Dictionary

All Word

95101 हत् वि.बो. चित्त नबुझेका कुरामा कसैप्रति उपेक्षा; तिरस्कार; घृणा आदि प्रकट गर्दा वा हप्काउँदा भनिने शब्द; धत्।
95102 हत्केलो ना. हथुङ्गा र औँलाका फेदका मा गहिरो ठाउँ; उत्तानो पार्दा माथि पर्ने हथुङ्गोको माथिल्लो भाग।
95103 हत्त न पत्त क्रि.वि. एकदम हतारिंदै; चटाकसँग।
95104 हत्तपत्त क्रि.वि. १. छिटो चाँडो।
95105 हत्तपत्त क्रि.वि. २. सितिमिति; हतपती।
95106 हत्त र पत्त क्रि.वि. हतारिंदै; छिटोछिटो |
95107 हत्ताजोडी ना. दुई हात जोल्टिए झैं गरी उम्रने एक प्रकारको जङ्गली बुटी |
95108 हत्ती ना. पोथी हात्ती; हतिनी; ढोई।
95109 हत्तिनु अ.क्रि. हातलागी हुनु; हातमा पर्नु; हस्तगत हुनु।
95110 हत्ती वि. सङ्ख्यावाचक शब्दका पछाडि लागेर हातको परिमाण बुझाउने शब्द (जस्तो - दोहत्ती; त्रिहत्ती आदि)।
95111 हत्तु वि. काम नलाग्ने; गए-गुज्रेको; बेफ्वाँकको।
95112 हत्ते ना. १. कसैको ज्यान लिने वा कसैलाई मार्ने काम; हत्या; हिंसा।
95113 हत्ते ना. २. ज्यान मार्दा लाग्ने अपराध ज्यान मारेको पाप।
95114 हत्ते ना. ३. जोडपूर्वकको आसक्ति; चर्को रूपको उक्साइ।
95115 हत्ते हलाइ ना. हत्ते हाल्ने भाव; क्रिया वा प्रक्रिया |
95116 हत्ते हलान ना. हत्ते हाल्ने वा ज्यादै ढिपी गर्ने काम; ठुलो जिद्दी।
95117 हत्तेरी वि.बो. जरुरी कामकुरो बिर्सेमा वा बिग्रेमा खिन्नता; विस्मय; धिक्कार आदि भाव व्यक्त गर्न प्रयोग गरिने शब्द धत्ते।
95118 हत्तेरो वि. १. हत्या गर्ने; जीवहिंसा गर्ने हत्यारा।
95119 हत्तेरो वि. २. बदमास; दुश्चरित्र; साइँदुवा।
95120 हत्तेरो वि. 3. एकोहोरो जिद्दी गर्ने; हत्ते हाल्ने हठी; जिद्दीवाल।
95121 हत्तेहाला वि. आफूलाई चाहिने कामकुरामा हुरुक्क भएर धर्ना कस्ने; हत्ते हाल्ने।
95122 हत्याकाण्ड ना. कानुनविपरीत वध गर्ने क्रियाकलाप; मान्छेको हत्यासँग सम्बन्धित कामकुरो।
95123 हत्या ना. १. पशुपक्षी वा मान्छेलाई मार्ने काम; हिंसा; वध; हत्ते।
95124 हत्या ना. २. प्राणीलाई मार्दा लाग्ने पाप।
95125 हत्याइ ना. हत्याउने भाव; क्रिया वा प्रक्रिया |
95126 हत्याइनु क.क्रि. हात पारिनु।
95127 हत्याउनु स.क्रि. १. हातलागी गर्नु; कुनै चल वा अचल सम्पत्ति उचित अनुचित जुनसुकै किसिमले भए पनि आफ्नो गराउनु।
95128 हत्याउनु स.क्रि. २. आफ्नो वशमा लिनु।
95129 हत्याउनु स.क्रि. ३ काममा सघाउनु रत्त्याउनु।
95130 हत्यारा / हत्यारो वि. १. अरूको ज्यान लिने; हत्या गर्ने; ज्यानमारा।
95131 हत्यारा / हत्यारो वि. २. ठुलो अपराध गर्ने; अति पापी।
95132 हत्यारा / हत्यारो वि. ३. ज्यादै हत्ते हाल्ने; हत्तेरो।
95133 हत्यौडा ना. हतौडा।
95134 हत्यौडी ना. हतौडी।
95135 हत्यौरी ना. गुन्द्री बुन्ने तानका निम्ति हातले बाटिने बाबियाको डोरी |
95136 हद ना. १. तोकिएको अवधि वा समय सीमा; साँध।
95137 हद ना. २. कुनै वस्तुको तोकिएको र निस्तुकमा देखिने घटी वा बढी भाग।
95138 हद ना. ३. कामकुरा वा नियमविधिको मर्यादा; पराकाष्ठा।
95139 हद ना. क्रि.वि. ४. अचाक्ली ; ज्यादै अति।
95140 हद दर्जाको वि. साहै; ज्यादै चर्को।
95141 हद दर्जाको वि. (उदा.- तिम्रो भाइ हद दर्जाको उल्लू रहेछ। यो सुन्तला हद दर्जाको मिठो रहेछ ) |
95142 हदबन्दी ना. १. हद वा सीमाको निर्धारण; साँध छुट्ट्याउने काम।
95143 हदबन्दी ना. २. कुनै कारणले आउन वा जान लगाइने रोक।
95144 हदबन्दी ना. ३. जग्गाजमिन बढी राख्न नपाइने व्यवधान।
95145 हदमूल्य ना. कुनै वस्तु यतिसम्ममा किन्न हुन्छ भनी सरकारले किटान गरेको दर |
95146 हदम्याद ना. कुनै कामकुरो गर्न तोकिएको अवधि निर्धारित समय आखिरी म्याद।
95147 हदम्याद ना. २. मुद्दा गर्ने आखिरी म्याद |
95148 हदै क्रि.वि. ज्यादाभन्दा ज्यादा; अन्तिम साँधमा अचाक्लि।
95149 हद्द क्रि.वि. हद वा सीमासम्म पराकाष्ठातक; शक्तिले भेटेसम्म ज्यादाभन्दा ज्यादा।
95150 हनन ना. मार्ने काम; वध; हत्या |