्नो ना. ३ बाध्यतावश संरक्षण दिनुपर्ने वस्तु वा व्यक्ति; घाँडो।
95175 हन्बेर्नु/हन्बेर्नो ना. ४. कुनै काम नलाग्ने व्यक्ति; हल्लौंडो।
95176 हप- ना. पाङ्ग्राका बिचमा रहने फलाम वा काठको लामो डन्डी धुरा।
95177 हपक्क क्रि.वि. हावा नचलेको बेलामा कडा गर्मी हुने गरी गर्मी; राप आदि सहसा अनुभव हुने चालले।
95178 हपहप क्रि.वि. १. ज्यादा गर्मी भएर गुम्सिने हुने किसिमले हपहपी।
95179 हपहप क्रि.वि. २. ठुलाठुला गाँस हालेर खाँदै; खपखप।
95180 हपहपती/ हपहपी क्रि.वि. अझै हपहप हुने गरी।
95181 हपार्नु स.क्रि. १. बरालिने वा कामकुरो बिराउने मानिसलाई नराम्रोसँग गाली गर्नु; हप्काउनु; हप्की दिनु।
95182 हपार्नु स.क्रि. २. ठुलो स्वरले टाढाबाट बोलाउनु; पुकार्नु; कौलास्नु।
95183 हपाराइ ना. हपार्ने भाव; क्रिया वा प्रक्रिया।
95184 हपारिनु क.क्रि. हपार्ने काम गरिनु।
95185 हपाप क्रि.वि. ठुलठुला गाँस हालेर खाने गरी हपहप |
95186 हप्कनु अ.क्रि. १. अरूको हप्कीदप्कीले डराउनु; तर्सनु दच्कनु।
95187 हप्कनु अ.क्रि. २. पिठिउँ छुट्टिएलाजस्तो गरी दुख्नु।
95188 हप्कनु अ.क्रि. ३. धर्ती फाटेका ठाउँमा छुट्टिन खोज्नु।
95189 हप्काइ ना. हप्कने हप्काउने भाव; क्रिया वा प्रक्रिया |
95190 हप्काइनु क.क्रि. हप्काउने काम गरिनु हप्की दिइनु।
95191 हप्काउनु स.क्रि. १. कामकुरो बिग्रेमा गाली गर्नु वा हकार्नु हप्की दिनु हपार्नु।
95192 हप्काउनु स.क्रि. २. त्रास वा डर देखाउनु सावधान गराउनु।
95193 हप्की ना. १. कुनै कामकुरो बिगारेमा दिइने गाली; हप्काउने काम खप्की।
95194 हप्की ना. २. रल्लिने; बरालिने आदि गरेमा तह लाउन गरिने कडाइ; ऍंचन।
95195 हप्कीदप्की ना. हप्काउने र गाली गर्ने काम; तह लाउन कडाइसित गर्ने काम।
95196 हप्ता ना. सात दिनको समय; साता; सप्ताह।
95197 हप्तावारी वि. १. हरेक हप्तामा गरिने वा दिइने ( काम वा ज्याला आदि)।
95198 हप्तावारी वि. २. सातसात दिनको साप्ताहिक।
95199 हप्प क्रि.वि. कडा गर्मीले सताउने गरी; हावा नचलेर गुम्सँदै।
95200 हप्याक ना. तिर्खा; थकाइ आदिले कष्टसित सास फेर्ने चाल।